ओस्टियोपोरोसिसबारे जानी राखौँ
ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने अवस्था। मानिसको उमेरसँगै हड्डी पनि बुढो हुँदै जान्छ अर्थात् खिइँदै जान्छ। यही हड्डी खिइने समस्यालाई चिकित्सकीय भाषामा ओस्टियोपोरोसिस भनिन्छ। यो अवस्थामा समान्य चोटपटकमा पनि हड्डी भाँचिने समस्या हुन्छ। उमेर बढ्दै गएपछि आउने् समस्या भए पनि आजभोलि भने हड्डी खिइने समस्या ३० वर्षकै उमेरमा शुरु हुन थालेको छ।
बढी जोखिम महिलामा
विश्व स्वास्थ्य संगठनका अनुसार महिनावारी रोकिएका रहेका तीन जनामा एक जनालाई ओस्टियोपोरोसिसको जोखिम हुन्छ। महिनावरी रोकिएका महिलामा एस्ट्रोजन नामक हर्मोन उत्पादन नहुने भएकाले उनीहरू बढी जोखिमा हुन्छन्।
ओस्टियोपोरोसिसकाे जोखिम हुने अवस्था
५० वर्ष पुगेका महिला तथा पुरुष
वंशाणुगत कारण
भिटामिन डी, क्याल्सियम र प्रोटिनको कमी
शारीरिक क्रियाकलापमा कम सक्रिय मानिस
नदुख्ने औषधिको अत्यधिक प्रयोग
स्टेरोइडयुक्त औषधिको सेवन
थाइराइडको समस्या भएका व्यक्ति
मद्यपान, धूमपान बढी गर्ने व्यक्ति
महिनावारी रोकिएका महिला
माथि उल्लेख गरिएका जोखिममा भएकाहरुले समय समयमा हड्डीको जाँच गराउने, शारीरिक क्रियाकलापमा सक्रिय रहने, सन्तुलित आहारको सेवन गर्ने गरे केही हदसम्म यसबाट जोगिन सकिन्छ।
डा.दिपक श्रेष्ठ
अर्थोपेडिक सर्जन




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?