Health TV Online
Health TV Online

भरतपुर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले गरे पदवहाली

भरतपुर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले गरे पदवहाली

हेल्थ टिभी अनलाइन \चितवन : भरतपुर अस्पतालका नव नियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजन पाण्डेले पदवहाली गरेका छन् । आइतबार बिहान अस्पताल पुगेर उनले पदवहाली गरेका हुन् ।

उनलाई अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले स्वागत गरेका थिए । सो अवसरमा उनीहरुले अस्पतालको विकास र सेवालाई चुस्त दुरुस्त बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

यसैगरी नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले सरकारले आफूलाई विश्वास गरेर यो जिम्मेवारी दिएकाले अस्पताल र बिरामीका लागि सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भदौ २४ गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा राजन पाण्डेलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना