६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
हेल्थ टिभी अनलाइन : सरकारले छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त गरेको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज छ वटा प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने निर्णय गरेका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा विवेक आचार्य नियुक्त भएका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा नविसमानसिंह प्रधान उपकुलपति पदमा नियुक्त भएका छन् । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा अजयकुमार मिश्र उपकुलपति पदमा नियुक्त भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा नारायणसिंह गुरुङ तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा स्मृति कार्की उपकुलपति पदमा नियुक्त भएकी छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा सूर्यमान म्याहाङम्बो उपकुलपति पदमा नियुक्त भएका छन् ।
उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका थिए।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम