तपाईँ कति स्वस्थ? कति सुखी?

तपाईँ कति स्वस्थ? कति सुखी?

तपाईँ कति स्वस्थ, कति सुखी? तलका प्रश्न दिनमा धेरैपटक आफैँसँग गरेर आफैँलाई आँक्नुहोस्–

के मैले हरेक दिन एक घण्टा व्यायाम गरेँ त?

म खानका लागि बाँचेको हुँ वा बाँच्नका लागि खाइरहेछु?

के मैले तीन महिनाभित्र रक्तचाप, चिनी तथा कोलेस्टेरोल जाँच गराएँ?

म दिनमा कतिपटक हाँसे?

के मैले चिकित्सकले दिएको सल्लाहअनुसार खानपान र अन्य व्यवहार गरिरहेको छु?

के मैले मेरो सुखका लागि प्रयोग गरिरहेका वस्तुहरू साधारण, प्राकृतिक, सहज मूल्यका तथा समाजलाई ग्राह्य छन्?

के मैले आफ्ना सबै आत्मीयहरूलाई सम्झिएँ र उनीहरूको शुभ होस् भनी कामना गरेँ?

के मेरा बाह्य आवश्यकताहरू विगत केही समयदेखि घटिरहेका छन्?

यो संसारमा भएका कुराहरूलाई म कसरी हेर्छु र आफ्नो जीवनसँग कसरी दाँज्छु किनभने हरेक कुरा मेरै हातमा छन् भन्ने मैले बुझेको छु।

के म सुखी आफैँमा सीमित छु?

के म सांसारिक वस्तुहरू त्याग्न तयार छु? र त्यसपछि के म साँच्चै सुखी भएर बाँच्न सक्छु?

के म दोषी, दिक्दार, डाह गर्ने, रिस उठ्ने, तनाव तथा झडंग रिसाउनेजस्ता नकारात्मक आवेगलाई पर राखेर सुखी, आफैँमा सीमित हुने, अनुग्रहीत हुने, दान दिन तयार हुने, उत्तेजित हुने र हसमुख रहने जस्ता सकारात्मक आवेगहरूमा बढी समय खर्च गरिरहेछु?

के म आफ्नी श्रीमती, आफ्नो काम र आफैँबाट सन्तुष्ट छु?

डा. भारत रावतकाे ‘स्वस्थ जीवनशैली स्वस्थ मुटु’ पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार