गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय ६८ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयकोआइतबार बिहान १० बजेको बुलेटिन अनुसार २९ सय ६८ जनामा कोरोना पुष्टि भएको जनाएको हो । पछिल्लो बुलेटिनका अनुसार थप २९ जनामा कोरोना पुष्टि भएको छ । यो निर्देशनालयले आइतबार मात्रै जारी गरेको तेस्रो बुलेटिन हो । यसअघि ७ :५० बजे र ९ बजे पनि बुलेटिन जारी गरेर क्रमस ३२ जना र ४ जनामा कोरोना देखिएको जनाएको थियो ।
आज संक्रमण पुष्टि हुनेहरु सबै कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएका पनि निर्देशानालयका निर्देशक डा विनोद विन्दु शर्माले बताएका छन्।
गण्डकीमा हालसम्म २७ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल