२४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार १२० पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १७६ पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । मन्त्रालयका अनुसार आज ८५२ जना संक्रमित कोरोना जितेर घर फर्केका छन्। योसँगै हालसम्म कोरोना जित्नेको संख्या ३७ हजार ५२४ पुगेको छ ।
यसैगरी देशभर १५ हजार २६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल