मुख र दाँत स्वस्थ राख्ने सूत्र
हेर्दा आकर्षक र चमकदार दाँत होस् भन्ने चाहना कसलाई नहोला! मुख स्वस्थ राख्न र दाँत राम्रो बनाउन हामी हरसम्भव कोसिस गरिरहेका हुन्छाैँ तर, सरसफाइको तरिका नजान्दा प्रायः मानिस मुख तथा दाँतको समस्याले हैरान भइरहेका हुन्छन्।
धेरैलाई दाँत कसरी स्वस्थ राख्न सकिन्छ भन्नेबारे थाहा नहुन सक्छ। लापरबाहीले दाँत र गिजामा गम्भीर क्षति पुग्नसक्छ। जीवनभर मुख र दाँतको सुरक्षाका लागि दिनहुँ थोरै समय निकाल्नुस् केही कुरा याद राख्नुस्। आफ्नो मुख र दाँतको राम्रो हेरचाहमा तपाईँ कति संवेदनशील हुनुहुन्छ। ध्यान दिनुहोस्, मानिसको व्यक्तित्व नै उसको पहिचान हो। जसले राम्रोसँग मुस्काउन जान्छ उसले अरुलाई सजिलै प्रभावमा पार्न सक्छ। आफू पनि हरपल खुशी रहन सक्छ। यसका लागि मुख्यतः ध्यान दिनु पर्ने कुराहरू:
–एक प्रभावकरी टूथपेस्टले एक दिनमा कम्तीमा दुई पटक दाँत ब्रस गर्ने।
–एक दिन कम्तीमा एक पटक दाँत फ्लस गर्ने।
–धूम्रपान वा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने।
–कम्तीमा ६ ६ महिना बिराएर चिकित्सकसँग जाँच गराउने।
सावधानीपूर्वक हेरविचार गर्दा दाँत वा गिजाको दुखाइ वा अन्य समस्याबाट जोगिन मद्दत गर्छ। मुख वा दाँतबारेमा कुनै पनि समस्या देखिए तुरुन्तै दन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ। मुख वा दाँत दुखाइको समस्या छ भने, यसलाई बेवास्ता गर्नु उचित हुँदैन। यस्तो अवस्थामा दन्त चिकित्सकसँग परामर्श लिनु आवश्यक हुछ। दाँत तथा मुखकोसमस्या छ भने प्रतीक्षा गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य