नाक–कान–घाँटीको क्यान्सर र राेकथाम

अचेल कतिपय मानिसमा युवाअवस्थामै नाक–कान–घाँटीको क्यान्सर देखिएको छ। यसको मुख्य कारण अत्यधिक धूमपान र मद्यपान हो । चुरोट, बिँडी, तमाखु, गुट्खा, पान–पराग र मदिरा आदि सेवनले नाक, कान र घाँटीमा संक्रमण गराउँछ।
वातावरणीय प्रदूषण पनि नाक-कान-घाँटीको क्यान्सरको कारण हो। विकिरणले गर्दा पनि क्यान्सर हुन्छ । विकिरणयुक्त क्षेत्र तथा प्रयोगशालामा काम गर्ने मानिसलाई यो प्रकारको क्यान्सरकाे सम्भावना हुन्छ।
वंशाणुगत गुणका कारण पनि नाक-कान-घाँटीको क्यान्सर हुने जोखिम रहन्छ । क्यान्सर गराउने खाद्यवस्तुको सेवनले पनि यो समस्या उत्पनन हुन्छ। धेरै पिरो तथा पोलेको खानेकुरा बढी खाएमा यस्तो किसिमको क्यान्सरको सम्भावना हुन्छ ।
लक्षण
मुखमा घाउ आएर लामो समयसम्म निको नहुनु तथा मुखभित्र सेतो दाग वा धब्बा आएर मुखमा क्यान्सर हुन सक्छ। मुखमा घाउ आएर लामो समयसम्म निको नहुने र दाँतले बारम्बार छाेएर केही समयपछि संक्रमण हुन्छ। अन्त्यमा क्यान्सर हुन्रछ।
घाँटीको क्यान्सर भएमा आवाज धोद्रो हुने, सास फेर्न र खाना निल्न असहज हुने तथा सुन्निनेजस्ता लक्षण देखिन्छन् । कानमा संक्रमण भएमा रगत बग्ने तथा कान नसुन्ने समस्या हुन्छ।
धुलो–धुवाँ र विभिन्न किसिमका प्रदूषणले नाकमा समस्या हुन सक्छ। खासगरी लामो समयसम्म काठको काम गर्ने मानिसमा धुलो नाकमा पस्ने सम्भावना हुन्छ । जसका कारण संक्रमण भई क्यान्सर हुन्छ।
बच्ने तरिका
धूमपान, मद्यपान र धुवाँ–धुलोबाट बच्नुपर्छ । त्यस्तै, पिरो र पोलेको खानेकुरा बढी सेवन गर्नुहुँदैन। नाक, कान र घाँटीमा घाउ भएमा तुरुन्त उपचार गर्नुपर्छ ।
उपचार
क्यान्सरका विभिन्न चरण हुन्छन् । लक्षण देखिनासाथ सुरुवातीको चरणमै उपचार गर्न सकेमा जटिल क्यान्सर हुनबाट बच्न सकिन्छ ।
क्यान्सर भइहाले सर्जरी, रेडियोथेरापी र किमोथेरापी पद्धतिबाट उपचार गर्न सकिन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा