स्त्रीराेगका लागि प्रभावकारी छ ल्याप्रोस्कोपी सर्जरी : Dr. Rangina Laikangbam
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। चीनको स्वास्थ्य मन्त्रालयले बुधवार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार ६५ जनाको ज्यान गएको छ। उनीहरू सबै वुहान प्रान्तका हुन्।
मन्त्रालयका अनुसार एक दिनमा थप ३ हजार ९७१ जनामा थप भाइरसको संक्रमण भेटिएको छ। ४ सय ३१ जना गम्भीर बिरामी छन्। २६२ जना अस्पातलबाट उपचारपछि घर फर्किसकेका छन्।
अहिलेसम्म २४ हजार ३२४ जना बिरामी छन्। तीमध्ये २३ हजार २ सय ६० जनामा कोरोना भाइरस पुष्टि भएको छ।
चीन बाहिर अहिलेसम्म फिलिपिन्समा एकजना र हङकङमा एकजनाको मृत्यु भएको छ। नेपालसहित २० देशमा यो भाइरसको संक्रमण भेटिएको छ।
एजेन्सीकाे सहयाेगमा
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडाैं : वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचारका क्रममा बुधबार बिहान शर्माको निधन भएको हो।
७२ वर्षीय उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। २४ वर्षअगाडि उनकाे ओपन हार्ट सर्जरी गरिएको थियाे।
पछिल्लोपटक सुगर इन्फेक्सन भएपछि उनलाई ६ दिन शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरी मंगलबार अस्पताल भर्ना गरिएको पारिवारिक स्राेतले जनाएकाे छ।
गोरखापत्रबाट पत्रकारिता शुरु गरेका शर्मा रेडियो नेपालमा समाचारवाचक थिए। उनी नेपाल टेलिभिजनको स्थापनाकालदेखि नै समाचारवाचक र कार्यक्रम सञ्चालक रहेका थिए।शर्मा चर्चित कार्यक्रम ‘विश्व घटना’ का प्रस्तोता थिए। उनी नेपाल टेलिभिजनकाे महाप्रबन्धककाे कार्यभार समेत सम्हालेका थिए।
पशुपति आर्यघाटमा बुधवार नै उनकाे अन्त्येष्टि गरिने जनाइएकाे छ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडौं : मंगलवार सम्पन्न नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना अझै शुरु भएको छैन।
मतगणना कति ठाउँमा गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा मतगणना शुरु हुन नसकेको हो। पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार बिहान ९ बजे मतगणना शुरु हुनुपर्ने थियो। मतगणना शुरु हुन अझ दुई घण्टा लाग्ने प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले जानकारी दिए।
मतगणना पाँच स्थानमा गर्ने कि एकै स्थानबाट गर्ने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएको बताइएको छ। निर्वाचन समितिले संघकै कार्यालयमा पाँच स्थानबाट मतगणना गर्ने प्रस्ताव राखेको थियो। तर उम्मेदवारहरूले एकै ठाउँमा मतगणना हुनुपर्ने र प्रोजेक्टरमार्फत देखाउनुपर्ने अडान राखेको प्रमुख निर्वाचन अधिकृत डा. मरासिनीले बताए। अध्यक्षका प्रत्यासी डा. पुष्पमणी खरालले भने मतगणना प्रोजेक्टरमार्फत देखाउने तयारीका कारण ढिलो भएको बताए।
काठमाडौं उपत्यकामा ५ दिन चलेको मतदानमा ३ हजार ३०१ जनाले मतदान गरेका थिए भने उपत्यकाबाहिर दुई हजार ८५१ मत खसेको थियो।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडाैं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेको बताएकी छिन्।
सञ्चार माध्यमहरूका लागि अन्तर्वाताका रूपमा दूतावासबाट मंगलवार उपलब्ध सामग्रीमा राजदूत होउले कोरोना भाइरसबाट कोही पनि नेपाली संक्रमित नभएको बताएका हुन्।
चीनमा रहेका नेपालीहरूलाई उद्धार गर्ने विषयको केही सूचना आफूले पनि पाएको भन्दै राजदूत होउले चिनियाँ पक्षले आवश्यक अनुरोधलाई प्राथमिकता दिइरहेको बताइन्।
‘यदि नेपालले चीनबाट आफ्ना नागरिकको उद्धार गर्न चाहन्छ भने विमानस्थलमा गरिने जाँच तथा प्रकोपको रोगथाम र नियन्त्रणमा सम्बन्धित निकाय पूर्ण रूपमा तयारा हुनु पर्छ’, उनले भनिन्। प्रकोप रोकथामका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत सल्लाह लिन उनले आग्रह गरिन्।
राजदूत होउले हुबे प्रान्तका अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूका लागि आधारभूत वस्तुहरू उपलब्ध गराइ रहेको भन्दै प्रकोप नियन्त्रणका क्रममा कसैले दैनिक जीवनमा केही बन्देज लगाइनु स्वभाविक र समान्य भएको बताइन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडौं : क्यान्सर जितेका १३ वर्षीय रिम्पो योल्मोको निधन भएको छ। निमोनियाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मंगलवार राति उनको निधन भएको हो।
ब्लड क्यान्सर जितेर विद्यालय जान थालेका उनलाई निमोनियाबाट भने बचाउन नसकेको उनको उपचारमा संलग्न बाल क्यान्सररोग विशेषज्ञ डा. अञ्जली पण्डितले बताइन्।
कास्की पाेखराका योल्मो नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले गत वर्ष आयोजना गरेको क्यान्सर सर्भाइभर र्याम्प शोमा समेत भाग लिएका थिए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडाैं : कोरोना भाइरस संक्रमण फैलिएपछि चीनले नेपालतर्फका अधिकांश सीमा नाका बन्द गरेको छ। नाका बन्द भएपछि उत्तरी क्षेत्रका सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।
रोजगारी र बजारका लागि चीनको स्वशासित क्षेत्र तिब्बतका सीमावर्ती बजारमै निर्भर नेपाली बस्तीमा खाद्यन्न तथा अन्य उपभाेग्य वस्तु अभावको समस्या देखिएको छ। सीमा बन्द हुनुअघि चीन पुगेका नेपालीहरू उतै थुनिएका छन्।
सिन्धुपाल्चोकको कोदारी–तातोपानी नाकाबाट माघको पहिलो सातादेखि नै आयात–निर्यात बन्द छ। चिनियाँ स्वास्थ्यकर्मीहरूले ‘हेल्थ डेस्क’ राखेर सामान्य ज्वरो आएका मानिसहरूलाईसमेत उतै रोकेका छन्। रसुवाको रसुवागढी नाका पनि ठप्प छ। ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका पनि माघ १६ गतेदेखि बन्द छ।
तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। सडक निर्माणका लागि नेपालतर्फ आएका आफ्ना नागरिकलाई फिर्ता बोलाएर चीनले नाका बन्द गरिदिएको हो।
संखुवासभास्थित किमाथांका नाका पनि १७ दिनदेखि बन्द छ। रोजगारीका लागि चाँगा पुगेका १४ मजदुर नाका बन्द भएपछि उतै रोकिएको बताइएकाे छ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको टिप्पणी गरेको छ।
डब्ल्यूएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी गरेका। प्रकोपलाई शुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लूएचओको त्यस्तो प्रशंसा आएको हो।
जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप शुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।
चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसंघीय स्वास्थ्य निकायको यस्तो भनाइ आएको हो।
डब्लूएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि त्यो उसकै शब्दमा महामारीको अवस्थामा नपुगेको जनाएको छ
चीन सरकारले शुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।
जेनेभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लूएचओको सुझावविपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन्।
प्रतिबन्धको समीक्षा आवश्यक
महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्ध नलगाउन विभिन्न देशहरूलाई आग्रह गरे। अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती ‘छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा’ हुनुपर्ने बताए।
अहिलेसम्म यस भाइरसको संक्रमणबाट ४९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभरि २४,००० भन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ।
कोरोना भाइरसको खोप बनाउन अहोरात्र काम
डब्लूएचओले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि त्यो ‘महामारीको अवस्थामा नपुगेको’ जनाएको छ। यो नयाँ भाइरसबारे जनवरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य संकटटकाल घोषणा गरिएको थियो।
पछिल्लो अवस्था
मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङकङ र फिलिपिन्समा समेत एक\एक जनाले ज्यान गुमाएका छन्। अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झन्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन्। ७५ प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए।
बीबीसी
काठमाडौं : नेपालमा प्रत्येक वर्ष २० हजारले क्यान्सर रोगका कारण जीवन गुमाइरहेको एक तथ्यांकले देखाएको छ।
विश्व क्यान्सर दिवसमा क्यान्सर काउन्सिल नेपालद्वारा आयोजित अन्तक्रियामा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले यो तथ्यांक प्रस्तुत गरेका हुन्। डा. पौडेलका अनुसार ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारणले लाग्छ। यसबाट जोगिन सक्रिय जीवन बिताउनुका साथै सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्ने उनको भनाइ छ।
‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम हटाउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘शुरुआती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सके खर्च कम र प्रभावकारिता बढी हुन्छ।’ बिरामीलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
डा. पौडेलले ४० वर्ष नाघेका महिलाले नियमित पाठेघरको मुखको परीक्षण र ५० वर्ष नाघेका पुरुषले फोक्सो परीक्षण गराउनुपर्ने बताए।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर, मुटु, दम र मधुमेह रोकथाम गर्न जनचेतना वृद्धि गर्नुपर्ने बताए।
रासस
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मिर्गौला प्रत्यारोपण गर्न लागेको बताएका छन्।
मंगलबार साँझ सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल तीन वर्ष रहेकाले कुशलतापूर्वक काम गर्न मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका हुन्।
‘एउटा मिर्गौलामा सामान्य समस्या देखिएको छ। समस्या देखिएको मिर्गौला किन राख्ने?’, उनले भने, ‘त्यसैले छिट्टै परिवर्तन गर्दैछु।’
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रूप नलिएको बताएको छ।
चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका २० भन्दा बढी मुलुकमा पुगेको भए पनि त्यहाँ संक्रमण महामारीको रूपमा नरहेको डब्लूएचओले बताएको हो।
‘अहिले हामी कोरोना भाइरसको संक्रमण महामारीको अवस्थामा छैनौँ’, डब्लुएचओको संक्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भने, ‘तर हामी संक्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा छौँ।’
ब्राएन्डले भने, ‘चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै छ ।”
‘चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै संक्रमण रोक्न सफलता मिल्नेमा विश्वस्त रहेका छौँ’, ब्राएन्डले भने।
कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको संक्रमणका कारण उपचार गराइरहेका छन्।
काठमाडौं: नेपाल चिकित्सक संघको निर्वाचन आज सकिएको छ । चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि शुक्रबारदेखि शुरु भएको मतदान आज ४ बजे सम्पन्न भएको हो।
मतदानका लागि संघको बागबजारस्थित केन्द्रीय कार्यालय भवनलाई केन्द्र तोकिएको थियो । उपत्यकामा ५ दिनसम्म चलेको मतदानमा जम्मा ३ हजार ३ सय १ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए । उनले मतगणना भने बुधबार बिहान ९ बजेदेखि हुने जानकारी दिए।
उपत्यकाबाहिरको हकमा यसअघि नै माघ ४ र ५ गते संघका १६ शाखामा मतदान भइसकेको छ । उपत्यकाबाहिर २ हजार ८ सय ५१ मत खसेको थियो । उपत्यका बाहिर र उपत्यकासहित जम्मा ६ हजार १ सय ५२ मत खसेको छ ।
संघको नयाँ कार्यसमितिका लागि दुई वटा प्यानल चुनावी मैदानमा छन्। लोकतान्त्रिक समूहको नेतृत्व डा लोचन कार्कीले गरेका छन भने पेशागत समावेशी समूहको नेतृत्व डा पुष्पमणी खरालले गरेका छन्। १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चिकित्सक चुनावी प्रतिष्पर्धामा छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडाैं: चीनमा रहेका नेपालीलाई ल्याएर कहाँ राख्ने भन्ने एकिन गर्न आजै मुख्य सचिवको अध्यक्षतामा बैठक बस्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपालीलाई ल्याएर कहाँ राख्ने भन्ने विषयमा टुंगो लागि नसकेको तर संभवत आजै टुंगो लाग्नसक्ने संकेत गरे । चीनबाट ल्याएर उनीहरूलाइ १४ दिनसम्म छुट्टै क्यारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। हिजो गरेको पत्रकार सम्मेलनमा मंगलबार स्थान टुंगो लाग्ने र बुधबार सम्म चीनमा रहेको नेपालीलाई नेपाल ल्याउने तयारी भएको बताइएको थियो।
कोरोना भाइसरको त्रासका कारण चीनमा रहेका नेपालीले आफुहरुलाई छिट्टै उद्धार गर्न आग्रह गर्दै नेपाली दुतावासमा निवेदन दिएका थिए ।
त्यस लगत्तै उच्चस्तरीय निर्णय गर्दै उनीहरुलाई नेपाल ल्याउने निर्णय गरिएको थियो । तर निर्णय गरेकै ५ दिन बढी भइसक्दा पनि कहाँ राख्ने भन्ने स्थानको टुंगो लाग्न सकेको छैन्। नेपाल आउनका लागि १ सय ८० जनाले यसअघि नै फर्म भरिसकेका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी पूरा भएको बताएका छन्। तर उनीहरूलाई कहिले नेपाल फर्काइन्छ भन्ने तय नभएको उनले जानकारी दिए।
मंगलबार संसद् बैठकमा उनले संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सोमवारको मन्त्रिपरिषद् बैठकबाट आदेश जारी भएको बताए।
मन्त्री ढकालले सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्ना लगाएको र अहिलेसम्म १८० जनाले फर्म भरेको जानकारी दिए।
चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र नेपाल ल्याउने मन्त्री ढकालले बताए।। ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले नै पठाउँदैन’, उनले भने, ‘संक्रमण नभएको पुष्टि भएपछि पनि उनीहरूलाई सावधानीका साथ ल्याउँछौँ। परीक्षण गर्दा संक्रमण नदेखिए पनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नैपर्ने उनको भनाइ छ।
वुहानबाट नेपालीलाई ल्याउन सोचेजस्तो सहज नभएको उनले बताए। वुहानमा सार्वजनिक यातायात नचलेको र विमानस्थलसमेत बन्द भएकाले चीन सरकारसँगको समन्वयविना यो काम असम्भव रहेको उनको भनाइ छ।
चीनबाट आउनेहरूबाट अरुमा कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको मन्त्री ढकालले बताए। यो अवधिमा कोरोना भाइरसका संक्रमण फैलिन नदिन अपनाएको उपाय यहाँका लागि सान्दर्भिक नहुने उनको भनाइ छ।
‘चीनमा २० हजारमा संक्रमण फैलिएको छ। हाम्रोमा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखियो’ उनले भने, ‘चीन जसरी नाच्छ, त्यही तालमा गोडा उचाल्नुपर्छ भन्नेमा नेपाल सरकार विश्वास गर्दैन’ ढकालले भने।
फाइल फोटो
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
कोरोना भाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २० हजार मानिसमा संक्रमण भएको पुष्टि भएको छ।
अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको संक्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङकङमा एक जनाको मृत्यु भएको छ।
तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ। महामारी शुरु भएपछि धेरै अफवाह फैलिएको छ। चमेरोको सुरुवाबारे एउटा भिडिओबारे त तपाईँले थाहा पाइसक्नुभयो होला।
चमेरोको भिडिओ
