आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
हेल्थ टिभी अनलाइन : काठमाडौंको त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालीले बिहीबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरेर नजिकैको वीर अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान