Health TV Online

कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई ग्रुप ७७ ले सहयोग गर्ने

कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई ग्रुप ७७ ले सहयोग गर्ने

प्राणघातक संक्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई ७७ देशहरूको समूह ग्रुप-७७ ले सहयोग गर्ने भएको छ।

संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार ग्रुप-७७ का सदस्य राष्ट्रहरूले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन्।

त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ। यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई सहयोग उपलब्ध गराउने जनाएको थियो।

संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरेका प्रयासको सराहना पनि गरेको छ। हालसम्म चीनले गरेका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नोबेल कोरोना भाइरसको नाम ‘कोभिड -१९’

नोबेल कोरोना भाइरसको नाम ‘कोभिड -१९’

काठमाडौं : विश्वलाई नै त्रसित बनाइरहेको नोबेल कोरोना भाइरसको आधिकारिक नामाकरण गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यसको नाम कोभिड -१९ राखेको छ । डिसेम्बर ३१ मा पहिलोपटक चीनमा देखिएको यो भाइरसको नाम अब भने कोभिड -१९ ले चिनिनेछ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले जेनेभामा पत्रकार सम्मेलन गर्दै कोरोना बाट ‘को’ भाइरसबाट ‘भि’ र डिजिजबाट ‘डी’ लिएर कोभिड बनाइएको बताए ।  १९ भने राेग  फेला परेकाे वर्ष हो । कोभिड- १९ ले हालसम्म चीनमा मात्र ११ सय बढीको ज्यान गइसकेको छ भने ४४ हजार बढी मानिस संक्रमित भएका छन्।

नेपालमा चीनबाट फेर्केका एक जना नेपालीमा कोरोना भाइरस फेला परेको भए पनि उनी उपचार पछि घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्थानीयमा कोरोनाको शंका गर्दै स्वास्थ्य मन्त्रालयलाई पठायो पत्र

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्थानीयमा कोरोनाको शंका गर्दै स्वास्थ्य मन्त्रालयलाई पठायो पत्र

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले ठुलो संख्यामा स्थानीयमा रुघा खोकी ज्वरो आउनेक्रम बढेपछि कतै  कोरोना भाइरस त हैन भन्दै सहयोगको लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

कोरोना भाइरसका कारण विश्व नै त्रसित बनिरहेका बेला यसकै लक्षणसँग मिल्दोजुल्दो बिरामी बढ्न थालेपछि मन्त्रालयको सहयोग मागेको हो । मंगलबार पठाइएको पत्रमा जुगल गाउँपालिकाको गुम्बा वस्तीमा एक्कासी कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएको र त्यसका लागि स्वास्थ्यकर्मी खटाइदिन आग्रह गरिएको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर ३ को गुम्बा बस्तीमा सोमबारदेखि यस्ता लक्षण भएका बिरामी स्वास्थ्य कार्यालयमा आउन थालेको बताइएको छ ।
मन्त्रालयलाई पठाइएको पत्रमा विश्वमा फैलिइरहेको कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं भन्ने उल्लेख छ ।

जुगल गाउँपालिकाका प्रशासकीय अधिकृत लोक बहादुर बिकद्धारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशाससन कार्यालय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय चौतारालाई समेत दिइएको छ । एकैदिन सय जना भन्दा बढीमा यस्ताे लक्षण देखिएकाे बताइएकाे छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हुम्ला : ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। साल अड्किएर निस्कन नसकेपछि वडा नं. ३ का ३९ वर्षीया रूपशीला दमाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो।

नेपाली सेनाको हेलिकोप्टरमार्फत दमाईलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्। सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धार गरिएको उनको भनाइ छ।

केही दिन अगाडि मात्रै उत्तरी नाम्खा गाउँपालिका वडा लिमी गाउँका सुत्केरी व्यथा लागेकी ३५ वर्षीया याङजिन तामाङलाई पनिसेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाइ उद्धार गरिएको प्रजिअ भट्टराईको भनाइ छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘क्वारेन्टाइन’ संक्रमितलाई राख्ने स्थल होइन, स‌ंक्रमण भएकालाई चीनले नै पठाउँदैन’

‘क्वारेन्टाइन’ संक्रमितलाई राख्ने स्थल होइन, स‌ंक्रमण भएकालाई चीनले नै पठाउँदैन’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरूलाई राख्न ‘क्वारेन्टाइन’सहितको पूर्वतयारीको काम सकिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री ढकालले १९९ शय्यासहितको क्वारेन्टाइनको व्यवस्था गरेको जानकारी दिएका हुन्। ‘भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको छ’, उनले भने, ‘महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको छ।’

चीनबाट संक्रमितहरूलाई स्वदेश ल्याउन लागेको भ्रम स्थानीय बासिन्दामा रहको भन्दै उनले त्यो हटाउनुपर्ने बताए। ‘एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नै पठाउँदैन’, उनले भने, ‘नेपाल ल्याएपछि १४ दिन नियमित परीक्षण गरिन्छ।’

क्वारेन्टाइनमा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालमा  ‘आइसोलेसन बेड’को व्यवस्था गरिएको जानकारी मन्त्री ढकालले दिए।

‘त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहनेछ’, उनले भने, ‘सबै अस्पतालका प्रतिनिधिलाई बोलाएर आइसोलेसनसहितको ठाउँ छुट्याउन र कसैमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएका छौँ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

संसदीय समितिले सरकारलाई भन्यो, वुहानमा रहेका नेपालीलाई चाँडो फर्काऊ!

संसदीय समितिले सरकारलाई भन्यो, वुहानमा रहेका नेपालीलाई चाँडो फर्काऊ!

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा रहेका नेपालीलाई चाँडो फर्काउन निर्देशन दिएको छ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना भाइरसबाट संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यान दिई पूर्वतयारी गर्न समेत सरकारलाई निर्देशन दिएको छ।

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मानवीय क्षति बढिरहेको सन्दर्भमा  फर्किन चाहने नेपालीलाई उचित व्यवस्था मिलाई स्वदेश ल्याउन समितिकी सभापति जयपुरी घर्तीले निर्देशन दिएकी हुन्।

संक्रमण फैलिनसक्ने खतरालाई ध्यान दिई पूर्वतयारी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उनले निर्देशन दिइन्। ‘कोरोना संक्रमण फैलिन नदिन र चीनमा रहेका नेपाली स्वदेश ल्याउन सरकारले चालेको कदम स्वागतयोग्य छ’, उनले भनिन्, ‘यसलाई अझ प्रभावकारी बनाओस् भन्ने आकांक्षा हो।’

बैठकमा सांसदहरूले चीनबाट विद्यार्थीहरूलाई ल्याइएपछि राख्ने क्वारेन्टाइनको विषयमा विवाद गर्न नहुने बताए। सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण भए पनि एक मिटरभन्दा नजिक भए मात्र सर्ने सम्भावना रहने बताए। ‘त्यसैले भक्तपुरको खरिपाटीमा राख्न हुँदैन भनेर विरोध गर्नुको अर्थ छैन’, उनले भने। सांसद गजेन्द्रबहादुर महतले पनि सरकारले जिम्मा लिएर राख्ने भएकाले आतंकित हुन नपर्ने तर्क गरे।

सांसद गगन थापाले कोरोना भाइरस संक्रमण देखिएमा गर्ने उपचारको विषयमा सरकारले प्रष्ट पार्न नसकेको धारणा राखे। ‘चीनबाट ल्याउने विद्यार्थी लिन जाने वेलादेखि ‘क्वारेन्टाइन’मा राख्नेसम्मका लागि कस्तो तयारी गरेको छ, प्रष्टसँग जानकारी दिनुपर्छ’, उनले भने। सांसद उमाकान्त चौधरीले सरकारले केन्द्रमा मात्रै अस्पताललाई तयारी अवस्थामा राखेको भन्दै सातै प्रदेशमा पूर्वतयारी गर्नुपर्ने बताए।

सांसद जीवनराम श्रेष्ठले सरकारले वुहानमा रहेका नेपालीहरुलाई छिटो ल्याउने व्यवस्था नगर्दा परिवारमा मानसिक तनाव बढेको तर्फ सरकार गम्भीर नभएको आरोप लगाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले कोरोना भाइरस संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएको बताए। ‘चीनतर्फका सबै नाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सबै पर्यटकीय क्षेत्रमा हेल्थ डेस्क राखेर सावधानी अपनाएका छौँ’, उनले भने।

तर विशेष प्रकारको मास्क एन ९५ अभाव भएकोले आयात गर्ने तयारी गरेको सचिव बरालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

निर्वाचनका बेला गरेका हरेक प्रतिबद्धता पूरा गर्छु: डा लोचन कार्की

निर्वाचनका बेला गरेका हरेक प्रतिबद्धता पूरा गर्छु: डा लोचन कार्की

काठमाडौं : नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा लोचन कार्कीले आफूले निर्वाचनका वेला गरेका हरेक प्रतिबद्धता पूरा गर्ने आश्वासन दिएका छन्।

मंगलबार नयाँ कार्यसमितिलाई बधाई दिने कार्यक्रममा डा कार्कीले आफूले गरेका प्रतिवद्धता बोलीमा मात्रै नभई व्यवहारमै लागू गर्ने बताए । उनले आफू लगायतका धेरै पदाधिकारी संघमा लामो समय काम गरिसकेका भएकाले पनि चिकित्सकका समस्या नजिकबाट नियालेको भन्दै त्यसलाई समाधान गर्न तुरुन्तै लाग्न सकिने पनि जिकीर गरे ।

उनले आफू र आफनो टिमलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण चिकित्सकलाई धन्यबाद समेत दिए । उनले चिकिसा क्षेत्रमा देखिएका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताए । कार्कीले भने, ‘चिकित्सकहरुले माया र विश्वास गरेर दिएको मतले ममा अझ बढी जिम्मेवारी थपिएको बोध भएको छ । यो अमूल्य मतको कदर अवश्य गर्नेछु ।’

चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा डा कार्कीले पेशागत समावेशी समूहका डा पुष्पमणी खराललाई भारी मतले पराजित गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रदीप ज्ञवाली

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रदीप ज्ञवाली

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी अधिकारसहित सदस्यसचिव  नियुक्त गरेको हो।

महाराजगञ्ज मेडिकल क्याम्पसका सहप्राध्यापक डा. ज्ञवाली यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका छन्। स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले परिषदकाे अध्यक्ष र सदस्यसचिव नियुक्ति गर्ने व्यवस्था छ। हाल प्रा.डा. अञ्जनीकुमार झा परिषद्का अध्यक्ष  छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

केशमा चाया परेर दिक्क हुनुभएको छ?, यसरी पाउनुहोस् मुक्ति

केशमा चाया परेर दिक्क हुनुभएको छ?, यसरी पाउनुहोस् मुक्ति

केशमा चाया पर्नु आम मानिसको समस्या हो। बालिबालिकादेखि युवायुवती तथा वृद्धवृद्धा सबैलाई यो समस्याले सताएको पाइन्छ। चाया सबैको केशमा हुन्छ। कसैमा सामान्य हुन्छ कसैमा धेरै। चाया कतिपयको प्रतिष्ठाको विषय नै हुन्छ। कतिपय युवायुवती चाया परेकै कारण बाहिर जमघटमा निस्किन हिच्किचाउँछन्।

बुझ्नुपर्ने कुरा के भने चाया कुनै कीटाणु वा रोग होइन। यो त हाम्रै शरीरको ग्रन्थीबाट निस्किने विकार हो। केशको सरसफाइमा ध्यान नपुग्दा यसले दुःख दिने हो। यसका लागि चाया कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न जरुरी छ।

टाउकोमा रौँ (केश) रहेका ठाउँमा चिल्लो निकाल्ने ग्रन्थी प्रशस्त मात्रामा हुन्छ। त्यही चिल्लो पदार्थ सुकेपछि पत्र पत्र बन्छ। चाया दुई किसिमको हुन्छ– एउटा चिल्लो र लिसो प्रकारको, अर्को सुख्खा फुरफुर उड्ने। प्रायः बच्चाहरूमा एक किसिमको पाप्रा तालुमा लागेको देखिन्छ भने युवायुवतीमा ग्रन्थीहरु धेरै सक्रिय हुने कारण बढी देखिन्छ।

चायाको उपचार गर्न मानिसहरुले बजारमा पाइने विभिन्न किसिमका औषधि, तेल र स्याम्पु प्रयोग गर्ने गरेको पाइन्छ। बजारमा पाइने जस्तोसुकै सेम्पु वा तेलले यो समस्या हटाउन सक्दैन। बरु केशमा विभिन्न समस्या थप्न सक्छ। यसबाट मुक्ति पाउने उपाय सरसफाइ नै हो। चायाको समस्या धेरै नै छ भने दैनिक रूपमा टाउको सफा गर्नुपर्छ। चाया हटाउन विशेष खालको मल्हम वा औषधिको प्रयोग गर्नुपर्ने पनि हुन सक्छ। केश कोर्दा पनि नरम किसिमको काइँयो प्रयोग गर्नुपर्छ।

धेरै चाया पर्ने, खसेर कपडामा समेत सेतै देखिने र छालामा पाप्रा नै जम्ने किसिमका समस्या देखिए चिकित्सककोमा जानुपर्छ। फंगल इन्फेक्सन देखिए वा चिलाइरहने समस्या आए ढिलो नगरी छालारोग विशेषज्ञसँग परामर्श लिनु वा जँचाउनु उत्तम हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण शुरु

सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण शुरु

कैलाली : गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण शुरु गरेको छ। कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था र संक्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण शुरु गरेको हो।

अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका नौ वटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ। आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीनवटा टोली गठन सर्वेक्षण शुरू भइसकेकाे भट्टले जानकारी दिए।

५० वर्ष उमेरमाथिका जनसंख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने उनको भनाइ छ। उहाँले नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्ष्य गरिएको छ।

सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ।

गेटा  आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ। अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँचदेखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो। त्यतिबेला सेती अञ्चलमा १.२ प्रतिशत र महाकाली अञ्चलमा ०.८ प्रतिशत जनसंख्यामा अन्धोपन देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

हुबेमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चीन सरकारकाे ‘सशर्त अनुमति’

हुबेमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चीन सरकारकाे ‘सशर्त अनुमति’

कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने अनुमति ‘सशर्त’ हुने जानकारी नेपाल सरकारका एक वरिष्ठ अधिकारीले दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी लिन सोमवार स्वास्थ्य, परराष्ट्र तथा शिक्षा मन्त्रालयका सचिवहरूलाई बोलाएको थियो।

त्यसै क्रममा स्वास्थ्यसचिवले उक्त जानकारी दिएको आयोगका एक सदस्यले बताए। सरकारी अधिकारीहरूले चीनमा रहेका नेपालीलाई जतिसक्दो चाँडो फर्काइने आश्वासन दिँदै आएका छन्।

तर हुबेमा रहेका नेपालीका आफन्तहरूको छटपटी बढ्दो छ र उनीहरूले उच्च सरकारी अधिकारीहरूलाई भेटेर हारगुहार गरिरहेका छन्।
हुबेमा रहेका नेपालीका आफन्तहरूले ज्ञापनपत्र बुझाएपछि उनीहरूलाई तत्काल स्वदेश फर्काउन आइतवार राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको थियो।

सोमवार आयोग पुगेका स्वास्थ्यसचिव खगराज बरालले नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार चिकित्सकीय निगरानीको व्यवस्था गरेपछि मात्र चीनले उद्धारको अनुमति दिने जानकारी गराएको आयोगका सदस्य सुदीप पाठकले बताए।

‘उहाँहरूले जानकारी गराउनु भएअनुसार चाहिँ सबभन्दा पहिले त नेपालीहरू फर्किनका निमित्त चीन सरकार तयार हुनुपर्छ’, उनले भने, ‘चीन सरकारले अनुमति दिएपछि अनि हाम्रो व्यवस्थापनको सबै कार्य पूरा भएको हुनुपर्छ।’

हाम्रो व्यवस्थापन पूरा भएको भन्ने सुनिश्चितता भएपछि मात्रै चीन सरकारले सहमति दिने उनको भनाइ छ। ‘के त्यसो भए चीनले अनुमति दिन बाँकी नै रहेछ त?’ भन्ने प्रश्नमा उनले भने, ‘एकदमै। हाम्रो तयारी पूरा नभएसम्म चीनले अनुमति दिँदैन।’

उद्धारको पहल

कोरोनाभाइरसको संक्रमण सुरु भएको हुबेमा रहेका नेपालीहरूले स्वदेश फर्कन चाहेको भन्दै हारगुहार गरेपछि १० दिनअघि सरकारले उनीहरूको उद्धार गर्ने निर्णय गरेको थियो।

त्यसका लगि चीनस्थित नेपाली दूतावासले आवेदन माग गरेकामा १८० जना नेपालीहरूले स्वदेश फर्किन निवेदन दिइसकेका छन्। तर लामो समयसम्म पनि उनीहरूलाई उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

हुबेमा रहेका नेपालीका आफन्तहरूले सरकारका उच्च अधिकारीहरूलाई भेटेर हारगुहार गर्ने क्रम जारी छ। त्यसै क्रममा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भनी उनको निवास बालुवाटार पुगेको तर उनले भेट नदिएको उनीहरूको गुनासो छ।

‘सबै तिरबाट प्रयास चाहिँ भयो तर उहाँहरूले समय नै दिनुभएन। फोन पनि उठाउनुभएन’, चसीनमा रहेका एक विद्यार्थीकी लीलादेवी भट्टराईले भनिन्, ‘तर पनि सकिन्छ कि भेट्न भनेर गयौँ तर भेट्न दिनु नै भएन। हामी अभिभावकहरूको आक्रोश झन् बढेको छ।’

तर प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले भने हुबेमा रहेका नेपालीका आफन्तहरूले प्रधानमन्त्रीलाई भेट्न चाहेको जानकारी सचिवालयलाई नगराएको बताए। उनले चीनमा रहेका नेपालीहरूबारे प्रधानमन्त्री ओली संवेदनशील रहेको र उद्धारका लागि आवश्यक कार्य भइरहेको जानकारी दिए।

चीनमा रहेका नेपाली र उनीहरूका आफन्तको छटपटी बढिरहेका बेला बेइजिङस्थित नेपाल दूतावासका अधिकारीहरूले चाहिँ अहिले पनि आफूहरू नेपाल सरकारको निर्णय कुरिरहेको बताएका छन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

क्यान्सरपीडित कैदीको मृत्यु

क्यान्सरपीडित कैदीको मृत्यु

चितवन : भरतपुर कारागारमा क्यान्सरपीडित एक कैदीको मृत्यु भएको छ। भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमदको मृत्यु भएको हो।

सोमवार राति साढे १२ बजे जफरको मृत्यु भएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए। उनलाई उपाचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो।

उनी मानव बेचबिखनको आरोपमा १० वर्ष कैद सजाय काटिरहेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

अभावै अभावबीच चलिरहेछ जाजरकोट अस्पताल, एक महिनायता भर्ना भएका छैनन् बिरामी

अभावै अभावबीच चलिरहेछ जाजरकोट अस्पताल, एक महिनायता भर्ना भएका छैनन् बिरामी

जाजरकाेट : चार वर्षअघि १५ बाट ५० शय्या बनाइएको जाजरकोट अस्पताल अभावै अभावबीच चलिरहेको छ। सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अहिले १८ स्वास्थ्यकर्मी मात्र कार्यरत छन्।

अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।

त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त छन्। स्टाफ नर्स आठमध्ये सात रिक्त छन्। पब्लिक हेल्थ नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिस्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए।

अस्पतालमा कार्यरत अति न्यून संख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य जाँच गरेर औषधि दिने र सिफारिस गर्नेबाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन्। कार्यालयका निमित्त प्रमुख जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गरे।

छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न छाडेका छन्। छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत छन्।

सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आएका एमडीजीपी डा. महेश सिलवाल केही समयअघि जिल्ला छाडेर गएपछि शल्यक्रिया सेवा बन्द भएको छ। स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आएका डा. सिलवाल अस्पतालमा एक वर्ष बिताएर फर्किएका हुन्। अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोश बनाउने एनेस्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर फर्किएको उनले बताए।

लामो समयदेखि काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन्। ल्याब सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ। अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरूप आफूहरुले भिडियो एक्सरे सेवा नदिएकाे गरेको डा. भूपेन्द्रप्रकाश मल्लले बताए।

‘’उहाँहरूले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनुभएकाे छ’, जैसीले भने,  ‘उहाँहरूले अतिरिक्त काम गरेकै पाँच लाख रुपैयाँ दिन बाँकी छ’,कसरी समाधान गर्ने।’

पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ हुन नसकेको उनकाे गुनासाे छ।  ‘विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन। अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन्’ जैसीले प्रश्न गरे’, नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने?’

अस्पतालमा भरपर्दो सेवा प्रवाह हुन नसकेपछि एक महिनायता एक जना पनि बिरामी भर्ना भएका छैनन्। फार्मेसीमा अत्यावश्यक औषधिसमेत छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १००० नाघ्यो, एकैदिन ११३ जनाको मृत्यु

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १००० नाघ्यो, एकैदिन ११३ जनाको मृत्यु

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको केन्द्र मानिएकाे हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ। यहाँकाे स्वास्थ्य आयोगले सोमवार १०३ जनाको मृत्यु भएको जानकारी दिएको हाे।

एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक संख्या हो। आइतवार मृत्यु हुनेको संख्या ९७ थियो। यससँगै कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १,००० नाघेको छ।

चीनभरि भने कुल मृतकको संख्या १,०११ पुगेको आयोगले जनाएकाे छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।

आयोगका अनुसार हुबेमा मात्र ३१,७२८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएकाे छ। यहाँ सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ। बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ।

सोमवार एकैदिन एक सयभन्दा बढीकाे मृत्यु भए पनि नयाँ संक्रमणको संख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ।

संक्रमण राेकथाम र उपचारमा प्रभावकारी भूमिका नखेलेकाे भन्दै सरकारले केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगका प्रमुख तथा त्यसमा खटाइएका पार्टी सचिव घटुवामा परेका छन्।

त्यसैगरी चन्दा हिनामिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त गरिएका छन्।

थप समाचार

दैलेखमा भेटिए औलोका बिरामी

दैलेखमा भेटिए औलोका बिरामी

दैलेख : जिल्लामा औलोका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा औलोका नौ जना बिरामी भेटिएका हुन्। रोजगारीका लागि भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने औलो रोग देखापरेको हो।

दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा औलोका बिरामी भेटिएका हुन्। जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार औलोका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्लाबाहिर उपचारका क्रममा मलेरिया भेटिएको बताए।

यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। जिल्लामा उपचार हुन नसकेपछि उनलाई कान्ति बाल अस्पताल काठमाडौँमा ल्याएपछि औलो भएको पत्ता लागेको हो। चिकित्सककाे उच्च निगरानीमा बिरामीहरूको उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ।

रोग अन्यत्र सर्न नदिन सतर्कता अपनाएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले बताए। मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको उनले जानकारी दिए।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा. मदन कोइरालाका अनुसार औलोका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारी रूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिएकाे बताए। ‘रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको संक्रमित भई फर्किने हुनाले संक्रमण राेक्न र बिरामीकाे तत्काल उपचार गर्न स्थानीय सरकार लाग्नुपर्छ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चिकित्सक संघ निर्वाचन : सदस्यको एक पद बाहेक सबै पदमा लोकतान्त्रिक समूह विजयी

चिकित्सक संघ निर्वाचन : सदस्यको एक पद बाहेक सबै पदमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं : चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको निर्वाचनमा सदस्य एक पद बाहेक सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको छ ।

अध्यक्षका उम्मेदवार डा लोचन कार्कीले ४ हजार १ सय ११ मत ल्याएर आफना प्रतिद्धन्दी डा पुष्पमणी खराललाई पराजित गरेका हुन्। पेशागत समावेशी समूहका अध्यक्षका उम्मेदवार डा खरालले १ हजार ९ सय ७९ मत ल्याएका थिए ।

लोकतान्त्रिक समूहबाटै बरिष्ठ उपाध्यक्षमा  डा शिवप्रसाद श्रेष्ठ, उपाध्क्षमा डा अनिल विक्रम कार्की, महासचिवमा डा बद्री रिजाल, कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी, सहसचिवमा डा निरजकुमार सिंह र सहकोषाध्यक्षमा डा विश्वराज दवाडी विजयी भएका छन्।

यसैगरी सदस्यहरुमा लोकतान्त्रिक समूहबाटै डा रितेश थापा, डा नन्दकुमारी गुरुङ, डा विपेश आचार्य, डा सञ्जिव तिवारी, डा प्रमोद जोशी निर्वाचित भएका छन्। सदस्यमा एक जना पेशागत समावेशी समूहका डा लिजन महर्जन विजयी भए । उनले लोकतान्त्रिकका डा विक्रान्त ढकाललाई पराजित गरेका हुन्।

संघको नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर गत माघ ४ र ५ गते र उपत्यकामा माघ १७ देखि २१ गतेसम्म मतदान भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस संक्रमितका लागि १४७ शय्या तयारी अवस्थामा

कोरोना भाइरस संक्रमितका लागि १४७ शय्या तयारी अवस्थामा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितका लागि १४७ शय्या तयारी अवस्थामा रहेको जनाएको छ। मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिएको हो।

सोमवार पत्रकारहरूसँग कुरा गर्दै मन्त्रालयको स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले भाइरस संक्रमणको लक्षण फेला परे उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। उपत्यकामा रहेका ६ वटा ‘हब’ अस्पताल र ‘स्याटेलाइट’ अस्पतालमा उपचार व्यवस्था गरिने उनको भनाइ छ।

‘वीरेन्द्र सैनिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल हब अस्पताल हुन्’, उनले भने, ‘टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताललाई स्याटेलाइट अस्पतालका रूपमा उपचार गर्ने व्यवस्था गरिएको छ।’

दाहालले चीनबाट आउने विद्यार्थीहरूलाई लागि विशेष ‘प्रोटोकल’ बनाएर सुरक्षित रूपमा राख्न लागेको समेत जानकारी दिए । त्यसका लागि सोमबार इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरूलाई विशेष तालिम दिएको पनि उनको दाबी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

वुहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, बाध्य भएर अरु देश गुहार्न नपरोस्

वुहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, बाध्य भएर अरु देश गुहार्न नपरोस्

काठमाडौं : चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलाई चाँडो स्वदेश ल्याउना अभिभावकहरूले फेरि सरकारको ध्यानाकर्षण गरेका छन्।

सोमबार काठामाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अभिभावकले आफ्ना छोराछोरी छिटो नेपाल ल्याइदिन माग गरेका हुन्। अभिभावक उमेशबहादुर सिंहले अहिलेसम्म सबैजना सकुशल रहेको र नेपाल ल्याउन ढिलो गरे संक्रमण देखिनसक्ने भन्दै छिटो गर्न आग्रह गरे। ‘चीनले आफ्ना नागरिक लैजानु भनिसकेको छ। केकाे ढिलाइ?’, उनले भने, ‘यस्तो समय नआओस्, बाध्य भएर अरु देश गुहार्नुपरोस्।’

अर्की अभिभावक गीता भट्टराईले आफूहरु मन्त्रालय धाउँदा धाउँदा थाकिसकेको बताइन्। उनले के कारणले ढिलो भएको बुझ्न नसकेको बताइन्। ‘छोराछोरी सम्झिँदा भक्कानो छुट्छ’, उनले भनिन्, न हामी यहाँ निदाउन सकेका छौँ। न उनीहरू।’ जनताका लागि काम गर्ने भन्नेहरूको व्यवहार देख्दा अचम्ममा परेको उनको भनाइ छ।

चीनको हुवेइ प्रान्तको वुहानबाट १८० जना नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्। चीनको वुहानबाट सन २०१९ डिसेम्बरको अन्त्यतिर पहिलोपटक देखिएको कोरोना भाइरस अहिले चीन र विश्वका २३ मुलुकमा फैलिएको छ। अहिलेसम्म ४० हजारभन्दा बढीमा  कोरोना भाइरस संक्रमण देखा परेको छ भने ९०९ जनाको मृत्यु भइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यकर्मीको समायोजन तीन दिन भित्र सक्न मन्त्रीको निर्देशन

स्वास्थ्यकर्मीको समायोजन तीन दिन भित्र सक्न मन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको समायोजन जसरी पनि माघ मसान्तसम्म समाधान गर्न सहसचिव महेन्द्र प्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन्।

समायोजनका कारण अन्य काममा बाधा पुगेको भन्दै यसलाई छिटो समाधान गर्न मन्त्री ढकालले आफूलाई निर्देशन दिएको श्रेष्ठले जानकारी दिए ।

सोमबार स्वास्थ्य मन्त्रालयमा समायोजनकै काममा जुटिरहेका श्रेष्ठले माघ मसान्तसम्म सबै काम सकाउन सम्भव नभएको भन्दै एक सातामा भने जसरी पनि समाधान गर्ने बताए। उनले भने, ‘एक सातामा सबै काम सकिन्छ र हामी समायाेजनकाे गुनासो  सुन्ने समिति नै भंग भएको घोषणा गछौं ।’

उनले स्वास्थ्यमा अझै ३ हजार स्वास्थ्यकर्मीको समायोजन बाँकी रहेको पनि जानकारी दिए । त्यसमध्ये ५ सय जना स्वास्थ्यकर्मीको गुनासो सुनुवाई हुने र बाँकी २ हजार ५ सय जनाको सुनुवाई गर्न नसकिने पनि  जिकीर गरे ।

अन्य मन्त्रालयका कर्मचारी समायोजन भएर आ आपनो काममा गइसकेका बेला स्वास्थ्यको समायोजन भने अझै पनि मन्त्रालयको टाउको दुखाई बनिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यसरी जोगाउनुस् आफ्ना बालबालिकालाई ‘सिजनल फ्लु’बाट

Subscribe our Youtube channel

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

Breast Cancer- सचेत रहे बच्न सकिन्छ

ताजा अपडेट