एम्बुलेन्सको दुरुपयोग गर्नेलाई कडा कारवाही गर्ने सरकारको चेतावनी

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाइएमा एम्बुलेन्सको दर्ता नै खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले एम्बुलेन्स अन्य प्रयोजनमा प्रयोग भएको पाइएको भन्दै बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा उक्त एम्बुलेन्सको तुरुन्त दर्ता खारेज गर्ने बताएका हुन्।
उनले एम्बुलेन्स सञ्चालन सम्बन्धी मापदण्ड अनुसार बिरामी मात्र ओसारपोसार गर्न एम्बुलेन्स संचालकलाई आग्रह गरे । मापदण्ड विपरित एम्बुलेन्सको दुरुपयोग गरेको पाइएमा उक्त एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने गरी दर्ता खारेज गर्ने बताए ।
पछिल्लो समय लकडाउनका कारण मानिसलाई आवतजावतमा समस्या भएपछि धेरै एम्बुलेन्सले चर्को पैसा लिएर उनीहरुलाई यताउता लैजाने गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल