नेपालमा हुन्छ विश्वकै सस्तोमा कपाल प्रत्यारोपण

केश (कपाल) झरेर तालु हुने समस्याले धेरै पुरुषलाई चिन्तित तुल्याएको हुन्छ। टाउकोबाट कपाल झरेर टाउकाेमा आउने खालीपनाको अवस्थालाई तालुपना भनिन्छ।
किन हुन्छ यस्तो समस्या ?
कपाल झर्नुका विभिन्न समस्या हुन सक्छन्। कसैको कपाल हर्मोनको कारणले झर्छ त कसैको वंशाणुगत कारणले। परिवारमा बुवा वा हजुरबुवाको कपाल कम उमेरमै झरेको छ भने पनि त्यसको असर छोरा नातिमा पर्छ। वंशाणुगत कारणले कपाल झर्नुलाई एन्ड्रोजेनेटिक एलोपेसिया भनिन्छ। यसको मख्य कारण भनेको डाइहाइड्रो टेरेसटेरोन भन्ने हर्मोनले गर्दा कपालको जरा सुकेर जाने कारण गर्दा हुन्छ। यो वंशाणुगत हुन्छ। यो एक प्रकारको रोग हो।
रोकथामको उपाय
यसको मेडिकल उपचारका साथसाथमा अहिले विश्वमा कपाल प्रत्यारोपण एक प्रभावकारी उपायका रुपमा अपनाउन थालिएको छ। नेपालमा पनि कपाल प्रत्यारोपण सेवा उपलब्ध हुन थालिसकेको छ। धुलिखेल अस्पतालले छ महिना देखि कपाल प्रत्यारोपण सेवा उपलब्ध दिँदैै आएको छ।
कपाल प्रत्यारोपणको सही जानकारीको अभावमा धेरैले ‘विग’ लगाउनुलाई कपाल प्रत्यारोपण गरेको सम्झिने गरेका छन्। कपाल प्रत्यारोपण गर्दा टाउकोको पछाडिपट्टिको भाग कपाल (एन्ड्रोजेन इनसेन्सेटिभ एरिया) निकालेर कपाल झरेको भागमा एक\एक वटा रौं प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ।
सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा बेहोश बनाउनु पर्दैन। कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसीया दिएर गर्न सकिन्छ। यसरी रोपेको कपाल दुई देखि तीन हप्तापछि झर्छ। तर १० देखि १६ हप्ताको बिचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ। प्रत्यारोपण गरेको कपाल स्थायी हुन्छ। यसरी उम्रिसकेको कपाल भने झर्दैन। यो तालु हुने समस्याको स्थायी समाधान हुन्छ। प्रत्यारोपण गरेको कपालको ‘लुक’ पहिलाजस्तै देखिन्छ। कसैले पनि प्रत्यारोपण गरको थाहा पाउँदैन। दुई हजार वटा कपाल प्रत्यारोपण गर्न ६ देखि आठ घण्टा लाग्छ।
कसरी उपलब्ध हुन्छ सेवा ?
अन्य देशको तुलनामा कपाल प्रत्यारोपण सस्तो पर्छ। तर प्रत्यारोपण बारेमा सहि जानकारी नहुँदा कपाल झरेर तालु भएकाहरु अस्थायी र झण्झटिलो विग लगाएर बसिरहेका छन्। एक पटक खर्च गरेर स्थायी समाधान हुने कपाल प्रत्यारोपण गर्ने हो भने अफ्नो ‘नेचुरल लुक’ फर्काउन सकिन्छ। साथै प्रत्यारोपण गरेको कपाललाई आफूले चाहे जस्तो ‘लुक’ दिन सकिन्छ। नुहाउँदा वा पौडी खेल्दा कपाल खस्ला भन्ने डर पनि हुँदैन। यो विधि वन फँडानी भइसके पनि फेरि पुरानै अवस्थामा फर्काइएजस्तै हो।
टाउकोको पछाडि पट्टिको भागबाट कपाल निकाली रोपिने भएकाले यो कपाल झर्दैन। पूरै टाउको तालु हुँदा पनि टाउको पछाडिको अलिकति भाग बाँकी रहन्छ। यसो किन हुन्छ भने एन्ड्रोजेन इन्सेन्सेटिभ एरियाको कपाल वंशाणुगत वा हर्मोनको कारण झर्दैन।
अपनाइन्छ यस्ताे सावधानी
हेयर ट्रान्सपलान्टका लागि ट्रिम गरेर छोटो बनाइएको कपाललाई विषेश प्रकारको मेसिको सहायताले निकालिन्छ। कति ठाँउका लागि कति कपाल चाहिन्छ भन्ने निक्र्योल गरे पनि त्यति नै कपाल निकालिन्छ। यसरी कपाल उखाल्दा घाउ हुँदैन। रगत पनि बग्दैन। राैं उखेलिसकेपछि मेसिनकै सहायताले कपाल रोप्ने गरिन्छ। कपाल प्रत्यारोपण गर्दा बेहोश बनाउनु नपर्ने र कपाल उखेल्ने र रोप्ने ठाउमात्र अस्थायि एनेस्थेसिया गर्ने भएकाले यो सेवा लिनेहरु टेलिभिजन हेर्दै वा संगीत सुन्दै पनि हेयर ट्रान्सप्लान्ट गर्न सकिन्छ। कपाल रोप्दा एंगल मिलाएर गर्नुपर्छ। कुनै रोगका कारण कपाल झरेको छ भने त्यस्तो अवस्थामा ट्रान्सप्लान्ट गर्नु हुदैन।
कस्ताे असर ?
हेयर ट्रान्सप्लान्टको कुनै नकारात्मक असर हुँदैन। कपाल उखेलेको र रोपेको ठाउँमा सामान्य पाप्रा बस्छ। घाउ नहुने भएकाले ड्रेसिङ पनि गर्नु पर्दैन। एक हप्तासम्म सामान्य स्लाइन पानीले स्प्रे गर्नुपर्छ। तीन दिनपछि टाउको नुहाउन सकिन्छ। कसैकसैको अनुहार सामान्य सुन्निन सक्छ। तर, पछि आफैँ ठिक हुन्छ।
कपाल प्रत्यारोपणका लागि अमेरिकाबाट नेपाल आएका २८ वर्षीय निरज कोइराला यहाँ सबैभन्दा सस्तो भएको बताउँछन्। करिब दुई महिना अघि अमेरिकी चिकित्सकले ३० हजार डलर लाग्ने भने पछि सबैभन्दा सस्तो ठाँउ खोज्दै जाँदा नेपालमा सर्वसुलभ ढंगबाट गरिएको पाइएपछि उनी नेपाल आएका हुन्। करिब पाँच हजार रौँ रोपिएको र खर्च तीन लाख रुपैयाँ लागेको निरज बताउँछन्।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै