महिलाले त झन् गर्नैपर्छ योगाभ्यास, छुट्याउनुस् दिनको आधा घण्टा

योग हाम्रो मौलिक संस्कृति हो। यो पूर्वीय दर्शनको उत्कृष्ट उपहार पनि हो। ऋषिमुनिले दिएको अमूल्य वरदान हो। जीवनलाई प्रकृतिसँग जोड्ने कला हो। जीवनशैलीलाई प्रकृतिमैत्री बनाएर स्वस्थ रहने उपाय हो।
आजभोलि कामको सिलसिलाले गर्दा धेरै समय एउटै स्थानमा रहेर काम गर्ने, लामो समयसम्म कम्प्युटरमा व्यस्त रहने लगायत कारण ढाड–गर्दन–हातका औँलाहरू दुख्ने जस्ता समस्या साझा बनेका छन्। राम्रोसँग योग गर्ने हो भने यी समस्याबाट पनि मुक्ति पान सकिन्छ। योगले हाम्रो बोली व्यवहारलाई पनि सकारात्मक बनाउँछ।
म सधैँ भन्ने गर्छु, ‘आफ्नो लागि समय निकाल्नुस्। फुर्सद पाइनँ। स्वस्थकर खान पाइनँ भनेर नभन्नुस्। आफ्नो लागि आफैँ गर्ने हो। बिहान, दिउँसो, साँझ जुनुुकै समयमा भए पनि योग गर्नुस्।’
मैले यहाँ योगलाई महिलासँग जोडेर कुरा गर्न लागेकी हुँ। महिलाहरूलाई जसरी सौन्दर्यको महत्त्व छ त्यसरी नै योगको पनि। कतिपय मानिस भन्ठान्छन्, महिलाहरू बिहानदेखि बेलुकीसम्म काममा व्यस्त रहन्छन्। त्यसैले किन योग गरिरहनु पर्यो? महिलाहरूको शरीरको संवेनशीलताका कारण पनि उनीहरूलाई योग आवश्यक छ।
कतिपय महिला ‘घरगृहस्थीको कामले भ्याइँदै भ्याइन्न कुन समयमा गर्नु योग’ भन्ने गर्छन्। म सधैँ भन्ने गर्छु, ‘आफ्नो लागि समय निकाल्नुस्। फुर्सद पाइनँ। स्वस्थकर खान पाइनँ भनेर नभन्नुस्। आफ्नो लागि आफैँ गर्ने हो। बिहान, दिउँसो, साँझ जुनुुकै समयमा भए पनि योग गर्नुस्।’
योग गर्न बाहिरै जानुपर्छ भन्ने छैन। आफ्नै घरमा एउटा कोठामा रहेर पनि योगासन गर्न सकिन्छ। दरी वा बाक्लो कपडा बिछ्याएर त्यसमा मजासँग योगासन गर्न सकिन्छ। केबल आधा घण्टा नियमित रूपमा योगाभ्यासलाई समय दिनुस्। आफ्नो शरीरमा, बोली व्यवहारमा साँच्चै परिवर्तन आउनेछ।
मेरो सन्दर्भमा कुरा गर्दा मलाई यो उमेरमा पनि त्यस्ता कुनै शारीरिक समस्या परेको छैन। दीर्घरोगको औषधि पनि सेवन गरेको छैन। अहिले त झन् ४० वर्षअघिको उमेरभन्दा बढी स्वस्थ महसुस गरिरहेकी छु। यो सबैको कारण नियमित रूपमा गर्ने योग नै हो।
बुझ्नुपर्ने एउटा कुरा के भने, योग भनेको आममानिसले बुझेकोजस्तो शारीरिक अभ्यास मात्र होइन। खानपानमा पनि ध्यान दिनु हो। आनीबानी सुधार गर्नु पनि हो। योगासनले हाम्रो हड्डीहरूमा लचकता बढाउँछ। त्यसै पनि उमेर बढ्दै गएपछि हड्डीहरू कमजोर हुन थाल्छन्। यसलाई योगाभ्यासले कम गर्छ।
योगले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ राख्न मद्दत गर्छ। शरीरमा भएका दुखाइ कम गर्न मात्र नभई मानसिक शान्ति प्राप्त गर्न पनि योग प्रभावकारी हुन्छ।
कुराकानीमा आधारित
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा