कुण्ठा पालेर बस्दा पनि पुग्छ स्वास्थ्यमा हानि

कुनै कुरा मनमा गुम्स्याइरहनु र केही गर्न नसक्नुको स्थितिमा लामो समयसम्म रह्यो भने खतरनाक स्वास्थ्य समस्या निम्तिन सक्छ।
स्वस्थ रहन मनमा भएका कुण्ठा वेलावेलामा निकालिरहनुपर्छ। कामको दबाब, कार्यालयमा हाकिम वा कलेजमा शिक्षकको गाली, साथीभाइसँगको झगडाजस्ता हरेक समस्याबाट सिर्जित तनाव मनभित्र जम्न नदिई बाहिर निकालिरहनुपर्छ।
कतिपय अवस्थामा यस्तो स्थिति हुन्छ कि मानिसले तीव्र चाहना हुँदाहुँदै पनि आफ्नो क्रोध व्यक्त गर्न सक्दैन। यस्तो अवस्थामा सम्बन्धित व्यक्तिलाई सराप्दा मनमा आनन्द र शान्तिको अनुभव हुन्छ।
विरोधी, शत्रु वा मन नपर्दो मान्छे सदैव आफ्नो अगाडि हुन्छ भन्ने छैन र छ भने पनि उसैका अगाडि उसलाई गाली गर्दा गर्दा स्थिति झन् बिग्रिन सक्छ। यसकारण उसको सट्टा उसकै प्रतिरूप पुतला वा चिन्ह आदिमाथि क्रोध व्यक्त गर्दासमेत रिस साम्य हुनसक्छ। त्यसलाई गाली गर्दा वा सराप्दा समेत क्रोध शान्त हुन्छ।
जापानमा ठूला ठूला कम्पनी तथा कार्यालयहरूमा यस्तो विशेष कक्षको व्यवस्था हुन्छ, जहाँ एउटा पुतला हुन्छ। जब कुनै सहकर्मी, हाकिम वा अन्य कुनै व्यक्तिका कारण क्रोध पैदा हुन्छ, तब त्यही पुतलालाई मनपरी गाली गरेर तथा कुटेर मन शान्त पारिन्छ।
कतिपय अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई सँगै बसेर, आपसमा मज्जासँग खुलेर कुरा गर्ने विशेष प्रबन्ध मिलाएका हुन्छन्। मनमा कुण्ठा, गुनासो, रिस, तनाव आदि छन् भने कुराकानीका क्रममा त्यो बाहिर आओस् र उसले तनावमुक्त भएर काम गर्न सकोस् भन्ने यसकाे उद्देश्य हाे।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा