सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका ६९जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण देखिएको बताए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिकाका हुन्। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल