आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
हेल्थ टिभी अनलाइन : काठमाडौंको त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालीले बिहीबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरेर नजिकैको वीर अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड