Health TV Online
Health TV Online

गण्डकीमा स्वास्थ्यकर्मी एवं प्रहरीसहित थप ३९ जनामा कोरोना संक्रमण

गण्डकीमा स्वास्थ्यकर्मी एवं प्रहरीसहित थप ३९ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा सोमबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहानदेखि अहिलेसम्म विभिन्न जिल्लामा गरी थप ३९ जनामा कोरोना पुष्टि भएको हो । यसरी संक्रमणमा पर्नेहरुमा स्वास्थ्यकर्मी, प्रहरी र विदेशबाट आएकाहरु धेरै रहेका छन्।

निर्देशनालयले आजै दोस्रोपटक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको जनाएको छ । गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना