चितवनमा होम आइसोलेसनमा बसेकी संक्रमित वृद्धाको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन: चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको होम आइसोलेसनमै बसेका बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिएका छन्। उनको आज आइतबार बिहान ६ बजे मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या आएपछि उनको भदौ ११ गते कोरोना आशंकामा स्वाब संकलन गरिएको थियो। भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। रासस
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल