Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पताल प्रविधिमैत्री

जिल्ला अस्पताल प्रविधिमैत्री

बैतडी : जिल्ला अस्पताल प्रविधीमैत्री बनेकाे छ। बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उनले बताए। अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा हातले लेखेर बिरामीलाई सेवा दिनुपर्ने अवस्था अन्त्य भएको डा. विष्टको भनाइ छ यो कार्यले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको र आर्थिक पारदर्शिता पनि कायम भएको छ।

अस्पतालमा भिडियो एक्सरेका लागि पनि अहिलेको भन्दा गुणस्तरीय नयाँ उपकरण आएको तर जडान गर्न मात्र बाँकी छ भने विद्युतीय हाजिरी र इन्टरकम फोन पनि जडान गरिएको छ। अस्पताल प्रविधिमैत्री बन्दा  सेवा दिन सहज भएको अस्पतालका मेडिकल अधिकृत डा वसन्तराज जोशीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार