Health TV Online
Health TV Online

‘बिरामीहरू परिवारकै सदस्यजस्तो लाग्छ’

‘बिरामीहरू परिवारकै सदस्यजस्तो लाग्छ’

आशा भण्डारी राउत १८ वर्षदेखि कालिमाटीस्थित स्पार्क हेल्थ होममा इलेक्ट्रोथेरापी विभागमा थेरापिष्ट छिन्। उनले थेरापीसम्बन्धी विशेष तालिम लिएर काम गर्न थालेकी हुन्। उनै आशाका पेशागत भोगाइका कुरा उनकै शब्दमा–

मलाई दिन दुःखीहरूको सेवा गर्न असाध्यै मन लाग्छ। सानोमा कोही रोएको देखे भने म पनि सँगै रुन थाल्थेँ। घर कालिमाटीमै भएकाले पनि स्पार्कमा आएका बिरामीलाई यताउता हिँडाउने डुलाउने गरेको देख्थेँ। त्यसबेला अहिलेजस्तो फराकिलो थिएन स्पार्क। त्यो देखेर मैले पनि यिनीहरूलाई के भएको होला, सहयोग गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्याे।

यसैको प्रभावले होला पछि मैले यही विषय पढ्ने र तालिम लिने निर्णय गरेँ। पढाइ सकिएपछि यहाँ आएँ। यहाँ आएपछि थेरापीसम्बन्धी विशेष तालिम लिएँ र काम शुरु गरेँ। अस्तिजस्तो लाग्छ काम शुरु गरेको, १८ वर्ष भइसकेछ। यहीँ काम गर्दा विवाह भयो, बच्चा भयो। थेरापी गर्दागर्दै उमेरको आधा समय त बिताइसकेँ।

हाम्रो काम अन्य अस्पतालमा जस्तो बिरामीलाई सुई दिने, औषधि दिने होइन। यहाँ प्यारालाइसिस, हाडजोर्नीमा समस्या भएका र नसा च्यापिएका बिरामी बढी आउँछन्। उनीहरूलाई विभिन्न मसाज र इलेक्ट्रोथेरापीमार्फत प्राकृतिक रूपमा दुखाइ निको पार्ने काम हो हाम्रो।

यहाँ हाम्रो काम अन्य अस्पतालमा जस्तो बिरामीलाई सुई दिने, औषधि दिने होइन। यहाँ प्यारालाइसिस, हाडजोर्नीमा समस्या भएका र नसा च्यापिएका बिरामी बढी आउँछन्। उनीहरूलाई विभिन्न मसाज र इलेक्ट्रोथेरापीमार्फत प्राकृतिक रूपमा दुखाइ निको पार्ने काम हो हाम्रो।

मैले काम शुरु गर्दा थोरै बिरामी थिए। ती पनि धेरै नै गाह्रो भए मात्रै आउँथे। तर अहिले मानिसहरू सचेत भएका छन्। केही समस्या देखिनेवित्तिकै अस्पताल आउँछन्। सँगसँगै समस्या पनि बढेको छ। अचेल विशेषगरी अफिसमा बसेर काम गर्नेहरूलाई गर्धन र कम्मर दुख्ने समस्या देखिन्छ। शायद बस्न (पोस्चर) नमिलेर होला। स्पार्कमा प्रत्येक दिन घुइँचाे बढ्दो छ। कामको भ्याइनभ्याइ हुन्छ हामीलाई।

हाडजोर्नीको दुखाइ लिएर आउनेहरूलाई हामीले चिकित्सकको सल्लाहबमोजिम कस्तो खालको थेरापी चाहिन्छ, दिन्छौँ। कतिपय बिरामीलाई बस्दा दुखाइ हुन्छ। कतिपय बिरामीलाई उठ्दा दुखाइ हुन्छ। थेरापीका क्रममा हामीले त्यो पनि बुझ्नुपर्छ। बिरामीको समस्या बुझेर त्यहीअनुसार प्लान गर्छौँ।

यही सन्दर्भमा कतिपटक बिरामीबाट गालाी पनि खाइन्छ। हामी सुत्नुस् भन्छौँ। बिरामीलाई सुत्न गाह्रो भइरहेको हुन्छ। त्यस्तो वेला हामीले उनीहरूलाई जस्तो ‘पोजिसन’मा सजिलो हुन्छ, त्यहीअनुसार उपचार गर्नुपर्छ। मसाज शुरु गर्दा मेरो पहिलो प्राथमिकता नै बिरामीलाई कसरी छिटो निको पार्ने भन्ने हुन्छ।

सामान्य सड्केको मात्र हो भने तीन चार दिन मसाज थेरापी गर्दा ठिक भइहाल्छ। तर नसा नै च्यापिएको भए चाहिँ धेरै समय लाग्न सक्छ। कतिपय बिरामीले तुरुन्तै सञ्चो होस् भन्ने सोचेर आउँछन्। जब त्यस्तो हुँदैन अनि हामीसँग कराउँछन्। यस्तो त अब मलाई बानी परिसकेको छ र बिस्तारै सम्झाउने गर्छु, ‘समय लाग्छ ठिक हुन्छ’ भनेर।

बिरामीसँग बोलिरहने मेरो बानी छ। त्यसैले पनि मसाज गर्ने मात्र नभई ‘यसरी बस्नुस्’, ‘यसो गर्दा सजिलो हुन्छ’ भनेर पनि भन्ने गरेकी छु। कतिपय बिरामीलाई त महिनौँ लाग्छ निको पार्न। एकै बिरामी भेट भइरहँदा एउटै परिवार जस्तो हुने रहेछ। निको भएर जाँदा खुशी त हुन्छु नै, छुट्टिनु परेकोमा दु:ख पनि लाग्छ।

हामीकहाँ कतिपय यस्ता बिरामी शल्यक्रियापछि पनि दुखाइ कम नभएर यहीँ आउँछन्। यसको मतलब शल्यक्रिया गर्नै पर्दैन भन्ने होइन। मलाई बिरामीको सेवा गर्न पाउँदा आनन्द आउँछ। शायद त्यसैले पनि अस्पतालमा पसेपछि समय गएको पत्तै हुँदैन। यहाँभित्र छिरेपछि मनै प्रफुल्लित हुन्छ।

मैलै यहीँबाट काम शुरु गरेँ। अहिलेसम्म हजारौँ बिरामीको सेवा गरिसकेँ होला। सकुञ्जेल बिरामीको सेवा गर्ने मन छ। मैले १०\१२ वर्ष अघि सेवा दिएका बिरामी पनि कहिलकाहीँ भेट्छु यहाँ। कतिपय बिरामी आफू ठिक भएर गएपछि पनि हामीलाई भेट्न यहाँ आइरहन्छन्। आफूले सेवा दिएर निको भएका बिरामी देख्दा असाध्यै खुशी लाग्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चिकित्सक संघको निर्वाचन: आजदेखि ५ दिन मतदान

चिकित्सक संघको निर्वाचन: आजदेखि ५ दिन मतदान

काठमाडौं: नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि शुक्रवारदेखि काठमाडौं उपत्यका भित्र मतदान हुँदैछ।  मतदान संघको केन्द्रिय कार्यालय बागबजारमा बिहान ११ बजेदेखि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।

उपत्यकाबाहिर भने यस अघि ४ र ५ गते मतदान भइसकेको छ। उपत्यकाभित्र शुक्रवार शुरु भएको मतदान ५ दिनसम्म चल्नेछ । यसपटक संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना प्रतिस्पर्धामा छन्।

संघको नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक समुहबाट डा लोचन कार्कीले नेतृत्व गरेका छन भने समावेशी पेशागत समूहबाट डा. पुष्पमणि खरालले नेतृत्व गर्दै प्रतिस्पर्धामा छन्।

मतदानका लागि संघका मुख्य निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले उपत्यका भित्रका सबै मतदातालाई समयै आएर मतदान गर्न आग्रह गरेका छन्। काठमाडौं उपत्यकामा लगभग ७ हजार मतदाता छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्वव्यापी बन्दै कोरोना भाइरस, कुन देशमा कति संक्रमित?

विश्वव्यापी बन्दै कोरोना भाइरस, कुन देशमा कति संक्रमित?

चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ। चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति संक्रमित भएको पुष्टि भइसकेको छ। यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सबैभन्दा पहिले देखिएको थियो।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म सात हजार ७११ जनामा देखिएको पुष्टि भएको छ।

चीनबाहेक यी देशमा पनि स‌ंक्रमण फैलिएको छ–

अष्ट्रेलिया

अष्ट्रेलियामा यस रोगका सात जना बिरामी भेटिएका छन्। तीमध्ये सात जना चीनको वुहानबाट गएका हुन्।  सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा प्रभावितहरूकोउपचार भइरहेको छ। सबैभन्दा पछाडि भेटिएका ४४ वर्षीय बिरामी वुहानबाटै पुगेका हुन्। उनको अवस्था स्थिर रहेको जनाइएको छ ।

कम्बोडिया

कम्बोडियोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आफ्नो देशमा कोरोना भाइरस संक्रमित बिरामी सवैभन्दा पहिला गत सोमबार भेटिएका हुन्। उनी वुहानबाट आएका ६० वर्षीय पुरुष हुन्।

हङकङ

यहाँ अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। तीमध्ये छ जना चिनियाँ सहर वुहानबाट हङकङ गएका थिए ।

भारत

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो बिरामी बिहीबार भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन्। ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ।  अधिकारीहरूका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ।

जापान

जापानका स्वास्थ्य अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका बिरामी दर्ता भएका छन्। तीमध्ये दुई जनाबाट मानिसमा सरेर बिरामी भएका हुन्। वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि बिरामी भएका छन्।

मकाउ

मकाउ चिनियाँ पर्यटकहरूका लागि लोकप्रिय मानिन्छ। यहाँ मंगलबारसम्म सात जनामा कोरोना भइरसको संक्रमण भएको पुष्टि गरिएको छ।

मलेसिया

मलेसियामा बिहीबार थप एक जना गरी अहिलेसम्ममा  आठ जनामा यस भाइरसको संक्रमण देखिएको छ। उनीहरू सबै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

नेपाल

नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ।

फिलिपिन्स

फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो बिरामी भेटिएका छन्। ३८ वर्षीया ती महिला वुहानबाट गएकी हुन्। उनमा ठूलो समस्या भने नरहेको पाइएको छ। उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन्। उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो।

सिंगापुर

चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका बिरामी रहेका छन्। उनीहरु सबै जना वुहानबाटै आएका व्यक्ति हुन् ।

दक्षिण कोरिया

यहाँका सञ्चार माध्यमहरुले जनाएअनुसार देशभर अहिलेसम्म चार जनामा संक्रमण भएको छ। तीमध्ये तीन जना पुरुष र एक जना महिला छन् भने उनीहरू सबैजना वुहानबाट गएका हुन्।

श्रीलङ्का

यहाँ गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन्। उनी चीनको हुबेई प्रान्तबाट श्रीलङ्का आएको अधिकारीहरुले जनाएका छन्।

ताइवान

ताइवानमा आठ जनामा यो रोग देखिएको छ। तीमध्ये दुई जना चिनियाँ महिला छन्। एउटा पर्यटकहरूको टोलीका साथ उनीहरु ताइवान आएका थिए।

थाइल्याण्ड

थाइल्याण्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको स‌ंक्रमण भएको घोषणा गरेको छ। यो संख्या चीनबाहेक अन्य देशमा भेटिएका सङ्क्रमित हरु मध्ये सबैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरूका अनुसार तीमध्ये ६ जना चिनियाँ पर्यटक हुन्। उनीहरू वुहानबाटै गएका एउटै परिवारका व्यक्ति रहेका छन्। उनीहरू छ वर्षदेखि ७० वर्षसम्मका रहेको अधिकारीहरूले जनाएका छन्।

भियतनाम 

भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ। स‌ंक्रमितमध्ये एक जना पुरुष चीनको हो चि मिन्ह सहर हुँदै यही महिनाको शुरुमा वुहानबाट आएका व्यक्ति हुन्। उनीबाटै उनका छोरामा त्यो भाइरस सरेको हुनसक्ने सम्भावना रहेको बताइएको छ।

क्यानडा 

क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ। अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ।

अमेरिका 

स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको स‌ंक्रमण पुष्टि भएको छ। उनीहरू सबैजना हालै वुहानबाट गएका हुन्। उनीहरूमध्ये दुई जना क्यालिफोर्निया भेटिएका हुन् भने अरु एक\एक जना अरिजोना, सिकागो र वासिङ्टन राज्यमा देखिएका हुन्।

फिनल्याण्ड

चीनको वुहानबाट गका एक जना पर्यटकमा बुधबार कोरोना भाइरसको स‌ंक्रमण देखिएको फिनल्याण्डका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। ती व्यक्तिलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गरिँदैछ।

फ्रान्स 

फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण देखिएको छ। युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको स‌ंक्रमण पुष्टि भएको हो । सबैभन्दा पछाडि एक जना चिनियाँ पर्यटकको छोरीमा पनि यो देखिएको छ। उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।

जर्मनी 

जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ। यो मानिसबाट मानिसमा सरेको पाइएको छ। चिनियाँ साथीहरूले आयोजना गरेको एउटा तालिममा सहभागी भएका एक जना ३३ वर्षीय व्यक्तिबाट अरूलाई सरेको चिकित्सकहरूको भनाइ छ। बिरामी भएका चारै जनालाई म्यूनिक अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ।

यूएई

चीनको वुहानबाट केही दिनअघि आएका चार जना चिनियाँलाई कोरोना भाइरसको स‌ंक्रमण भएको यूएईका स्वास्थ्य अधिकारीहरूले बुधबार पुष्टि गरेका छन्।

रासस

थप समाचार

सरकार भन्छ, चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन

सरकार भन्छ, चीनमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था छैन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था नभएको जानकारी दिएको छ।

बिहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रालयले चीनमा रहेका नेपालीहरूलाई अहिले नै फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएको हो। मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अध्ययनका क्रममा वा कामको सिलसिलामा चीनमा रहेका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताए। ‘अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘तर उनीहरूलाई फिर्ता गर्न तयारी भने गरिरहेका छौँ।’

फिर्ता बोलाएपछि उनीहरूलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गरिरहेको उनले बताए। आफ्ना नागरिक फिर्ता बोलाएपछि अमेरिका लगायत देशले विभिन्न टापुमा लगेर १५ दिन राखेको दाबी उनले गरे।

शुक्रराज ट्रपिकल अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जाडो महिनामा हुने संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिन आग्रह गरे। मन्त्रालयका वरिष्ठ जनस्वास्थ प्रशासक सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए। चीनतर्फको नाकाबाट संक्रमण भित्रिन नदिन रसुवा र तातोपानी भन्सार नाकामा सतर्कता अपनाइएको पनि उनको भनाइ छ।

‘शुक्रवार आवश्यक सामग्रीसहित स्वास्थ्य सेवा विभागका दुई टोली, प्रयोगशालाका प्रतिनिधि र विश्व स्वास्थ संगठनका प्रतिनिधि त्यसतर्फ जाँदैछन्’,  उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख अमेरिकी डलर अनुदान

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख अमेरिकी डलर अनुदान

अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि एक करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।

यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गर्ने फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका संस्थापक ज्याक माले खोप निर्माण गरी ठूलो संख्यामा वितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए। उनले आफ्नो फाउन्डेसनले भाइरसविरुद्ध लड्ने किसिमका खोप निर्माण र वितरणमा थप लगानी बढाउने पनि दाबी गरे।

अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनियाँ युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ।

थप समाचार

साउना बाथमा निसास्सिएर दम्पतीको मृत्यु

साउना बाथमा निसास्सिएर दम्पतीको मृत्यु

ललितपुर : विशालचोकस्थित फिट एण्ड फाइन जिम हलको साउना बाथमा निसास्सिएर दम्पतीको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–१४ का नेत्र पुन र आस्था थापाको मृत्यु भएको रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

बुधबार साँझ जिम सेन्टरमा व्यायाम गरेपछि उनीहरु साउना बाथमा पसेका थिए। लामो समयसम्म बाहिर ननिस्केपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि  पाटन अस्पताल पुर्याउँदा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

वैज्ञानिकहरूले पत्ता लगाए फोक्सोको यस्तो चामत्कारिक गुण

वैज्ञानिकहरूले पत्ता लगाए फोक्सोको यस्तो चामत्कारिक गुण

फोक्सोमा धूमपानका कारण पुगेको क्षति आफैँ निको पार्ने चमत्कारी क्षमता हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

तर फोक्सोको चमत्कारी काम धूमपान त्यागेपछि मात्रै सम्भव हुने उनीहरूले बताएका छन्।

यसअघि फोक्सोमा क्यान्सर गराउने क्षति स्थायी प्रकृतिको हुने सोचिएको थियो।

तर नयाँ अध्ययनले क्षति नपुगेको कोषहरूले क्षतिग्रस्त कोषहरूलाई निको पार्न सहयोग गर्ने पाइएको छ।

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार फोक्सोसँग आनुवंशिक क्षति निको पार्ने जादुमयी क्षमता हुन्छन् जुन धूमपान त्यागेमा सम्भव हुन्छ।

क्षति नभएका फोक्सोका थोरै कोषहरूले फोक्सोका क्षतिग्रस्त कोषहरूलाई निको हुन सघाउने त्यो अध्ययनबाट थाहा भएको छ।

चालिस वर्षसम्म दैनिक २० खिल्ली चुरोट पिउने बिरामीहरूमा समेत यस्तो सकारात्मक प्रभाव देखिएको छ।

फोक्सोको क्यान्सरको जोखिम

अनुसन्धानकर्ताहरूले धुम्रपान त्याग्दैमा फोक्सोको क्यान्सरसँग सम्बन्धित सबै खतरा भने नटर्ने बताएका छन्।

स्याङ्गर इन्स्टिच्यूटका विज्ञ चिकित्सक पिटर क्याम्पबेलले बीबीसीसँग भने,‘हामीले यस्तो नतिजा आउँछ भनेर विश्वासै गरेका थिएनौँ।’

सुर्तीमा भएका हजारौँ रसायनले हाम्रो फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन्। फलस्वरूप ती स्वस्थ कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन्।

अनुसन्धानकर्ताहरूले फोक्सोका कति प्रतिशत कोष पुरानै रूपमा फर्किन सक्छन् भनेर आँकलन गर्न बाँकी नै छ।

ब्रिटेनमा हरेक वर्ष ४७ हजार मानिसमा फोक्सोको क्यान्सर हुने गरेको छ। तीमध्ये झन्डै तीन चौथाइ धूमपानका कारण हुने गरेका छन्।

बीबीसी नेपालीबाट

थप समाचार

कोरोना भाइरस संक्रमण : १७० जनाको मृत्यु, सात हजार संक्रमित

कोरोना भाइरस संक्रमण : १७० जनाको मृत्यु, सात हजार संक्रमित

कोरोना भाइरस संक्रमणका चीनमा हालसम्म १७० जनाको ज्यान गएको छ।

संक्रमितको संख्या करिब ७ हजार पुगेको छ। संक्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना भाइरसको संक्रमणपछि चीनले वुहानमा ४८ घण्टामै एक हजार शय्याको अस्पताल तयार पारेर उपचार शुरु गरेको छ। चीनले कोरोनाविरुद्ध चालेका कदमहरूको विश्व स्वास्थ्य संगठन डब्लूएचओले प्रशंसा गरेको छ।

चीनबाहिर १६ देशमा यसको संक्रमण पाइए पनि हालसम्म कसैको मृत्यु भएको छैन।

थप समाचार

कोरोना भाइरसबारे विश्व नै सावधान हुनुपर्छ : डब्लुएचओ

कोरोना भाइरसबारे विश्व नै सावधान हुनुपर्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ।

संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।

डा. माइक र्‍यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे। ‘चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्’, उनले भने। संगठनले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

संगठनले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बिहीवार बैठक डाकेको छ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, ‘संक्रमणका लगातार बढ्दा घटना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चिन्ताजनक छन्। हालसम्म चीन बाहिर संक्रमितको संख्या थोरै नै छ। तर त्यो बढ्ने सम्भावना छ।’

हालसम्म ७० जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ७ हजार पुगेको छ। संक्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन्। चीनबाहिर १६ देशमा यसको संक्रमण पाइएको छ।

डब्लुएचओका डा. माइक र्‍यानका अनुसार संक्रमण महत्त्वपूर्ण चरणमा पुगेको छ। यो भाइरस संक्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।

र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली जम्मा पारिँदै गरेको र सो टोलीले उक्त रोग कसरी सर्छ भन्नेबारे थप जानकारी बटुल्ने बताए।

‘हामी यो संक्रमणको एक महत्त्वपूर्ण चरणमा छौँ। यसको फैलावट अझै पनि रोक्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ’, उनले भने।

यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोना भाइरसको विकास गरेका छन् जसले यसको सुरुवाती रोग जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ।

यसै साता संगठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए। उनले त्यहाँ संक्रमित अधिकांश मानिसमा सामान्य लक्षणमात्र देखा परेको तर २० प्रतिशतमा भने त्यसले न्युमोनिया तथा श्वासप्रश्वासको गम्भीर समस्या उब्जाएको देखिएको बताएका छन्।

उनले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताए। विगतका संक्रमणबाट पाठ सिकेर विश्वले काम गर्नुपर्ने उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

असफल हात्तीपाइलेविरुद्धकाे अभियान : १० वर्षमा घट्यो १० प्रतिशत

असफल हात्तीपाइलेविरुद्धकाे अभियान : १० वर्षमा घट्यो १० प्रतिशत

नेपालगञ्ज : ठूलो संख्याका सर्वसाधारणले औषधि सेवन नगर्दा बाँकेमा हात्तीपाइलेविरुद्धको अभियान नै ‘असफल’ भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा २०६७ देखि हात्तीपाइले रोगविरुद्ध औषधि सञ्चालन गर्दै आएको कार्यक्रम प्रभावकारी नभएको हो।

जिल्लामा १० वर्ष अभियान सञ्चालन गर्दा जिल्लामा १० प्रतिशत मात्र बिरामी घटेका छन्। पहिलो चरणको अभियान सञ्चालनमा जिल्लामा २१ प्रतिशत रोगी थिए। अहिले १० प्रतिशत रहेको तथ्यांक छ। गत वर्ष नेपालगञ्ज उपमहानगरपालिका–३ मा ६ प्रतिशतले मात्रै हात्तीपाइलेविरुद्धको औषधि खाएका थिए।

यही माघ २५, २६ र २७ गते बाँकेमा दशौँ पटक औषधि सेवन गराइँदैछ। यसपालि हरेकलाई औषधि खुवाउने रणनीतिअनुसार उपमहानगरपालिकाले योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरेर ‘कसरी औषधिको कभरेज बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ ।

उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले औषधि सेवनको ‘कभरेज’ बढाउनेलाई पुरस्कृत र कम खुवाउनेलाई दण्डित गर्ने बताए। ‘जसले ८५ प्रतिशतभन्दा बढी खुवाउँछ, उसलाई पुरस्कार दिन्छु’, उनले भने, ‘त्यसको वडामा बजेट थपिदिन्छु। जुन वडाले ६५ प्रतिशत औषधि खुवाउन सक्दैन, त्यसलाई कारवाही गर्छु।’

उपमहानगरपालिकामा गत वर्ष ४० प्रतिशतले औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयका हात्तीपाइले रोगविरुद्धको सम्पर्क अधिकृत दुर्गा गौतमले जानकारी दिए। गत वर्ष जिल्लाको ‘कभरेज’ ५४.९८ प्रतिशत थियो। पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधि सेवन गरेका थिए ।

पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधि खान कम गरिदिएका थिए। दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो। त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधि खाएका थिए।

सरकारले सन् २०२० सम्ममा सो रोग निवारण गर्ने लक्ष्य लिए पनि सो रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम हुँदै गएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

तातोपानी नाकामा ‘हेल्थ डेस्क’

तातोपानी नाकामा ‘हेल्थ डेस्क’

सिन्धुपाल्चोक : चीनमा फैलिएको नोवल कोरोना भाइरस संक्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ।

भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए।

डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्षण देखिए बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए।

तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिए।

अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ।

एकदिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ। त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे फर्किनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

हामीलाई वुहानबाट ‘रेस्क्यु’ गरियोस्

हामीलाई वुहानबाट ‘रेस्क्यु’ गरियोस्

मेरो नाम गौरव पोखरेल हो। म यतिबेला चीनको वुहान शहरस्थित थोङची मेडिकल कलेजमा सर्जरीमा पीएचडी गरिरहेको छु। केही सातायता कोरोना भाइरसका कारण चीनमा सबै जना त्रासमा छन्। यसबाट म पनि अछूतो छैन। कोरोनाको त्रासकै कारण हाल म अध्ययनरत लगायत यहाँका सबै विश्व विद्यालय एवं शैक्षिक संस्था, बजार पूर्णरूपमा बन्द छन्। हामीलाई बाहिर जान दिइएको पनि छैन। कोरोनाले धमाधम मानिस मर्न थालेपछि सबै नेपाली विद्यार्थीहरूमा पनि त्रास फेलिरहेको छ। यसले गर्दा कतिमा त मनोवैज्ञानिक असर देखिन थालेको छ।

हामी अध्ययनरत कलेजले स्पष्टरूपमा ‘आ–आफनो दूतावासमार्फत घर जान सक्छौ’ भनेर भनिसकेको छ। अन्य देशका साथीहरूलाई उनीहरूको दूतावासमार्फत लिएर जाने क्रम बढ्दो छ। हामीलाई पनि यहाँबाट ‘रेस्क्यु’ गर्न जरुरी छ । हामी यो त्रासमा बस्न सक्दैनौँ। यस्तो अवस्थामा हामी नेपाली विद्यार्थीको विषयमा नेपाल सरकारले छिटो निर्णय गरोस् र यहाँबाट लिएर जाओस् भन्ने हाम्रो चाहना हो।

वुहानमा लगभग सय जना जति नेपाली छौँ। वुहानबाट बाहिर जाने र आउने सबै ‘फ्लाइट’ बन्द छन्। कसैलाई पनि आवतजावत गर्न दिइएको छैन। खानेकुरा सीमित छ। हामी एककिसिमले नजरबन्दको अवस्थामा छौँ। कतिपय साथी राति राम्ररी निदाउन पनि सकिरहेका छैनन्। न पढाइ छ, न त बाहिर निस्कने वातावरण। अर्काेतिर रोग लागिहाल्छ कि भन्ने डर।सबैको मनमा एउटै प्रश्न उठेको छ, यस्तो त्रासमा हामी कति दिनसम्म कोठाभित्र बस्ने?

हामी अध्ययनरत कलेजले स्पष्टरूपमा ‘आ–आफनो दूतावासमार्फत घर जान सक्छौ’ भनेर भनिसकेको छ। अन्य देशका साथीहरूलाई उनीहरूको दूतावासमार्फत लिएर जाने क्रम बढ्दो छ। हामीलाई पनि यहाँबाट ‘रेस्क्यु’ गर्न जरुरी छ । हामी यो त्रासमा बस्न सक्दैनौँ। यस्तो अवस्थामा हामी नेपाली विद्यार्थीको विषयमा नेपाल सरकारले छिटो निर्णय गरोस् र यहाँबाट लिएर जाओस् भन्ने हाम्रो चाहना हो। तर हामीलाई नेपालले लिएर जाने कुरा नै सुनिएको छैन।

विदेशमा आफ्ना नागरिक संकटमा परेका वेला उनीहरूलाई जोगाउने जिम्मा देशको हो। हामीलाई यो अवस्थाबाट मुक्ति दिलाउन सरकारले पहल गर्नैपर्छ। विलम्ब नगरियोस्।

  • डा. गौरव पोखरेल

    डा. पोखरेल हाल चीनको वुहानमा सर्जरीमा पीएचडी गरिरहेका विद्यार्थी हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

खाेप अभियानले जाेगाउनेछ पाँच वर्षमुनिका २३ हजार बालबालिकाकाे ज्यान

खाेप अभियानले जाेगाउनेछ पाँच वर्षमुनिका २३ हजार बालबालिकाकाे ज्यान

काठमाडौं : आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगविरुद्ध लड्ने अभियान तीव्र पार्दा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले देखाएको छ।

स्पेनको बार्सिलोनामा बुधबार शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च (ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया) मा यस्ताे प्रतिवेदन सार्वजनिक गरिएको हो। विश्वमा पहिलोपटक मञ्चको बैठक भएको जनाइएको छ।

जनस्वास्थ्यका विविध क्षेत्रको अध्ययन अनुसन्धानमा विश्व प्रसिद्ध अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयद्वारा गरिएकोअध्ययन प्रतिवेदनले नेपालमा निमोनियाको उपचार र रोकथाम सेवाको विस्तारले मात्र पनि पाँच वर्षमुनिका करिब नौ हजार बालबालिकालाई मृत्युबाट जोगाउन सकिने देखाएको हो। यस्ता सेवाको विस्तारले सिर्जना गर्ने ‘लहर प्रभाव’ ले थप १४ हजारभन्दा धेरै बालबालिकाको अन्य रोगबाट हुने मृत्युलाई रोक्न सकिने देखाइएको छ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनियालाई लिइन्छ। गत वर्ष मात्र संसारभर आठ लाख बालबालिकाको मृत्युको मुख्य कारक निमोनिया बनेको थियो।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले हरेक ३९ सेकेण्डमा एक बालबालिकाले निमोनियाका कारण मृत्युवरण गर्ने जनाएको छ। नेपालका पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हो। पाँच वर्षमुनिका गत वर्ष मृत्यु भएका करिब १८ हजार बालबालिकामध्ये १३ प्रतिशतको मृत्यु निमोनियाका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केही किसिमका निमोनिया खोपले र कम खर्चका एन्टिबायोटिक्सले उपचार गर्न सकिने भए पनि प्रतिवेदनले नेपालका पाँचमध्ये एक शिशुले निमोनियाबाट जोगाउने खोप लगाउन नपाएका र निमोनियाका लक्षण देखिएका धेरै बालबालिकाले उचित उपचारसमेत नपाएकोे औँल्याएको छ।

माघ १७ गतेसम्म जारी रहने सो मञ्चको आयोजना आइएस ग्लोबल, सेभ द चिल्ड्रेन, युनिसेफ, एभ्रीब्रिद काउन्ट्स, लाकाइसा फाउन्डेसन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन, युएसएड, युनाइटेड र गाभीजस्ता बालबालिकाका क्षेत्रमा काम गर्ने नौ सस्थाले संयुक्तरूपमा गरेका हुन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आमाकाे दूध शिशुका लागि अमृतसमान