शुरुदेखि नै अनलाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अड्कल गर्न थाले। महामारी फैलिएका बेला चमेरोको मासुको झोल खाएको भिडिओले त्यस्तो अनुमानलाई झन् प्रोत्साहन दियो।
एउटा भिडिओमा क्यामरामा एक चिनियाँ महिलाले चमेरोको मासु ‘कुखुराको मासुजस्तो स्वादिलो’ भनेर टिप्पणी गरेको सुनिन्छ। त्यस्ता भिडिओले अन्लाइनमा आक्रोशपूर्ण प्रतिक्रियाहरू निम्त्याए।
कतिपय प्रयोगकर्ताहरूले भाइरसको प्रकोप फैलिनुमा चिनियाँहरूको यस्तै खानपानसम्बन्धी व्यवहार भएको आरोप लगाए। तर न त्यो भिडिओ वुहानमा खिचिएको थियो न त चीनकै अन्य भागमा नै।
सन् २०१६ मा चर्चित ब्लगर एवं यात्रा कार्यक्रम प्रस्तोत्री मेङ्युन वाङले पश्चिमी प्रशान्त सागरको पलाउ टापुको भ्रमणका बेला त्यो भिडिओ खिचेकी थिइन्। अनलाइनमा त्यसरी फैलिएपछि उनले क्षमायाचना गर्दै भनिन्, ‘मैले खालि स्थानीय मानिसहरूको जीवनशैली देखाउन खोजेकी थिएँ।’
उनले चमेरोले भाइरस बोक्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। अहिले उक्त भिडिओ अनलाइनबाट हटाइएको छ। नयाँ कोरोना भाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको अनुमान गरिएको छ।
चमेरो पनि भाइरसको सम्भावित स्रोतको भएको चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ। तर त्यो त्यहाँ सहजै पाइने परिकार भने होइन। त्यसैले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ।
याेजनाबद्ध प्रकाेप
अमेरिकामा पनि यसको घटना पाइएसँगै थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र फेसबुक र ट्विटरमा सार्वजनिक हुन थाले। तिनले विज्ञहरूलाई उक्त भाइरसबारे वर्षौँदेखि जानकारी भएको संकेत गर्थे।
त्यस्तो आशंकापूर्ण धारणा सार्वजनिक गर्ने प्रारम्भिक व्यक्तिमध्ये युट्युबर जोर्डन साथर हुन्। हजारौँ पटक रिट्वीट गरिएका उनका शृङ्खलाबद्ध ट्वीटमा साथरले सन् २०१५ को एउटा प्याटेन्टबारे लेखेका छन्।
इंग्लायण्डस्थित पर्ब्राईट इन्स्टिट्यूट इन सरीले दर्ता गराएको उक्त प्याटन्टमा एउटा कमजोर खालको कोरोनाभाइरसको विकास गरेर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गर्न सकिने उल्लेख छ। उक्त प्याटन्टको लिंक फेसबुकमा खोपविरोधी र कपट भएको मान्यता राख्ने व्यक्तिका ग्रूपबाट व्यापक रूपमा प्रसारित भयो।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले पर्ब्राइट र खोप विकासका लागि आर्थिक सहायता गर्ने गरेको तथ्य प्रस्तुत गर्दै साथरले अहिले जानीजानी महामारी फैलाइएको र खोप विकासका लागि पैसा जुटाउनु त्यसको उद्देश्य भएको दाबी गरेका छन्।
उनले ट्वीटमा भनेका छन्। ‘गेट्स फाउन्डेशनले अहिलेसम्म खोप विकासका लागि कति पैसा दियो? के यो रोग फैलिने काम योजनाबद्ध थियो? के यसको त्रास फैलाउन सञ्चारमाध्यमहरू प्रयोग भइरहेका हुन्?’
तर पर्ब्रइटको प्याटन्ट नयाँ कोरोनाभाइरसबारे होइन। यो बरु व्यापक कोरोनाभाइरस समूहकै एउटा सदस्य ‘एभीअन इन्फेक्सन ब्रोङ्काइटिस ‘भाइरसको हो।
गेट्स फाउन्डेसनकी एक प्रवक्ताले बज्फीड न्यूजसँग पर्ब्राईट इन्स्टिच्युटलाई उक्त भाइरसको अध्ययनमा आफूहरूले आर्थिक सहयोग उपलब्ध नगराएको बताएकी छन्।
जैविकअस्त्रसम्बन्धी अफवाह
इन्टरनेटमा अर्को आधारहीन दाबी फैलिएको छ– अहिले फैलिएको कोरोना भाइरस चीनको एउटा गोप्य जैविक अस्त्र कार्यक्रमअन्तर्गत बनाइएको थियो र वुहान भाइरोलजी इन्स्टिट्यूटबाट चुहिएको हुन सक्छ।
त्यस्तो दाबी गर्दा धेरैले इजरायलका एक पूर्वगुप्तचर अधिकारीको भनाइ उद्धृत गरिएको वाशिङ्टन टाइम्सका दुईवटा लेखलाई आधार मान्ने गरेका छन्।
तर तिनमा त्यस्तो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैनन्। ती लेख सामाजिक सञ्जालमा लाखौँ पटक शेअर भएका छन्। चिनियाँ औपचारिक अनुसन्धानअनुसार वुहानको समुद्री खाद्यबजारमा त्यो भाइरस पहिलो पटक भेटिएको थियो।
‘जासुसी टोली’
कोरोनाभाइरससँग सम्बन्धित अर्को अफवाहअनुसार क्यानडाको सूक्ष्मजीव विज्ञासम्बन्धी राष्ट्रिय प्रयोगशालाका एक अनुसन्धानकर्ता निलम्बित भएपछि नयाँ भाइरस देखिएको हो।
क्यानडाको प्रसारक सीबीएसकाअनुसार भाइरोलजिस्ट डा. सियान्गुओ चिउलाई उनका पति र केही विद्यार्थीसहित गत वर्ष चीनबाट निष्काशन गरिएको थियो।
तर प्रहरीले सीबीएसलाई बताएअनुसार त्यसबाट सार्वजनिक सुरक्षाका लागि अहिले कुनै खतरा छैन। अर्को विवरणअनुसार डा. चिउले वुहानस्थित एक प्रयोगशाला भ्रमण पनि गरेकी थिइन्।
उनीहरू चिनियाँ जासुस भएको दाबी गरिएको एउटा ट्वीट हजारौँ पटक रिट्वीट गरिएको थियो। सीबीएसले पछि ती सबै दाबीहरू आधारहीन भएको बताएको छ।
वुहानकी नर्सको भिडिओ
पोल खोलिएको दाबी गरिएको एउटा भिडिओ हुबे प्रान्तका एक चिकित्सक र नर्सले खिचेको दाबी गरिएको छ। विभिन्न सामाजिक सञ्जालका विभिन्न मञ्चमा दशौँ लाख मानिसले उक्त भिडिओ हेरेका छन्।
तीमध्ये सबैभन्दा चर्चित भिडिओलाई एक कोरियालीले युट्युबमा हालेका छन्। त्यसमा ती महिला वुहानको एउटा अस्पतालकी एक नर्स भएको बताएको छ। तर ती महिलाले त्यसको पुष्टि गरेकी छैनन्।
उनले सुरक्षा पोसाक पनि लगाएकी छन्। तर उनको पोसाक हुबेमा लगाइने पोसाकसँग मेल खाँदैन। उनका अनुसार चीनमा ९० हजारलाई नयाँ भाइरस संक्रमण भइसकेको छ। तर आधिकारिक तथ्यांकअनुसार चीनमा २० हजार जनामा त्यो संक्रमण देखिएको छ।
चाइनाफाइल अनलाइनका दृश्य सम्पादक मुयी सियाओका अनुसार ती महिला वुहानकी होइनन्। त्यो भिडिओको सत्यतालाई लिएर आशंका व्यक्त भएको छ।
बीबीसी
चितवन : भरतपुर अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढेपछि चौबिसै घण्टा डायलासिस सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलासिस गर्दा बिरामीले पालो नपाएपछि सोमवारदेखि सेवा विस्तार गरिएको हो ।
सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पालो कुर्ने बिरामीको संख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरेको बताए। उनले हाल ६९ जनाले नियमित डायलासिस गरिरहेको जानकारी दिए तीमध्ये ३० पुरुष र ३९ महिला छन्। अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरेको उनको भनाइ छ।
निजीको भन्दा डायलासिस सेवा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ भरतपुर अस्पतालको हुने गरेको छ। यसका कारण बिरामीको संख्या दिनानुदिन बढेको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेदेखि निःशुल्क डायलासिस सेवा शुरु गरिएको हो। गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालू आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलासिस गरिएको उनले जानकारी दिए। अस्पतालमा रहेका १२ वटा डायलासिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
चितवन : जिल्लाका स्थानीय तहहरूले एचआईभी संक्रमित परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेका छन्। यस क्रममा हालसम्म १२८ घरपरिवारको बिमा भइसकेको छ।
भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले संक्रमितहरूको स्वास्थ्य बिमा गरेका हुन्। स्वास्थ्य बिमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन्।
चालू आर्थिक वर्षकोे जेठ मसान्तभित्र सबै संक्रमितको स्वास्थ्य बिमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिए। गत आवबाट संक्रमित परिवारको बिमा गर्न थालिएको थियो।
एकै परिवारमा चारजनासम्म संक्रमित हुने गरेकाले संख्याअनुसार परिवारको संख्या कम रहेको छ। जिल्लाका सबै तहले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको एक संक्रमितले बताए।
अस्पतालमा रहेको सेन्टरबाट ९३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न