Health TV Online
Health TV Online

भेरी अस्पतालमा प्लाज्मा थेरापीद्धारा उपचार गरिएका संक्रमित निको भए

भेरी अस्पतालमा प्लाज्मा थेरापीद्धारा उपचार गरिएका संक्रमित निको भए

हेल्थ टिभी अनलाइन \बाँके :  बाँकेको भेरी अस्पतालमा सिकिस्त भएका संक्रमितलाई प्लाज्मा थेरापीद्धारा उपचार गर्दा निको भएर आज डिस्चार्ज भएका छन्।

उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ का वडाध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए । उनले आफू कोरोना संक्रमणमुक्त भएको एक महिनामा अस्पताल गएर प्लाज्मा दान गरेका थिए ।

सल्यानका २९ वर्षीय संक्रमित युवकलाई प्लाज्मा थेरापी दिइएको थियो । उनी भेरी अस्पतालमा प्लाज्मा उपचार गराउने पहिलो संक्रमित हुन्। श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि उनी भेरी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंकामा अस्पतालमा स्वाब संकलन गराएका उनको भोलिपल्ट अर्थात भदौ १३ गते कोरोना पाजेटिभ भएको पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । पछि प्लाज्माको व्यवस्था भएपछि उनलाई प्लाज्माद्धारा उपचार गरेपछि अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

यतिखेर उनले आफू मृत्युको मुखबाट बाँचेर आएको भन्दै आफू पनि अरु संक्रमितको लागि प्लाज्मा दान गर्न तयार भएको जनाएका छन्। सिकिस्त भएका कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी उपयोगी हुने बताइएको छ । सोही अनुसार नेपालमा पनि प्लाज्मा थेरापीद्धारा आइसीयूमा गएका सिकिस्त बिरामीका लागि उपचार शुरु गरिएको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना