मुटुराेग लाग्न नदिन खानपानमा दिनुस् ध्यान
अस्वस्थ खानपान र जीवनशैलीले मोटोपना, मधुमेह हुने तथा कोलेस्ट्रोल बढ्ने सम्भावना अत्यधिक हुन्छ। यसले मुटुको धमनीमा बोसो जम्ने समस्या निम्तिन्छ। पछि गएर मुटुको धमनी नै शतप्रतिशत बन्द हुनेसमेत हुन्छ। स्वस्थ मुटुका लागि खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।
के खाने ?
पर्याप्त मात्रामा सागपात, फलफूल खानुपर्छ। यसबाहेक दाल, तरकारीको झोल प्रशस्त पिउनुपर्छ। यी खानेकुराम सकेसम्म कम चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ। बोसोरहित मासु सेवन गर्नुपर्छ। अझ उसिनेर खाए झन् उत्तम हुन्छ ।
के नखाने?
नदेखिने चिल्लो पदार्थका स्रोत जस्तै, नरिवल, काजु, बदाम, ओखरजस्ता फल धेरै सेवन नगर्दा राम्रो हुन्छ। खानामा ठोस खानेकुरा बढी समावेश गर्नुहुँदैन । बजारमा जथाभावी पाइने फास्टफुड र ड्राइफुड खानैहुँदैन। त्यस्तै, सकेसम्म कम नुन खानु राम्राे हुन्छ ।
धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ । यस्ता पदार्थले रक्तसञ्चारमा समस्या ल्याउनुका साथै हृदयाघात गराउने सम्भावना पनि उच्च हुन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण