ग्यास्ट्रिककाे आयुर्वेदिक उपचार
सामान्यतया पेटमा एक किसिमको एसिड हुन्छ , जसले खाना पचाउनेदेखि लिएर खानासँगै पेटमा पुगेका ब्याक्टेरिया मार्ने गर्छ । यदि पेटमा एसिड उत्पादन बढी भएमा तन्तु जलाउने हुन्छ, जसलाई ‘ग्यास्ट्रिक’ वा ‘ग्यास्ट्राइटिस’ भनिन्छ ।
ग्यासट्राइटिस हुनुको प्रमुख कारण खानपानमा अनियमितता नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा कहिले खाना नै नखाने, बढी अत्यधिक मसलायुक्त खाना खाने बानीका कारण ग्यास्ट्रिक हुन्छ।
नियमित जंकफुड र फास्टफुड सेवनबाट समेत ग्यास्ट्रिक हुन्छ । तारेको खानेकुरा धेरै खानेहरूलाई पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ ।
दीर्घरोगमा सेवन गरिने कतिपय औषधि ग्यास्ट्रिकको कारक बन्न सक्छ। पेनकिलर बढी खानेहरूमा पनि ग्यास्ट्रिककाे सम्भावना बढी हुन्छ।
सुर्तीजन्य पदार्थ, ड्रग्स र अल्कोहलका कारण ग्यास्ट्रिक हुन्छ। कहिलेकाहीँ तनावका कारणसमेत समस्या देखिन्छ।
आयुर्वेदिक उपचार
आयुर्वेदिक उपचार पद्धतिबाट ग्यास्ट्रिकको उपचार दुई तरिकाले गरिन्छ, औषधि प्रयोग गरेर वा औषधिको प्रयोगविनै।
खासगरी पेटमा बढेको एसिडलाई शान्त पार्न विभिन्न किसिमका विधि प्रयोगमा ल्याइन्छ। यदि ग्यास्ट्रिक भएको लामो समय भएमा औषधिका साथै बिरेचन र बमन विधिको प्रयोग गरिन्छ ।यसमा ग्यास्ट्रिकको अवस्था हेरेर बान्ता गराएर पेट सफा गरिन्छ ।
आयुर्वेदिक पद्धतिमा खानपान र जीवनशैलीलाई ध्यानमा राखेर उपचार गरिन्छ । खानपानमा ध्यान दिए ग्यास्ट्रिक सहजै निको पार्न सकिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’