हाेली खेल्दै हुनुहुन्छ, यसरी अपनाउनुस् सावधानी
रंगहरूको पर्वका रूपमा चिनिन्छ, फागुपुर्णिमा अर्थात् होली। काठमाडौं उपत्यकामा पूर्णिमामा हाेली खेलिन्छ भने तराईमा भाेलिपल्ट। यसपालि पहाडी क्षेत्रमा बुधबार र तराईमा बिहीबार हाेली मनाइँदैछ।
होलीमा विशेषत: विविध किसिमका रंग र पानीकाे अत्यधिक प्रयोग हुन्छ। रंगहरूमा विभिन्न किसिमका ‘केमिकल’ हुने भएकाले छाला र आँखामा गम्भीर असर पर्न सक्छ। एक दिन रमाइलाे गर्दा जीवनभर पछुताउनुपर्ने अवस्था आउन सक्छ। त्यसैले होली खेल्दा सावधानी अपनाउनुपर्छ।
यसरी अपनाऔँ सावधानी–
होली खेल्नुअघि कपडा छनोट गरौँ। सकेसम्म पातलो र हल्का कपडा लगाऔँ।
रङ पर्दा आँखा बिग्रिन सक्छ। त्यसैले होली खेल्दा चस्मा लगाउन सकिन्छ
कपालमा नरिवलको तेल प्रयोग गर्दा ‘ड्यामेज’ हुनबाट जोगाउन सकिन्छ।
सकेसम्म पूरै छाला ढाक्नेगरी कपडा लगाऔँ।
घाममा होली खेलिने हुँदा सनस्क्रिन लगाऔँ। यसले छालालाई डढ्नबाट जोगाउँछ।
रंग लाग्यो भनेर छाला रगडेर धुने काम नगरौँ। यसले झन् समस्या निम्त्याउँछ।
रंग खेलिसकेपछि सफा पानीले पखालेर ‘मोस्चराइजिङ’ क्रिम लगाऔँ।
छालाराेग विशेषज्ञ डा.पद्मा मल्लसँगकाे कुराकानीमा आधारित





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण