मानव स्वास्थ्यमा असर गर्ने विषाक्त रसायन मिसाइएका सेनिटाइजर बजारमा
यस्ता सेनिटाइजर प्रयोग नगर्न विभागको आग्रह

हेल्थ टिभी अनलाइन\ काठमाडौं : औषधि व्यवस्था विभागले विषाक्त रसायन मेथानल मिसाइएका ह्यान्ड सेनिटाइजर भेटिएको जनाएको छ ।
विभागले बजारमा बिक्री वितरणमा रहेका ह्यान्ड सेनिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर अल्कोहल बेस्ड सम्बन्धी स्तर -२०७६ ‘ विपरित रसायन मिथानल समावेश भएको पाइएको जनाएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सर्वसाधारणलाई यस्ता सेनिटाइजर प्रयोग नगर्न \नगराउन हुन आग्रह गरेको छ ।
साथै यस्ता सेनिटाइजरको उत्पापदन तथा विक्री वितरण अविलम्ब रोक्न सम्पूर्ण सरोकावालालाई सूचित गरिएको भन्दै विभागले आज सूचना जारी गरेको छ ।
भक्तपुरमा रहेको कायाकल्प उद्योग, काठमाडौंको हाइजिन सोप एण्ड केमिकल प्रा. लि., आधार केमिकल एण्ड फुड इन्डष्ट्री प्रा लि, सर्च केम हर्बल प्रडक्ट र सुर्यमुखी हर्बल प्रडक्टले उत्पादन गरेका सेनिटाइजरमा विषाक्त रसायन भेटिएको विभागले जनाएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल