भुल्न नसकिने पाेखराकाे भाइटीका
मेरा चार दिदीबहिनी। हामी ६ दाजुभाइ। म जेठो। चारमध्ये एक दिदी चितवनमा हुनुहन्छ। दुई बहिनी काठमाडौं र एक बहिनी पोखरामा छन्।
काठमाडौं बसाइ र कर्मथलो दुवै भए पनि केही वर्षयता टीका लगाउन म चितवन विशालचोकस्थित दिदी ८० वर्षीया माधवी पौडेलकहाँ आइपुग्छु। यसपालि पनि मंगलबार नै चितवन आएको छु। यहाँ आएर विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएँ। आफन्त, साथीभाइसँग भेटघाट गरेँ।
अरु भाइहरू कोही काठमाडौं र कोही पोखरामा बहिनीसँग टीका लगाउँछन्। याे पटक एक भानदाइ अर्का सानिमाका छोरासहित हामी तीन भाइ दिदीको हातबाट टीका लगाउँदेछौँ।
अरु भाइ काम व्यस्तताले दिदीकाे आउन पाउँदैनन्। म एक्लैलाई भए पनि टीका लगाउन पाउँदा दिदी अत्यन्तै खुशी हुनुहुन्छ। त्यो देख्दा आफूलाई पनि आनन्द लाग्छ।
भाइटीकाका पहिले पहिलेका रमाइला सम्झना छन्। बुबा आचार्य तीर्थराज अग्निहोत्री संस्कृतका ठूला विद्वान्। भाइटीकाका दिन हामी सबै दाजुभाइ, दिदीबहिनी जम्म हुन्थ्यौँ। बुबाले विधिविधानपूर्वक पूजा गराइदिनुहुन्थ्यो। मन्त्र उच्चारणसहित अष्टचिरञ्जीवी, यमराज यमुनालगायतको पूजा गराएर हामीलाई टीका लगाउन सिकाउनुहुन्थ्यो।
साह्रै रमाइला थिए ती दिन। अहिले बुबा हुनुहुन्न। हामी दाजुभाइ, दिदीबहिनी पनि आफ्नै व्यवहारमा अल्झेका छौँ। कोही कहाँ, कोही कहाँ पुगेका छौँ, तर पनि टीका लगाउन दिदीबहिनीकाेमा पुग्ने गरेकै छाैँ।
पहिले पहिले बाटोघाटो र यातायातको सुविधा नहुँदा आउजाउ गर्न गाह्रो हुन्थ्यो। तर अहिले सजिलो भएको छ। त्यसैले यो उमेरमा पनि म चितवन दिदीकोमा आएको छु।
पाँच वर्षअघि पोखरामा भएकी बहिनी जाह्नवी त्रिपाठीकहाँ टीका लगाउन हामी सबै दाजुभाइ पोखरा पुगेका थियौँ। बडो रमाइलो भयो। विन्द्यवासिनी देवीको दर्शन गरियो, फेवातालको शयर, माछापुच्छ्रे अवलोकन गरियाे। जीवनमा सबैभन्दा रमाइलाे भाइटीका भयो त्यो साल।
कुराकानीमा आधारित



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य