हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीमा प्रयोग गर्न रोक

हेल्थ टिभी अनलाइन\ काठमाडौं: औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड १९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
धेरै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै अस्थायी रूपमा रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले सोमवार जनाएको हो।
हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड १९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए। उनले कोभिड १९ को उपचारमा यस औषधि ुगेम चेन्जरु हुने भन्दै त्यसले अवस्था फेरिदिने बताउँदै आएका थिए। सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी दिँदै त्यसबारे स्पष्ट नबोले पनि ट्रम्पले भने बारम्बार उक्त औषधिको प्रवर्द्धन हुनेगरि बोलेका थिए।
गतसाता एउटा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोनाभाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो।
बरू यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने उक्त अध्ययनमा जनाइएको थियो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights