प्राकृतिक चिकित्सामा एमडी गर्ने पहिलो महिला चिकित्सक डा.दीपा

स्केभिन नेचर केयर अस्पतालकी संचालक प्राकृतिक चिकित्सक डा. दीपा पाण्डे नेपालमा प्राकृतिक चिकित्सामा एमडी गर्ने पहिलो महिला चिकित्सक हुन्। उनी नेपालमा औँलामा गन्न सकिने एमडी गर्ने चिकित्सकमा पर्छिन्।
दीपाको प्राकृतिक चिकित्साको यात्रा अचम्मको छ। आईए पढ्दापढदै १८ वर्षको उमेरमै विवाह गरेकी दीपाले विवाह पछि नै बच्चा हुर्काउँदै प्राकृतिक चिकित्सामा एमडीसम्मको पढाइ पूरा गरेकी हुन्।
काका प्राकृतिक चिकित्सक डा. क्षितिज बाराकोटीको कारण उनलाई यो क्षेत्रमा झुकाव बढ्दै गयो। तर, यही विषयमा एमडी नै गरौँला भन्ने चाहिँ थिएन भन्छिन् उनी। ‘किनकी मैले आर्टस् पढेकी थिएँ। डाक्टर पढ्नलाई साइन्स ‘ब्याकग्राउन्ड’ हुनुपर्छ। बाटो नै अलग थियो’, उनले भनिन्।
पढाइमा अब्बल नै थिइन् उनी। ‘मलाई आईए पढेपछि प्याथोलोजी पढ्न मन लाग्यो। त्यसैले जावलाखेलस्थित नेशनल मल्टिपल कलेजमा १८ महिने कोर्समा भर्ना भएँ’, उनले सम्झिन्। प्याथोलोजी पढ्दा उनको निकै राम्रो ‘रिजल्ट’ आयो। यसले उनमा हौसला बढायो, ‘साइन्स पढेर एमबीबीएस पढ्न सक्छु’ भन्ने। घरमा सल्लाह गरिन्। सोही कलेजमा साइन्सबाट पुनः कक्षा ११ मा भर्ना भइन् डाक्टर बन्ने उद्देश्य बोकेर। ‘प्लस टु’ मा पनि राम्रो रिजल्ट आयो। त्यसपछि उनी झन् उत्साहित भइन्। उनमा अब एउटै आकांक्षा थियो, नामको अगाडि डाक्टर लेख्ने।
प्राकृतिक चिकित्सा पूरक वा वैकल्पिक चिकित्सा होइन भनिन्छ, उनी। दीपाका अनुसार यो प्रमुख चिकित्सा पद्धति हो। ‘धेरैले यसलाई बुझ्न सकेका छैनन्। दुःख लाग्छ’, उनी भन्छिन्, ‘पछिल्लो समय नसर्ने रोग बढिरहेका वेला प्राकृतिक चिकित्सा अचुक उपचारपद्धति सावित हुन सक्छ।’
त्यसै बिचमा उनले भारतको गोरखपुरमा प्राकृतिक चिकित्साको दुई महिने कोर्स गर्ने अवसर पाइन् उनले। त्यस लगत्तै एमबीबीएसका लागि परामर्श लिन थालिन्। नेपालमा प्राकृतिक चिकित्साको पढाइ नहुने भएकाले भारत या अन्य देश जानुको विकल्प थिएन। उनले सिनियरहरुसँग सल्लाह गरिन् र भारत जाने निर्णय गरिन्।
यसरी डाक्टर बन्ने उनको यात्रा शुरु भयो। त्यति बेलासम्म उनका दुई बच्चासमेत भइसकेका थिए। तर उनको दृढ संकल्पमा यी बाधा बनेनन्। श्रीमान् र परिवारको राम्रै साथ पाइन्, उनले।
दीपा यतिमा मात्र सन्तुष्ट भइनन्। उनी पुनः ‘क्लिनिकल नेचेराेप्याथी’मा एमडी गर्न भारत गइन्। सन् २०१८ मा नेपालकै प्राकृतिक चिकित्सामा एमडी गर्ने पहिलो महिला बनेर निस्किन्।
प्राकृतिक चिकित्सा पूरक वा वैकल्पिक चिकित्सा होइन भन्छिन, उनी। दीपाका अनुसार यो प्रमुख चिकित्सा पद्धति हो। ‘धेरैले यसलाई बुझ्न सकेका छैनन्। दुःख लाग्छ’, उनी भन्छिन्, ‘पछिल्लो समय नसर्ने रोग बढिरहेका वेला प्राकृतिक चिकित्सा अचुक उपचारपद्धति सावित हुन सक्छ।’
प्राकृतिक चिकित्सा सरकारको प्राथमिकतामा पर्न नसकेकोमा दुःख लाग्छ उनलाई। नेपालमा हालसम्म प्राकृतिक चिकित्सासम्बन्धी सरकारी अस्पताल नै छैन। न त चिकित्सकको दरबन्दी नै छ। ‘हामी कराउँदा कराउँदा बल्ल एउटा दरबन्दी खोलेको छ भन्ने सुनिन्छ। तर, भर्ना नै खोलेको छैन’, उनी भन्छिन्, ‘त्यसैले पढ्नेलाई पनि द्विविधा छ। पढाइ पूरा भएपछि कहाँ जागिर खाने भन्ने। कि आफैँले अस्पताल वा क्लिनिक खोल्नु पर्यो कि प्राइभेट अस्पतालमा जागिर खानुपर्यो।’
दीपाका अनुसार प्राकृतिक चिकित्सा भनेको रोग लागेपछि मात्र गर्ने होइन। रोगै लाग्न नदिनलाई गर्ने उपचार पद्धति हो। ‘बाहिरतिर ‘शरीर सर्भिसिङ’ गर्न आउँछन्। १५\२० दिन बसेर प्राकृतिक उपचार गरेर र शरीरको ‘सर्भिसिङ’ गराएर जान्छन’, उनी भन्छिन्, ‘तर हामीकहाँ थला परेपछि र अन्त उपचार गराएर थाकेर एकपटक जाऊँ न त भनेर आउने धेरै छन्।’
प्राकृतिक चिकित्साबारे अझै धेरैलाई थाहा नभएको डा. दीपाको बुझाइ छ। विद्यालयस्तरको पाठ्यक्रममै प्राकृतिक चिकित्सा राखेर सानै उमेरदेखि मानिसलाई यसबारे बुझाउन आवश्यक ठान्छिन्, उनी।
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो