Health TV Online
Health TV Online
Health TV Online

चेपाङ बालबालिकामा कुपोषण

चेपाङ बालबालिकामा कुपोषण

चितवन ः इच्छाकामना गाउँपालिका–१ थाप्राङकी चेपाङ बस्तीमा बाल मृत्युदर बढ्दो छ। यसको प्रमुख कारण कुपोषण हो।

भूबनोट र खाने बानीमा भएको समस्याका कारण बाल मृत्युदर बढेको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर खड्काले बताए। उनका अनुसार कुपोषणको मुख्य दोष गरीबी नै हो । ‘गरीबीका कारण पेटभरि खान पाउने अवस्था छैन, एउटै घरमा आठ\दश सन्तान समेत हुन्छन्। अनि कसरी पोषिलो खाना खान पाउनु?’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेल समग्र जिल्लाको तथ्याङ्कअनुसार चार बालबालिका मध्ये एक जनालाई कुपोषण हुने गरेको बताउँछन्। ‘कुपोषण भएपछि रोगसँग लड्ने क्षमता घट्छ’, उनले भने।

पोषिलो खानेकुरा, सहजरूपमा स्वस्थ्य उपचार नपाएकै कारण बालबालिका कुपोषणको सिकार भएको उनको भनाइ छ। गाउँको खाना पोषिलोभन्दा पनि छाक टार्नकै समस्या रहेको पौडेलले बताए।

नेपालको पोषणसम्बन्धी राष्ट्रिय नीतिले सन् २०२५ सम्म नेपालमा कुपोषणको दर शून्यमा झार्ने भन्दै सरकारी तथा गैरसरकारी तबरबाट विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिए पनि चितवनको पहाडी चेपाङ गाउँका बालबालिकाको अवस्थाले राष्ट्रिय लक्ष्य पूरा गर्न निकै चुनौती हुने सरोकारवालाको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार