सांसदहरुको पीसीआर विधीमार्फत कोरोना परीक्षण हुँदै

सांसदहरुको पीसीआर विधीमार्फत कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सांसदहरुको कोरोना परीक्षण शुरु भएको छ । शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

केही सांसदहरु हाल कोरोना संक्रमित देखिएका क्षेत्रबाट पनि आउने भएकाले अधिवेशनको अघिल्लो दिन पीसीआर टेष्टको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।

बिहीबार बिहान १० बजेदेखि नै स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरु संसद भवन बानेश्वर पुगेका थिए। स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ । मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख २१ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख २१ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  विश्वभर कोरोना भाइरसको संक्रमणका कारण २ लाख ६६ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।  यसैगरी वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमितको संख्या ३८ लाख २१ हजार नाघेको छ ।

कोरोनाको सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बेलायतमा कोरोनाको कारण ३० हजार ७६ जनाको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या २० लाख बढीमा देखिएको छ। इटलीमा २९ हजार ३ सय, स्पेनमा २५ हजार ८ सय, फ्रान्समा २५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । ब्राजिलमा ८ हजार ५ सय ८८ जना, इरानमा ६ हजार ४ सय १८ जनाको ज्यान गएको छ ।

त्यस्तै भारतमा ५२ हजार ९८७ संक्रमित भएका छन् मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ । पाकिस्तानमा संक्रमितको संख्या २२ हजार ५ सय नाघेको छ भने ५ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी विश्वभर १३ लाख १ हजार ७२५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

A 2 month-old baby becomes youngest person diagnosed with coronavirus in Nepal

A 2 month-old baby becomes youngest person diagnosed with coronavirus in Nepal

Health TV Online/Kathmandu: A 2 month-old baby has been diagnosed with the corona virus, the youngest case recorded so far in Nepal. The baby infected with the virus is a resident of Birjung in Parsa district of Province number 2. It is unclear how the virus was transmitted. Earlier, a seven year-old girl child has been infected with the virus in Nepalgunj of Province number 5.

The Ministry of Health and Population (MoHP) of Nepal on Wednesday confirmed the infection in the baby along with 16 more positive cases all from the same place. With these 17 new cases, the total number corona virus cases in Nepal reached to 99.

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दुई महिने शिशुमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

दुई महिने शिशुमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा पहिलोपटक दुई महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । यसभन्दा अघि नेपालगञ्जमा ७ वर्षे बालिकामा कोरोना भाइरस देखिएको थियो ।

शिशुलाई कोबाट कोरोना सरेको हो भन्ने एकिन भइसकेको छैन्। संक्रमित सबैलाई आइसोलेसनमा राख्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीरगञ्जमा थप १७ जना संक्रमित थपिएको पुष्टि गरेका हुन्।

संक्रमित हुनेहरुमा १० जना पुरुष र ७ जना महिला रहेकाे बताइएको छ । त्यसमा २ महिने शिशु पनि रहेकाे मन्त्रालयले जनाएकाे छ । बुधबार कोरोना पुष्टि भएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितको संख्या ९९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले लकडाउनलाई थप दश दिन लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोना नदेखिएका क्षेत्रमा केही खुकुलो गर्ने प्रस्ताव गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलाीले भारतमा कोरोना संक्रमितको संख्या बढ्नु नेपालका लागि पनि जोखिम हो भन्दै लकडाउन लम्ब्याउने निर्णय गरेका हुन्।

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ देखि लकडाउन शुरु गरेको थियो । पछिल्लोपटक थपिएको लकडाउनको समय वैशाख २५ सम्म छ । आज लकडाउनको ४४ औं दिन हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोशी अस्पतालमा रहेका ६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज

कोशी अस्पतालमा रहेका ६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोना संक्रमण भएर विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा भर्ना भएका ६ जना संक्रमित आज अस्पतालबाट डिस्चार्ज भएका छन्। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका थिए । उनीहरुमध्ये ६ जना आज डिस्चार्ज भएका हुन् ।

उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा भने अझै पोजेटिभ रिपोर्ट देखिएपछि उनीहरु भने डिस्चार्ज हुन पाएनन्।  अस्पतालले १३ जना संक्रमितको अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि दोस्रो र तेस्रो स्वाब संकलन गरेर परीक्षण गर्दा समेत ६ जनामा नेगेटिभ नै देखिएपछि उनीहरुको डिस्चार्ज गर्न सिफारिस गरिएको अस्पतालले जनाएको छ ।

उनीहरुलाई डिस्चार्ज गरिएको भएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भनिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना कहर: एकैदिन ३ हजार ९ सय संक्रमित फेला

भारतमा कोरोना कहर:  एकैदिन ३ हजार ९ सय संक्रमित फेला

हेल्थ टिभी अनलाइन \काठमाडौं:  भारतमा कडा लकडाउनका बावजुत पनि कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।

२४ घण्टामा ३हजार ९ सय नयाँ संक्रमित फेला परेका छन्। योसँगै भारतमा संक्रमितको संख्या ४६ हजार ७ सय ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसैगरी मृत्यु हुनेको संख्या १५ सय ८३ पुगेको छ । गत २४ घण्टामा मात्रै १ सय ९५ जनाले ज्यान गुमाएका छन्। यसैगरी कोरोनाको उपचार पछि निको भएर घर फर्किनेको संख्या १३ हजार १ सय ६१ रहेको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै १५ हजार बढी संक्रमित भेटिएका छन्। २४ घण्टामा यहाँ ८ सय ४१ नयाँ संक्रमित फेला परे भने ३४ जनाले ज्यान गुमाएका छन्। मुम्बईमा मात्रै १० हजार भन्दा बढी संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘क्यान्सर सर्भाइभरले लकडाउनलाई परिवारसँग बिताउने अमूल्य समयका रुपमा लिऔँ’

‘क्यान्सर सर्भाइभरले लकडाउनलाई परिवारसँग बिताउने अमूल्य समयका रुपमा लिऔँ’

प्रमिता खनाल

कोभिड- १९ अर्थात कोरोना महामारीले विश्वलाई नै त्रसित बनाइरहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरुले आ आफनो देशमा लकडाउन गरेका छन्। जसका कारण यातायात, कलकारखाना, व्यापार व्यवसाय सम्पूर्ण पूर्णरुपमा बन्द छन्। नेपालमा पनि गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेको छ जुन जेठ २५ सम्म जारी छ ।

अहिलेसम्म यसको औषधि वा खोप नबनेकाले यतिबेला लकडाउन पालदा गर्दै सामाजिक दूरी कायम गर्नुको विकल्प छैन्। सरकाले सरसफाईमा ध्यान दिंदै नियमित साबुन पानीले हात धुन, यसैगरी एक अर्कामा दूरी कायम गर्न, सेनिटाइजरको प्रयोग गर्न र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना महामारीको चपेटामा सबैभन्दा बढी  दीर्घरोगी र वृद्धहरु पर्ने बताइएको छ । त्यसैले उनीहरुले यो समयमा बढी सर्तकता अपनाउनुपर्छ । त्यसो त सबैले याद गर्नुपर्ने कुरा केहो भने रोग जासुकैलाई पनि लाग्नसक्छ । त्यसैले सरकारले गरेको लकडाउनको पालना गर्दै घरमै बस्नु बुद्धिमानी हुन्छ । हामी धेरैले कार्य व्यस्तताले अरु बेला घर परिवारामा समय दिन पाइरहेका हुँदैनौं । यो परिवारलाई समय दिने राम्रो अवसरका रुपमा लिन सकिन्छ । एक अर्कालाई नजिकबाट बुझ्ने र समय बिताउने सूवर्ण अवसर हो लकडाउन ।

म आफू क्यान्सर सभाईभर भएकाले क्यानन्सर सर्भाइभरकै लागि केही कुरा लेख्न मन लागेको छ । यो समय हामीले कसरी सदुपयोग गर्न सक्छौं भनेर यो लेख तयार गर्न लागेकी हुँ।  सामान्यतया अरु सामान्य मानिसको जस्तो हो त्यस्तै जीवनशैली हुन्छ क्यान्सर सर्भाइभरको पनि । तर यसबेला अझ बढी हामीले ख्याल गर्नुपर्छ जस्तो लाग्छ । कोरोना महामारीका कारण घरभित्रै बन्द भएर बस्न पर्दा सभाईभरलाई दिक्क लागेको हुनसक्छ । यसले झनै स्वास्थ्यमा समस्या निम्त्याउँछ । त्यसैले यसलाई देशको एक परिस्थिती ठानेर आफूलाई व्यस्त राख्नुपर्ने हुन्छ ।

क्यान्सरका बिरामी वा निको भइसकेकालाई कोरोना भाइरसले बढी जोखिम निम्त्याउन सक्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले हामी अझ बढी सतर्क भएर भिडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कन परे मास्कको प्रयोग गर्ने गर्नुपर्छ । त्यसैले म क्यान्सर सर्भाइभर भएको नाताले म जस्तै सर्भाइभरलाई सुरक्षित रहन र घरमै बस्न र परिवारसँग समय बिताउन आग्रह गर्दछु। घरमा बस्न पर्यो भनेर दिक्क मान्नुको सट्टा यो बेला लकडाउनलाई परिवारसँग बिताउने समय हो भनेर सोचौँ ।

हामीले आफनो सरसफाईमा ध्यान राख्दै घरायसी काममा आफुलाई व्यस्ता राख्न सकिन्छ । धेरै समय मोबाइल र टिभीमा मात्र समय बिताउँदा नचाहिने सूचनाहरुले तनाव दिनसक्छन्। त्यसैले मोबाइलमा धेरै समय नबिताएकै राम्रो । दैनिक रुपमा  परिवारका सदस्यसँगै बिहान व्यायाम गर्ने, मेडिटेसन गर्ने गर्न सकिन्छ । यसले शरीर स्फूर्त राख्न मद्दत गर्छ । बिदा भनेर धेरै ढिला समयसम्म सुत्नुभन्दा उठेर यताउता टहलिन सकिन्छ । प्रयाप्त निद्राका लागि समयमै सुत्न जरुरी छ । कम्तीमा पनि ७ देखि ८ घण्टा सुतौं । सुगर, प्रेसर बिरामीहरूको लागी पनि यो व्यायाम अत्यन्तै जरुरी छ । किनकी अहिले हामी बाहिर निस्कने अवस्था छैन घरमा नै गर्ने सरल र सजिला व्यायामहरु गर्न सकिन्छ । घरमा खुला स्थान छ भने घरमै हिंडदा पनि हुन्छ । यसाे गर्दा परिवारका सबै सदस्य सामेल भएर गरौं । यसले रमाइलो पनि हुन्छ व्यायाम पनि ।

यसैगरी घरको आँगनमा निस्केर डोरी खेल्ने, ब्याडमिन्टन खेल्ने,पनि गर्न सकिन्छ । अहिलेको समयमा सन्तुलित भोजन खाने,तनाव नलिने, व्यायाम गर्ने,ध्यान योगा आदि जे गर्नुहुन्छ त्यसलाई नियमित कायम राख्ने गर्दा समस्या आउनबाट जोगिन सकिन्छ । क्यान्सरका बिरामी वा निको भइसकेकालाई कोरोना भाइरसले बढी जोखिम निम्त्याउन सक्छ भन्ने कुरा अध्ययनहरुले देखाएका छन्। त्यसैले हामी अझ बढी सतर्क भएर भिडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कन परे मास्कको प्रयोग गर्ने गर्नुपर्छ । कतिपयलाई फलो अपका लागि अस्पताल जानुपर्ने हुनसक्छ । यो बेला आफनो डाक्टरलाई फोन गरेर कुरा गरेर मात्र अस्पताल गएको राम्रो हुन्छ । औषधि खानुपर्ने बिरामीले पनि आफनो औषधि छ छैन् सकिन लागेको भए पहिल्यै त्यसको लागि कुरा गर्ने गर्न जरुरी छ । लकडाउन छ भनेर औषधि खान छोड्न हुँदैन । त्यसैले म क्यान्सर सर्भाइभर भएको नाताले म जस्तै सर्भाइभरलाई सुरक्षित रहन र घरमै बस्न र परिवारसँग समय बिताउन आग्रह गर्दछु। घरमा बस्न पर्यो भनेर दिक्क मान्नुको सट्टा यो बेला लकडाउनलाई परिवारसँग बिताउने समय हो भनेर सोचौँ ।

 खनाल नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

अस्पतालबाट निको भएर गएकामा पुन: देखियो कोरोना संक्रमण

अस्पतालबाट निको भएर गएकामा पुन: देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना संक्रमणबाट निको भएर घर गएका तीन जनामा पुन संक्रमण देखिएको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र वीरगञ्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका दुई जनामा पुन: कोरोना संक्रमण देखिएको हो । उनीहरुको लगातार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । फलो अपमा आउँदा पुन: कोरोना पोजेटिभ देखिएपछि अहिले एक जनालाई पाटनको आइसोलेसनमा र दुई जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको अब लगातार दुईपटकसम्म कोरोना रिपोर्ट नेगेटिभ नआउन्जेल अस्पतालमै राखिनेछ । अन्य मुलुकहरुमा पनि कोरोना पुन: देखिएको विज्ञहरुले जनाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

Lockdown gives Enthralling Shape to Kathmandu (Photo story)

Lockdown gives Enthralling Shape to Kathmandu (Photo story)

Kalpana Acharya/Kathmandu: Nepal has been into complete lockdown for last 43 days so does the Kathmandu valley-the home for 4 million people. Vehicular movement, shops, hotels and malls, schools and businesses, offices and markets are into standstill in an attempt to control the COVID-19 pandemic.

The nationwide lockdown has been extended until May 7 and the government is planning to lengthen it by two more weeks as the novel coronavirus cases rose to 82 after 7 people tested positive on Tuesday in Nepalgunj.

We went on to roads and some historical streets in the valley this morning to observe how it looks without human footprints. With no dust and pollution the city looked enthralling, calm and quiet. Find the city in photos:

2. A pedestrian on phone while crossing the Bhadrakali-Singhdarbar road section
A pedestrian on phone while crossing the Bhadrakali-Singhdarbar road section
3. Entrances of the isolated Soaltee Crown Plaza and the Platinum Hotel ( star hotels in Soaltimod)
Entrances of the isolated Soaltee Crown Plaza and the Platinum Hotel ( star hotels in Soalteemod)

Two vultures fighting on sky above the New road entrance gate while few others seen flying around
Two vultures fighting on sky above the New road entrance gate while few others seen flying around

Peepal tree leaves blowing over and by the side Jung Bahadur Rana’s (the initiator of Rana Regime in Nepal) –statute riding a horse near Bhadrakali Temple
Peepal tree leaves blowing over and by the side Jung Bahadur Rana’s (the initiator of Rana Regime in Nepal) –statute riding a horse near Bhadrakali Temple

6. Quiet Nakhhu (Lalitpur)- Balkhu/Kalanki (Kathamndu) section road
Quiet Nakhhu (Lalitpur)- Balkhu/Kalanki (Kathamndu) section road

7. A couple their way to home buying morning essentials while few others seen feeding pigeons at the Patan Durbar Square (the UNESCO World Heritage Site)
A couple their way to home buying morning essentials while few others seen feeding pigeons at the Patan Durbar Square (the UNESCO World Heritage Site)

Nepal’s first underpass road section at Kalanki built as part of the ring-road expansion with support from the Chinese government
Nepal’s first underpass road section at Kalanki built as part of the ring-road expansion with support from the Chinese government

9. The trees’ greenery and jacaranda flowers welcome motorcyclists moving towards Shashid Gate (Martyr’s gate) – at the Southern part of Tundikhel
The trees’ greenery and jacaranda flowers welcome motorcyclists moving towards Shashid Gate (Martyr’s gate) – at the Southern part of Tundikhel
1. A vulture flying above GhantaGhar (Nepal’s first public tower clock, built by Bir Shumsher) between two blossomed Jacaranda flower trees
A vulture flying above GhantaGhar (Nepal’s first public tower clock, built by Bir Shumsher) between two blossomed Jacaranda flower trees

Photos by: Deepesh D. Sherstha

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Japan provides mammography equipment to Nepal Cancer Care Foundation

Japan provides mammography equipment to Nepal Cancer Care Foundation

Overlooked and Underpaid, Nepal’s Pregnant Sanitation Workers Suffer During COVID-19

Overlooked and Underpaid, Nepal’s Pregnant Sanitation Workers Suffer During COVID-19

Experts call for ensuring access to safe abortion services in COVID context

Experts call for ensuring access to safe abortion services in COVID context

हालसम्म १३ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण, ८२ जना संक्रमित

हालसम्म १३ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण, ८२ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा हालसम्म पीसीआर विधिमार्फत १३ हजार ८ सय ५० जनाको परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुराको जानकारी दिएका हुन्। यसैगरी मन्त्रालयका अनुसार आरडीटी विधिमार्फत हालसम्म ५२ हजार २ सय २७ जनाको परीक्षण गरिएको छ । आजसम्मको तथ्यांक अनुसार नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन्। प्रदेश नंबर १ मा ३१ जना, प्रदेश २ मा १३ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएका हुन्।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्य  संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत २४ घण्टामा १ हजार ५ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ । यसैगरी २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन्। कोरोनाको आशंकामा आइसोलेसनमा रहनेको संख्या १ सय २० रहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइन लाँदै गर्दा मृत्यु भएका बैतडीका लुहारको कोरोना रिपोर्ट नेगेटिभ

क्वारेन्टाइन लाँदै गर्दा मृत्यु भएका बैतडीका लुहारको कोरोना रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: क्वारेन्टाइन लाँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको स्वाब परीक्षण गर्दा कोरोना रिपोट नेगेटिभ आएको हो। उनको स्वाव परिक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको थियो। मंगलबार बिहान उनको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

लुहारको वैशाख २० गते क्वारेन्टाइनमा जाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए। एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै एक महिना बसेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीर अस्पतालमै सकियो किट, कोरोना परीक्षण दुई दिनदेखि बन्द

वीर अस्पतालमै सकियो किट, कोरोना परीक्षण दुई दिनदेखि बन्द

कल्पना आचार्य \काठमाडौं: काठमाडौंको वीर अस्पतालमै कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्ट्रयाक्सन’ किट सकिंदा दुई दिनदेखि परीक्षण रोकिएको छ ।

वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले किटको अभावमा परीक्षण  दुई दिनदेखि  रोकिएको बताए । उनले भने, ‘यसका लागि स्वास्थ्य मन्त्रालयमा एक सातादेखि भनिरहेका छौं तर अहिलेसम्म किट आइपुगेको छैन्।’  उनले वीर अस्पतालले पाएको किट मन्त्रालयकै अनुरोधमा ६ नं प्रदेशमा पठाएकाले अस्पतालमा कम परेको बताए ।

किट नहुँदा दैनिक रुपमा २० देखि २२ जनासम्मको काराेना परीक्षण हुँदै आएकोमा अहिले साे ठप्प भएको  वीर अस्पतालकी प्याथोलोजी विभागकी प्रमुख डा. प्रतिभा विष्टले जानकारी दिइन्।  वीरले जम्मा ४०० किट पाएकोमा त्यसमा पनि मन्त्रालयको अनुरोधमा २ सय किट पुन:उनीहरुकै प्रयोजनका लागि दिइएको थियो । कोरोनाको संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बेलामा किटको अभाव भएको छ, उनले भनिन्।

वीर अस्पतालमा ल्याबका लागि दक्ष जनशक्ति एवं  मेशिन हुँदाहुँदै पनि किटको अभावमा परीक्षण रोकिनु दुर्भाग्य भएको उनकाे भनाइ छ।

सरकारले देशभरका १८ स्थानमा पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न शुरु गरेको भए पनि कतिपय स्थानमा किटको अभावमा परीक्षण रोकिने क्रम बढेको छ । सरकारले हिजो मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर विधिमार्फत कोरोना परीक्षण शुरु गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३ हजार ६४० जनाको मात्र पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जमा फेरी थपिए ७ जना, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्जमा फेरी थपिए ७ जना, संक्रमितको संख्या ८२ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौ: नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा थप ७ जना संक्रमित थपिएको जनाएको हो । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भेरी अस्पतालमा  सोमबार साँझ  गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु मध्ये ३ जना पुरुष र चार जना महिला रहेका छन्। उनीहरु पनि नेपालगञ्जका पहिलो संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका आफन्तहरु रहेको बताइएको छ । योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ भने नेपालमा ८२ पुगेको छ । नेपालगञ्जमा यसभन्दा अघि शुक्रबार एक जनामा र आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको सम्पर्कमा आउनेको परीक्षण गर्न शुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि कोरोना परीक्षण शुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि कोरोना परीक्षण शुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं: जुम्लामा पनि पीसीआर विधि मार्फत कोरोना परीक्षण शुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल जुम्लामा पीसीआर विधि मार्फत कोरोना परीक्षण शुरु भएको हो।

सोमबारदेखि कोरोना परीक्षण शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए । उनले  मुगुको विकट गाउँमा खटिएका ७ जना स्वास्थ्यकर्मी र एक जना स्थानीयको स्वाबको नमुना परीक्षण गरेर सेवा शुरु गरेको बताए ।

डा रावलले प्रतिष्ठानले आफनै खर्चमा पीसीआर मेशिन किनेर सेवा सञ्चालनमा ल्याएको बताए । हाललाई एक पटकमा ९४ जनाको नमुना परीक्षण गर्न सकिने पनि उनले जानकारी दिए । यद्यपी धेरै संख्यामा परीक्षण गर्न परेमा दुई सिफ्टमा काम गर्न सकिने पनि उनले जानकारी दिए। जुम्लामैं पीसीआर विधिमार्फत परीक्षण शुरु हुँदा नमुना अन्यत्र पठाउन नपर्ने र रिपोर्ट पनि छिटो आउने भएकाले अब सहज हुने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरका १७ स्थानबाट पीसीआर विधि मार्फत कोरोना परीक्षण हुँदै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जमा कोरोना सर्तकता: तीन दिन घरबाहिर निस्कन समेत नपाइने

नेपालगञ्जमा कोरोना सर्तकता: तीन दिन घरबाहिर निस्कन समेत नपाइने

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  एकैपटक १६ जना कोरोना संक्रमित फेला परेपछि बाँके प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गर्दै घरबाहिर निस्कन समेत बन्देज लगाउने भएको छ।

लकडाउन पूर्ण रुपमा पालना नगरेका कारण कोरोना संक्रमण बढेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । मंगलबारदेखि शुरु हुने उक्त समय बिहिबार रातीसम्म जारी रहनेछ। योसँगै सरकारले घोषणा गरेको लकडाउन पनि जारी नै रहने बताइएको छ ।

