घरमा राख्नैपर्छ प्राथमिक उपचारका यी सामग्री

बच्चाहरू स्वभावैले चञ्चल हुन्छन्। लड्ने, चाेटपटक लाग्ने वा बिरामी हुने समस्या आइरहन्छ। त्यसैले सानासाना बालबालिका भएका घरमा प्राथमिक उपचारसँग जोडिएको फर्स्ट एड किट अनिवार्य रूपमा राख्नुपर्छ। उक्त किट आफुले खोजेको अवस्थामा सजिलै पाइनेगरी राख्नुपर्छ। फर्स्ट एड किटमा पट्टी, कपास, ब्यान्डेज, कैची, एन्टिसेप्टिक क्रिम, दुखाइ कम हुने औषधि, एन्टिसेप्टिक लिक्विड हुनुपर्छ।
थर्मामिटर
बालबच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। सामान्य खानपान नमिल्दा, मौसम परिवर्तन हुँदा पनि उनीहरु अस्वस्थ्य हुन पुग्छन्। कहिलेकाहीँ कुनै भित्री रोगको कारण पनि उनीहरूलाई ज्वरो आउँछ। त्यसैले बच्चालाई कति ज्वरो आएको हो भन्ने जाँच्नका लागि थर्मामिटर घरमै राख्नुपर्छ।
अस्पतालको सम्पर्क नम्बर
यस्तै मोवाइलमा परिचित चिकित्सकको सम्पर्क नम्बर हुनुपर्छ। नजिकको अस्पतालको सम्पर्क नम्बर पनि सुरक्षित राख्नुपर्छ। आफूलाई आवश्यक परेको बेला तुरुन्तै कुनै परामर्श लिन सकिन्छ।
वाटरप्रुफ ब्यान्डेज
लडेर वा अन्य कुनै कारण बच्चाकाेहातखुट्टामा चोटपटक लाग्न सक्छ, भाँच्चिन सक्छ। त्यसैले घरमा उनीहरूको प्राथमिक उपचारका लागिवाटरप्रुफ ब्यान्डेज आवश्यक पर्छ। यस्तो ब्यान्डेजले बाहिरी संक्रमण हुनबाट बचाउँछ। जब बच्चालाई चोटपटक लाग्छ, ब्यान्डेज लगाउन सकिन्छ।
घाउ सुकाउने औषधि
बालबच्चाहरुलाई चोटपटक लागिरहेकै हुन्छ। चोट लाग्ने, रगत बग्ने समस्या धेरै हुन्छ। रगत बगेमा त्यसलाई रोक्न पट्टी बाँधिदिनुपर्छ । यद्यपि त्यसअघि चोट सुकाउने व्यवस्था गर्नुपर्छ।
सिप्लाडीन, बीटाडीन आदि यस्तै क्रिम हो, जसलाई चोटपटकमा तुरुन्तै प्रयोग गर्न सकिन्छ। यिनलाई आशिंक मात्रामा आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ ।
एन्टिसेप्टिक क्रिम
बालबालिकाले खेल्दाखेल्दै कहिलेकाहीँ आगोमा छुन पुग्छन्। यस्तो अवस्थामा जलेको भागलाई पहिले त चिसो पानीमा डुबाउनुपर्छ। पाँच मिनेटजति चिसो पानीमा डुबाएर राखेपछि कपासले पुछेर त्यसमा एन्टिसेपिप्टक क्रिम लगाइदिनुपर्छ। यदि जलेको भाग ठूलो छ भने सबैभन्दा पहिले जलेको भाग चिसो पानीले धुनुपर्छ। त्यसपछि एन्टिसेप्टिक क्रिम जस्तो बारोप्लस, बरनाल आदि लगाएर तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा