उच्च कोलेस्ट्रोल कम गर्न के गर्ने ? यस्ता छन् उपाय
हेल्थ टिभी अनलाइन : हाम्रो शरीरमा विभिन्न किसिमका कोलेस्ट्रोल हुन्छन्। हामीले बुभ्नुपर्ने कुरा राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल हुन्छ र हामीलाई राम्रो कोलेस्ट्रोलको आवश्यकता पर्छ । राम्रो कोलेस्ट्रोललाई बढाउन हामीले ध्यान दिनुपर्ने हुन्छ । खराब कोलेस्ट्रोल उच्च भएमा यसले सिधै मुटु र ब्रेनमा असर गरेर ह्दयघात तथा ब्रेन अट्याक समेत गराउने गर्छ ।
कोलेस्ट्रोल किन र कसलाई हुन्छ भन्ने कुरा एकिन गरी भन्न नसकिने भए पनि यसका केही कारक तत्वहरु भने रहेका छन्। कतिपय अवस्थामा अस्वस्थकर खानेकुराले त कतिपयको वंशाणुगत कारणले पनि कोलेस्ट्रोल बढेको पाइन्छ । जसले बढी बाहिरको खानेकुरा खान्छन्, जसले नियमित व्यायाम गर्दैनन्, जसलाई परिवारमा पहिलेदेखि नै कोलेस्ट्रोल छ उनीहरु बढी जोखिममा हुन्छन्। त्यसैले यी समूहका मानिसले कतै आफूलाई कोलेस्ट्रोल उच्च त छैन् भनेर जाँच गर्नुपर्ने हुन्छ ।
कोलेस्ट्रोल भएको धेरै जसो अवस्थामा शुरुमा थाहा नै हुँदैन्। एकैपटक कोलेस्ट्रोल बढी भएर ब्रेन अथवा मुटुमा आक्रमण गरिसकेपछि बिरामी आउने गरेको पाइन्छ । त्यसैले यसलाई शुरुकै अवस्थामा पत्ता लगाउन नियमित जाँच गराउनैपर्छ । सामान्य कोलेस्ट्रोल जाँच मात्र गरेर पुग्दैन, यसले कोलेस्ट्रोल बढी कम भन्ने थाहा हुन्छ । उपचार शुरु गर्न त सकिन्छ । तर कति उच्च छ भन्नका लागि नियमित लिपिड प्रोफाइल जाँच गरेर पत्ता लगाउनुपर्ने हुन्छ ।
यसैगरी कोलेस्ट्रोल उच्च भएका मधुमेहका बिरामीले अझ बढी ख्याल गर्नुपर्ने हुन्छ । चुरोटको सेवन गर्ने, उच्च रक्तचाप भएका र मधुमेह समेत भएका बिरामीमा कोलेस्ट्रोल भएमा अझ बढी जोखिममा हुने गर्छन् । यस्ता बिरामीले नियमित आफनो स्वास्थ्य परीक्षण गराउनैपर्छ । अन्यथा एकैपटक मुटु रोग अस्पताल एवं ब्रेनको डाक्टरकोमा पुग्नुपर्ने अवस्था आउन सक्छ । कतिपय बिरामी कोलेस्ट्रोलको औषधि खायो भने जिन्दीभर खानुपर्छ भनेर डराएर खान नमान्नेहरु पनि हुन्छन्। औषधिले तपाइँको जोखिमलाई कम गर्छ । महत्वपूर्ण अंगलाई जोगाउँछ । त्यसैले औषधि खान डराउनुपर्दैन ।
यसबाट बच्न के गर्ने त :
खानामा बढी चिल्लो, मसालाको मात्र कम गर्ने
रातो मासु खसी, बोका, भेडा, च्याङ्ग्रा नखाने
अण्डाको पहेंलो भाग नखाने
घरमा बनेको स्वस्थकर फाइबरयुक्त खानेकुरा खाने
कोलेस्ट्रोलको लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण गरेर आफनो अवस्था थाहा पाउने
खानामा हरियो सागसब्जीको प्रयोग बढी गर्ने
प्रयाप्त मात्रामा आराम गर्ने र तनाव कम लिने
अनिवार्य रुपमा पसिना आउने गरी नियमित ३० मिनेटदेखि एक घण्टा व्यायाम गर्ने
(मेट्रो काठमाडौं अस्पतालमा कार्यरत डा श्वेता अग्रवालसँग कुराकानीमा आधारित)
गुणस्तरीय सेवाको लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्धारा कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन
नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्ने
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
एक वर्षमा ३३ लाख बिरामीको आँखा उपचार, ८ लाख विदेशीले लिए सेवा