नेपालगञ्ज कोरोनाको हटस्पट बन्न थालेको भन्दै यसको संक्रमण रोक्नका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्नका लागि यो कदम चालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।  नेपालगञ्जमा गत शुक्रबार ६० वर्षीय एक जना पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार थप १५जनामा कोरोना देखिएको थियो । संक्रमित १६ जना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘डिस्इन्फेक्सन स्प्रे’ मानिसमा छर्ने होइन्: स्वास्थ्य मन्त्रालय

‘डिस्इन्फेक्सन स्प्रे’ मानिसमा छर्ने होइन्: स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना संक्रमण कम गर्न भन्दै मानिसमा नै डिस्इन्फेक्सन केमिकल छरेको प्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केमिकल मानिसमा छर्दा कोरोना भाइरस मर्ने नभई उल्टो अनेकौं समस्या ल्याउने बताए । उनले केही व्यक्तिहरुले मानिसमा डिस्इन्फेक्सन गर्ने भन्दै केमिकल छरेकोमा आपत्ति जनाउँदै यसलाई तुरुन्त रोक्न आग्रह गरे ।

उनले भने, ‘कुनै पनि सामानलाई स्प्रे गरेर सुरक्षित गर्न सकिन्छ तर त्यसको मतलब मानिसमा छर्ने होइन।’ उनले यस्तो केमिकलले छाला, आँखा, साथै श्वासप्रश्वासमा समेत समस्या निम्त्याउने हुँदा यस्ता कार्य तत्काल बन्द गर्नुपर्नेमा जोड दिए ।  जनस्वास्थ्य विज्ञहरुले यस्ता कार्यले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै यसलाई रोक्न आग्रह गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्

२४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा २४ घण्टामा १ हजार ३ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना आशंकामा गत २४ घण्टामा १ हजार तीन सय ८२ जनाको नुमना परीक्षण गरिएको बताए । उनले आज नयाँ संक्रमित फेला नपरेको पनि जानकारी दिए।

यसैगरी हालसम्म आरडीटी विधि मार्फत ५० हजार ८ सय ४५ जनाको परीक्षण गरिएको र पीसीआर विधिमार्फत १३ हजार ६४० जनाको कोरोना नुमना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ५ सय २३ रहेको छ यसैगरी कोरोनाको आशंकामा विभिन्न अस्पतलाको आइसोलेसनमा रहनेको संख्या १ सय ६ रहेको छ । काठमाडौं उपत्यकामा १ र १ सय ५ जना उपत्यका बाहिर रहेका छन्।  नेपालमा कोरोना संक्रमितको संख्या ७५ रहेको र १६ जना उपचारपछि निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । ५९ जना संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

हेलिकप्टरबाट सुत्केरीको उद्दार

हेलिकप्टरबाट सुत्केरीको उद्दार

शेर भण्डारी\ डडेल्धुरा : धनगढीबाट एक सुत्केरीको उद्दार गरी काठमाडौं लगिएको छ । बझाङको केदारस्यू गाउँपालिका २ की ३३ वर्षीया जानकी रावलको धनगढीबाट हेलिकप्टरबाट उद्दार गरिएको हो।

बझाङमा ११ दिन अघि छोरी जन्माएकी उनलाई पेट सुन्निएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो। डडेल्धुरा अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई धनगढीको सेती प्रादेशिक अस्पताल रिफर गरेको थियो। सो अस्पतालमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टर मार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको छ।

सुदूरपचिम सरकारको एयर लिफ्ट कार्यक्रम मार्फत उनको उद्दार गरिएको सामाजिक विकास मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले जानकारी दिए।

रावलकी ११ दिनकी छोरीलाई भने धनगढीमा नै राखिएको बताइएको छ।

ताजा अपडेट