आमाकाे दूध शिशुका लागि अमृतसमान

नवजात शिशुको खाना भनेको नै आमाको दूध हो। शिशु जन्मेको कम्तीमा एक घण्टाभित्र स्तनपान गराउनुपर्छ। जन्मेदेखि ६ महिनासम्म उसलाई आमाको दूधबाहेक अरु खानेकुरा आवश्यक पर्दैन। पानी खुवाउनु पर्दैन। खाना र पानी दुवैको काम आमाको दूधले गर्छ। ६ महिनापछि मात्र विस्तारै अन्य खानेकुरा खुवाउन सकिन्छ।

अचेल कामकाजी धेरै महिलाले आफ्नो बच्चालाई पर्याप्त स्तनपान नगराउने गरेको पाइन्छ। सौन्दर्य बिग्रिनेलगायत विभिन्न भ्रमले स्तनपान नगराउने महिलाको संख्या पनि बढेको छ। आमा घरमा नहुँदा बच्चालाई गाईको दूध वा ल्याक्टोजेनजस्ता दूध खुवाउने चलन छ,  धेरै महिलामा पहिलो सन्तान हुँदा स्तनपान कसरी गराउने भन्ने ज्ञान हुँदैन। त्यसैले उनीहरुले सही तरीकाले स्तनपान गराउँदैनन्। यी कारणले बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्छ।

बच्चालाई स्तनपान गराउँदा कुन आमा कस्तो आसनमा बसेकी छिन् भन्ने कुराले पनि अर्थ राख्छ। बच्चाको टाउको र शरीर एउटै लाइनमा भई बच्चालाई आमातर्फ फर्काई  शरीरमा टाँसेको हुनुपर्छ। बच्चालाई दूध खुवाउँदा सर्वप्रथम शिशुको मुखमा ध्यान दिनु आवश्यक छ। बच्चाको मुख राम्रोसँग खोलिदिनुपर्छ। बच्चाको तल्लो ओठ बाहिर फर्केको र चिउँडोले आमाको स्तनको भाग छोएको हुनुपर्छ। स्तनपान गर्दा मुण्टो (निपल) पूरा बच्चाको मुख भित्र पसेको हुनुपर्छ। र यसलाई आमा र शिशुबीचको राम्रो सम्पर्क भनिन्छ। आमा र बच्चाबीच सम्पर्क राम्रो हुन आसन पनि सही हुनुपर्छ।

स्तनपानले बच्चाको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ। बच्चाले आमाको दूधमार्फत कार्बोहाइड्रेट, प्रोटिन र भिटामिन सही तरिकाले पाउँछ। स्तनपानले शिशुको स्वास्थ्य मात्र राम्रो गर्ने नभई सौन्दर्यसमेत वृद्धि गराउँछ। स्तनपान गरेको बच्चाको मानसिक विकास पनि चाँडो हुन्छ। आमाको स्तनपान नगराई बोतलमार्फत खुवाइने अन्य दूध वा खाद्य पदार्थको प्रयोगले बच्चाको राम्रो विकास हुन सक्दैन।

आमाकाे दूध खान नपाउँदा झाडापखालालगायत समस्याले बच्चा मृत्युको मुखमा पनि पुग्न सक्छ स्तनपान गराइएका बच्चामा श्वासप्रश्वाससम्बन्धी रोग र एलर्जी हुने र अन्य किटाणुहरूको संक्रमण हुने सम्भावना कम हुन्छ। त्यसैले बच्चाका लागि आमाको दूध अमृतसमान भनिएकाे हो।

कुराकानीमा आधारित 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

नेपाल-भारत सीमा नाकामा कोरोना भाइरस संक्रमणको निगरानी

नेपाल-भारत सीमा नाकामा कोरोना भाइरस संक्रमणको निगरानी

नेपालको पूर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोना भाइरस संक्रमणको निगरानी तथा परामर्श शुरु भएको छ।

आइतवारदेखि भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका लागि छानबिन शुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको हो।

कोरोना भाइरसको लक्षण पाइए त्यस्ता व्यक्तिलाई थप परीक्षणका लागि नजिकैको अस्पतालको लग्ने व्यवस्था गरिएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चारवटा ुस्क्रिनिङ क्याम्पु खडा गरेको दार्जिलिङका स्वास्थ्य सेवा प्रमुख डा। प्रणय आचार्यले बीबीसीलाई बताए।

नेपालतर्फ भने पूर्वी नाका काँकरभिट्टामा दुई जना प्रयोगशाला प्राविधिकको व्यवस्था गरी एउटा परामर्श शिविर राखिएको छ।

सामान्य परामर्शको व्यवस्था

म‌ंगलवार नेपालका सीमामा भारतबाट आउने व्यक्तिहरुका लागि सामान्य परामर्श शिविर राखिएको हो।

भारतबाट आउने व्यक्ति स्वयम् परामर्श कक्षमा कमै आउने गरेको प्राविधिक पासाङ शेर्पाले बताइन्।

उनले भनिन्, ‘आज बिहान एकजना ज्वरो आएको मान्छे आउनुभएको थियो। उहाँलाई स्वास्थ्य चौकी पठाइएको छ।’

जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईँका अनुसार कोरोना भाइरस परामर्श शिविरमा जनशक्ति तथा उपकरणहरू थप्ने योजना छ।

शङ्कास्पद व्यक्तिका लागि काँकरभिट्टा स्वास्थ्य चौकीमा एउटा कोठाको व्यवस्था गरिएको उनले बताए।

बीबीसी नेपालीबाट

थप समाचार

अत्यधिक चिसोले आठ जनाको मृत्यु

अत्यधिक चिसोले आठ जनाको मृत्यु

हुम्ला : अत्यधिक चिसोका कारण जिल्लामा चिसोका कारण आठ जनाको मृत्यु भएको छ। गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्ममा आठ जनाको ज्यान गएको हो।

दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँच जनाको मृत्यु भएको हो।

अत्यधिक हिमपातका कारण दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण उनीहरूको मृत्यु भएको सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले जानकारी दिए।

करिब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए।

हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रुघा लागेका सबैलाई ‘कोरोना भाइरस’ परीक्षण जरुरी छैन : मन्त्रालय

रुघा लागेका सबैलाई ‘कोरोना भाइरस’ परीक्षण जरुरी छैन : मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा कोरोनाको त्रासमा नबस्न आग्रह गरेको छ।  बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सर्वसाधारण अनावश्यक रूपमा त्रासमा बस्ने गरेको बताएका हुन्।

उनले केही अस्पतालले जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न आग्रह गरे। ‘केही व्यक्ति नमुना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्’, श्रेष्ठले भने, ‘सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको संक्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो।’ सामान्य रुघाखोकीका बिरामीलाई अन्य अस्पतालमा नियमित उपचार गरे हुने उनको भनाइ छ।

कोरोना भाइरस संक्रमण जाँचका लागि चीनतर्फको तातोपानी र रसुवा नाकामा स्वास्थ्य टोली राख्ने तयारी गरेको उनले बताए।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन शुरु भएको र संक्रमण फैलिए रोक्न पूर्वतयारीसमेत भइरहेको बताए। ‘अहिलेसम्म चार जनामा परीक्षण भएको छ’, उनले भने, ‘चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएन।’

राजधानीमा कोरोना संक्रमितको उपचारका लागि पाँचवटा ‘हब’ अस्पताल र ती अस्पतालका मातहतमा १४ वटा ‘स्याटेलाइट’ अस्पतालको तयारी गरेको उनले बताए। जनचेतना अभिवृद्धिका पर्चा पम्प्लेट तयार पारेको दाहालले जानकारी दिए।

मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट

गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

केन्द्रको २४ औँ स्थापना दिवस तथा शहीद सप्ताहको कार्यक्रम पारेर उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेशसभा सदस्य दीपक निरौलाको रोहबरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे।

कामपाले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट छुट्याएको छ। रक्षामन्त्री पोखरेलले स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउन गरिएको कामको सराहना गरे।

कामपाका प्रमुख शाक्यले रोगको उपचारका लागि मात्र नभई रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढ्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधालय चार वर्षदेखि चिकित्सकविहीन

औषधालय चार वर्षदेखि चिकित्सकविहीन

जुम्ला : आयुर्वेद औषधालय चार वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन्।

गत ०७२ मंसिरमा डा. रमेश केसी सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आए पनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन भएको हो।

अहिले वैद्य गोर्खबहादुर रावतकोे भरमा औषधालय चलिरहेको छ। सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने रावतले बताए।

औषधालयमा डाक्टर नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ। ‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ’, उनले भने, ‘अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन।’ आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ।

‘अहिले कर्णाली प्रदेशले आयुर्वेद औषधालयका लागि चिकित्सकसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ’, उनले भने, ‘अब डाक्टर आउने सम्भावना बढेको छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनमा दुई दिनमा बन्यो हजार बेडको अस्पताल, कोरोना भाइरस संक्रमितको उपचार शुरु

चीनमा दुई दिनमा बन्यो हजार बेडको अस्पताल, कोरोना भाइरस संक्रमितको उपचार शुरु

 एजेन्सी : चीनले दुई दिनमा कोरोना भाइरस भएका बिरामी राख्ने अस्पताल तयार गरेको छ। योसँगै कोरोना भाइरस संक्रमण उपचार गर्ने विश्वकै पहिलो अस्पताल तयार भएको छ।

एक हजार शय्याको उक्त अस्पतालमा बुधवारदेखि नै बिरामीको उपचार शुरु गरिएको छ।

खाली रहेको भवनलाई रातारात स्वयंसेवक एवं स्वास्थ्यकर्मी मिलेर एक हजार शय्या भएको अस्पताल तयार पारेका हुन्। यो अस्पताल वुहानबाट ७५ किलोमिटर टाढा पर्छ। कोरोना भाइरसका कारण आफ्ना नागरिकको मृत्यु हुन थालेपछि सरकारले अस्पताल बनाएर ‘आइसोलसन’मा राखेर उपचार गर्न थालेको हो।

कोरोना भाइरसका बिरामीलाई नयाँ अस्पतालमा सारिएको  स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो अस्पतालमा ५०० भन्दा बढी स्वयंसेवक एवं कामदारले दुई दिनसम्म दिनरात काम गरेका थिए। हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणका कारण १३२ जनाको ज्यान गइसकेको छ । यसैगरी ६ हजारभन्दा बढी संक्रमित छन्।

ताजा अपडेट