शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले गति लिँदै
तीन दिनमा दुई जनाको कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन \काठमाडौं : शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवाले गति लिँदै छ । २०७९ सम्म जम्मा १० वटा कलेजो प्रत्यारोपण गरेको यस केन्द्रले २०८० सालमा ३ जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण स्वदेशमा न्यून शुल्क रु १५ लाखमा हुने गरेको छ ।
डा. पुकार चन्द्र श्रेष्ठको सक्रियतामा स्वदेशी चिकित्सको दक्षता बृद्धी गरी नेपालमा नै उपलब्ध जनसक्तीवाट प्रत्यरोपण सेवा सुरु हुन लागे पछि कलेजो प्रत्यारोपण सेवाले गति लिने संकेत गरेको छ । केन्द्रले विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा प्रत्यारोपण गर्नु नपर्ने अबस्थामा सुधार भएको संकेत गरेको छ । यस अगाडी हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यस पटक एक जना मात्र विशेषज्ञ चिकित्सकको सहयोगमा केन्द्रको आफ्नै जनशक्तिबाट एक हप्तामा २ जनाको मिति (२०८०।०४।३२ र २०८०।०५।०२ गते) २ सफल कलेजो प्रत्यारोपण भएकाले केन्द्र आफैं सक्षम हुँदै गएको र आगामी दिनहरुमा विदेशी विशेषज्ञ चिकित्सकहरु आवश्यक नपर्ने कुरा केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो प्रत्यारोपण सर्जन डा पुकार चन्द्र श्रेष्ठले बताएका छन्।
गत विहिवार सल्यानका ५२ वर्षीय कृष्ण बहादुर के.सीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै छोरा २३ बर्षीया किरण के.सीले कलेजो दान गरेका हुन् भने शनिवार भएको कलेजो प्रत्यारोपणमा ५७ वर्षिया कुमार राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजो दान गरेकी थिइन ।
प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा सहयोग गर्न भारतबाट कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा शिल्भा कुमार नागानाथन आएका थिए । हाल प्रत्यारोपित र अंगदाता दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक निर्देशक डा श्रेष्ठल जनाएका छन्। सो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा राम बाबु साह, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने नर्सिङ्ग तर्फ पूजा कोइरालाको नेतृत्वमा बबिता लवजु, अनिता कार्की लगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएका थिए । यसैगरी प्रत्यारोपण गर्ने विरामीको चेक जाँच तथा तयारी कार्य केन्द्रका प्रत्यारोपण कोर्डिनेरहरु, तारा साँध, शनिषा कार्की, सरु कोजुले गरेका थिए ।
केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११०० जनाको सफल मृर्गौला प्रत्यारोपण गरेको केन्द्रले २०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएपश्चात हालसम्म पाँच जना व्यक्तिबाट मस्तिष्क मृत्यू भएको अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल