भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मेघा अस्पतालमा मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भक्तपुरका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गदै भक्तपुरका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जनाएको छ । भदौ २६ गते ललितपुरको मेघा अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा भदौ २७ गते शनिबार बिहान ७ :४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शनिबार बिहानैदेखि विभिन्न जिल्लामा संक्रमितको मृत्यको खबरहरु आइरहेका छन्। आज बिहानै मात्र पोखरामा पनि स्याङ्जाका संक्रमितको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको हिजो सम्मको तथ्यांक अनुसार ३२२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल