Health TV Online
Health TV Online

डाक्टर दिदीबैनी र आमाद्धारा लिखित कृति एकैपटक विमोचन

डाक्टर दिदीबैनी र आमाद्धारा लिखित कृति एकैपटक विमोचन

हेल्थ टिभी अनलाइन \काठमाडौं : आ-आफनो क्षेत्रमा स्थापित दुई डाक्टर दिदी बैनी र उनीहरुका आमाको कृति एकैपटक विमोचन भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बालरोग विशेषज्ञ प्राडा सिर्जना श्रेष्ठ र उनकी बैनी बाल आँखा रोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ तथा पूर्व प्रशासक समेत रहेकी आमा मोतीशोभा श्रेष्ठका छुट्टाछुट्टै कृति विमोचन गरिएको हो ।

डा सिर्जना श्रेष्ठले ‘भोलि कोही नआउन्जेलसम्म’ कविता संग्रह ल्याएकी हुन् । यो संग्रहमा ५० वटा कविता रहेका छन्। जसमा जीवन, वातावरण, प्रेम, प्रकृति जस्ता विषय समेटिएका छन्। यसैगरी डा सविना श्रेष्ठद्धारा लिखित ‘एउटा जीवन छामेर हेर्दा’ नामक पुस्तक सार्वजनिक भएको हो । यो पुस्तक डा सविनाले आफ्नै बुवा जो नेपाल सरकारका पूर्व सचिव समेत हुन् उनको जीवनका बारेमा लेखेकी हुन् । यसैगरी आमा मोतिशोभा श्रेष्ठले लघु कथा संग्रह ”चियाको चुस्की सार्वजनिक गरेकी छिन्। जसमा ६० वटा कथा समेटिएका छन्।

उक्त कृतिहरुको पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गरेका हुन्। कृति विमोचन गर्दै चन्दले एकै परिवारका ३ \३ जना व्यक्ति आ आफनो पेशा व्यवसायमा लागेर पनि साहित्यमा पनि समय र रुचि दिनु सामान्य कुरा नभएको बताए ।

कार्यक्रममा साहित्यकार कालिप्रसाद रिजालले साहित्य सिर्जना गर्ने विषयमा जुनसुकै विषय र विज्ञ भए पनि इच्छा भएमा रोकिंदैन भन्ने कुरा श्रेष्ठ परिवारले प्रमाणित गरेको बताए । उनले भिन्न पेशा त्यो पनि अति नै व्यस्त हुने मेडिकल पेशामा रहेका डाक्टर दीदी बैनीको साहित्यप्रतिको रुचिले यसका लागि जुन क्षेत्रमा रहे पनि साहित्य सृजना गर्न सकिने देखाएको बताए । यसैगरी अर्का साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर कोइरालाले एकै परिवारका सबै जना साहित्यमा लाग्नु भनेको विरलै हुने भन्दै सबैको आ आफनो क्षमता रहेको जिकीर गरे ।

यसैगरी साहित्यकार शिव गोपाल रिसालले आज विमोचन भएका कविता कथा र पुस्तक तीनै विधा आ आफनो क्षेत्रको अब्बल कृति रहेको जिकीर गरे ।

डा दीदीबैनी तथा आमा मोतिशोभा यो क्षेत्रमा नयाँ भने होइनन्। यसअघि मोतिशोभाले ४ वटा उपन्यास प्रकाशित गरिसकेकी छिन् । यसैगरी डा सिर्जना श्रेष्ठका पनि दुई कविता संग्रह प्रकाशित भइसकेको छ । उता डा सविनाले पनि २ वटा कृति ल्याइसकेकी छिन् । डा सविनाले यसपटकदेखि गायनमा पनि हात हालेकी छिन् । उनको स्वर रहेको मलाई सुनको हार हैन प्यार भए पुग्छ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना