Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘कोरोना महामारीका कारण महिलामाथि हुने हिंसा झनै बढ्यो’

‘कोरोना महामारीका कारण महिलामाथि हुने हिंसा झनै बढ्यो’

कल्पना आचार्य \काठमाडौं : कोरोना महामारीका कारण  महिलामाथि हुने हिंसा अझै बढेको विज्ञहरुले बताएका छन्। एसिया प्यासिफिक क्षेत्रका धेरै देशहरुमा पछिल्लो समय घरभित्रै हुने शारीरिक र यौन हिंसा बढ्दै गएको विज्ञहरुले जनाएका हुन्। ‘दशौं एसिया प्यासिफिक कन्फ्रेन्स अन सेक्सुअल एण्ड रिप्रडटिक्टभ हेल्थ एण्ड राइट्स’ नामक वेभिनारको तेर्हौं सिरिजमा उनीहरुले यस्तो बताएका हुन्।

भर्चुअल रुपमा भएको कार्यक्रममा यूएनएफपीए एसिया प्यासिफिक रिजनल अफिसकी प्राविधिक विशेषज्ञ सुजाता तुलाधरले नेपाल लगायतका धेरै देशहरुमा महिलामाथि घर भित्रै त्यो पनि पार्टनरबाट हुने हिंसा बढेको जनाइन्। उनले महिलामाथि हुने हिंसाको अनेक रुपमध्ये यौन हिसा पनि एक भएको र त्यस प्रकारको हिंसा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन, ‘माहिला माथि हुने हिंसा कम गर्नका लागि धेरै प्रयासहरु भइहरहेका भए पनि कोरोना महामारीका बेला अझै पनि रुप परिवर्तन भएर अनेक खालका हिंसा हुन थालेको छ, यो चिन्ताको विषय हो ।’ उनले त्यसै पनि यी क्षेत्रमा महिला माथि हिंसा बढी नै रहेकोमा अझ त्यसमाथि कोरोना महामारी र त्यसले निम्त्याएको लकडाउनका कारण घर घरमा यो समस्या भएको बताइन्।

उनले आफनो प्रस्तुतीका क्रममा पछिल्लो समय महिलामाथि हुने शारीरिक र यौन हिंसा १५ प्रतिशतबाट बढेर ६४ प्रतिशत पुगेको बताइन्। त्यसैगरी उनले कोरोना शुरु भए यता विगत १२ महिलामा ४ देखि ४८ प्रतिशत महिलाले घरभित्र आफनै इन्टिमेट पार्टनरबाट यौन र शारीरिक हिंसामा परेको समेत अध्ययनले देखाएको जिकीर गरिन्। उनले कोरोना महामारीका कारण भएको लकडाउनका कारण अन्य क्षेत्रमा जस्तै एसिया प्यासिफक क्षेत्रका महिलामा पनि हिंसा बढेको भन्दै यसलाई कम गर्न विभिन्न प्रयासहरु भने भइरहेको जनाइन्।

यूएनएफपीएले  समस्या कम गर्नका लागि केही कार्यक्रमहरु सञ्चालन गरेको समेत उनले जानकारी दिइन्। कोरोना महामारीका कारण काम गर्न गाह्रो भएको भए पनि स्थानीय मिडिया, अन्य संस्थासँग मिलेर हिंसामा परेकालाई सहयोग र पूर्नस्थापना गर्ने साथै महामारी र यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका सूचनाहरु प्रवाह गर्ने काम गरिरहेको पनि उनले बताएकी थिइन्। उनले यो महामारीका बेलामा केही सेवाहरु अवरुद्ध हुन पुगेका कारण हिंसामा परेकाहरुलाई कहाँ जाने कसरी रिपोर्ट गर्ने भन्नेमा समेत अन्यौल भएर हिंसा सहेर बस्न बाध्य भएको जनाइन्।

महिलामाथि हुने हिंसा कम गर्नका लागि रणनिती तय गरेर पीडितको पक्षमा यूएनएफपीएले काम गरिरहेको भन्दै महिला स्वयं पनि खुलेर बाहिर आउनुपर्नेमा जोड दिइन्। अहिले सबैको प्राथमिकता कोरोना भाइरसको संक्रमण र यसलाई कम गर्नेमा छ । त्यसैले पनि महिलामाथि हुने हिंसामा धेरैको चासो नगएको हुनसक्छ उनले भनिन्, । पछिल्लो समय कोरोनाका कारण क्वारेन्टाइनमा बसेका महिलामाथि पनि यौन हिंसा भइरहेका घटना बाहिर आएका छन्। यो असाध्यै दुखद कुरा हो,उनले थपिन्।

हामीले यी क्षेत्रका महिलाका लागि देश अनुसार र उनीहरुको आवश्यकता अनुसार काउन्सिलङ गर्ने, उनीहरुलाई टेलिमेडिसिन सेवा, हटलाइन सेवा उपलब्ध गराउने जस्ता काम गरिरहेका छौं ताकी उनीहरुलाई समस्या पर्नासाथ सेयर गर्न सकुन्। उनले कतिपय देशहरुमा इमरजेन्सी कार्ड अथवा कोरोना सम्बन्धी सूचना भएका पर्चा -प्याम्पलेटहरुमा महिला हिंसा अपराध हो, यसलाई रोक्न के गर्ने र हिंसा भइहालेमा कहाँ कसरी सम्पर्क गर्ने भनेर सूचना लेखेर समेत बाँडिरहेको जनाइन्।

फिलिपिन्समा यतिबेला महिलामाथ हुने हिंसा कम गर्न र हिंसामा पर्नासाथ कल गरेर सहयोग माग्न सकिने एप नै तयार भएको उनको भनाई छ । ‘हर भोइस’ नाम दिइएको उक्त एपमा जो कोहीले पनि आफनो बारेमा रिपोर्ट गर्न सक्छन्। ताकी उनीहरुलाई सम्बन्धित निकायले सहयोग गर्न सकोस ।

कार्यक्रममा तुलाधर लगायतका अन्य विज्ञहरुले पनि कोरोना महामारीका कारण झनै बढेको महिला माथिको सबै प्रकारको हिंसा कम गर्न सरकार, स्थानीय, सामाजिक संघसंस्था र व्यक्ति स्वयं एकवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि