Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सन्तुलित स्वस्थ मुटु आहार

सन्तुलित स्वस्थ मुटु आहार

मुटु र शरीरलाई स्वस्थ राख्न सन्तुलित आहार लिनु आवश्यक छ। आफ्नो शरीरको आवश्यकताभन्दा बढी क्यालोरीयुक्त आहार लिने गरेमा शरीर तथा रक्तनलीहरूमा बोसो जम्न गर्य धेरै प्रकारका रोग उत्पन्न हुन्छन्।

एक वयस्क, साधारण शारीरिक कार्य गर्ने ७० किलो वजन भएको व्यक्तिका लागि दैनिक २००० क्यालोरीयुक्त आहारको आवश्यकता पर्छ,जसमध्ये ५० प्रतिशत कार्बोहाइड्रेट्सबाट, ३० प्रतिशत चिल्लो पदार्थबाट (स्याचुरेटेड फ्याट १० प्रतिशत, पोलीअनस्याचुरेटेड १० प्रतिशत मोनोअनस्याचुरेटेड १० प्रतिशत) र २० प्रतिशत प्रोटिनहरूबाट उपलब्ध भएको हुनुपर्छ।

मानिसको शारीरिक अवस्थाअनुसारको आहार हुनुपर्छ। आहार सबैको सन्तुलित हुनुपर्छ। कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन र लवणहरू आवश्यकताअनुसार खानाबाट प्राप्त हुनुपर्छ। प्रोटिनले शरीरको निर्माण गर्छ। कार्बोहाइड्रेट र चिल्लोले काम गर्ने शक्ति प्रदान गर्छ। भिटामिनले रोगहरूसँग लड्ने क्षमता बढाउँछ।

माछा, मासु, अण्डा, गेडागुडीबाट प्रोटिन प्राप्त हुन्छ। घ्यु–तेलबाट चिल्लो प्राप्त हुन्छ। आलु, चामल, चिनी, गहुँ आदिबाट कार्बोहाइड्रेट प्राप्त हुन्छ। खानामा फलफूल, सागपात प्रशस्त हुनु आवश्यक छ। आहारबारेका यी सामान्य कुराहरू हुन्।

मुटुरोग नियन्त्रणका लागि आहारबारेका केही मूलभूत कुराहरू यसप्रकार छन्–

घ्यु–तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ। खाना पकाउनका लागि शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ। नुन दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन। नुन थपेर खाने बानी छोड्नुपर्छ।

बिहान–बेलुकीको खानामा दुई–तीन वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ। बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ। बिहान एकछाक मात्र भात खाने गर्नुपर्छ। खानाको मात्रा सबैका लागि एकैनास हुँदैन। धेरै शारीरिक परिश्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै। काम कम माम धेरै गर्नुहुँदैन। बेलुकीका खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन। कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ।

हाम्रो गाउँघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटा फापर, कोदोको रोटी, कुरिलोको सुप, कोरालोको अचार, केराको बुंगको अचार, निउरोको तरकारी, लौकाको तरकारी, तीते करेलाको अचार, भुटेको मकै, भटमास, चना, केराउ, दाँतेओखर आदि खाद्यपदार्थहरू मुटुका लागि लाभदायक छन्।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ। तर नियन्त्रित रूपमा माछा मासु खाए हानि हुँदैन। खसी राँगो, बँदेलेको मासुले कोलेस्टोरोल धेरै बढाउँछ भने माछा र कुखुराको मासुले कम बढाउँछ। चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ। यस्तो खानाले हानि गर्दैन। बेलुका माछा मासु नखानु नै उत्तम हुन्छ।

उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा पुर्याउँछ। खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरिया सागपातहरू हुन्। गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ। फापर, कोदो, जौ, मकै आदिले पनि पनि मुटुलाई फाइदा गर्छ।

हाम्रो गाउँघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटा फापर, कोदोको रोटी, कुरिलोको सुप, कोइरालोको अचार, केराको बुंगको अचार, निउरोको तरकारी, लौकाको तरकारी, तीते करेलाको अचार, भुटेको मकै, भटमास, चना, केराउ, दाँतेओखर आदि खाद्यपदार्थहरू मुटुका लागि लाभदायक छन्।

खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ। दुई छाक खाने तर पेट कसेर खाने अनि खानेबित्तिकै सुत्ने गर्नु मुटुका लागि अत्यन्त खतरनाक खाने बानी हो। आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागेर थोरै खाने, धेरै पटक खाने र उचित खाना खाने बानी बसाल्नु हो।

खानामा कोलेस्टोरोलको मात्रा जति कम भयो मुटुलाई त्यति कम हानि हुन्छ। युरिक एसिड बढेकाहरूले खानामा प्रोटिनको मात्रा र युरिक एसिड बढाउने पदार्थहरू घटाउनुपर्छ।

बेलुकीको खानामा दैनिक एकपोटी काँचो लसुन खाँदा फाइदा हुन्छ। यसले रगतको कोलेस्टोरोल घटाउनुका साथै ‘एस्पिरिन’ले जस्तै रगतलाई पातलो पनि पार्छ।मधुमेह (चिनीरोग) भएकाहरूले गुलियो खानुहुँदैन। क्यालोरी हिसाब गरेर डायबेटिक डाइट चार्टअनुसार खाना खानुपर्छ।

डा. रेग्मीको पुस्तक ‘मुटुका रोगहरूको रोकथाम र नियन्त्रण’ बाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन