Health TV Online
Health TV Online
Health TV Online

तुलसीपुरमा सुविधासम्पन्न एम्बुलेन्स सञ्चालन

तुलसीपुरमा सुविधासम्पन्न एम्बुलेन्स सञ्चालन

दाङ : तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। तुलसी अस्पताल प्रालिले सो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिए।

आईसीयू, भेन्टिलेटर, कार्डियाक, इसिजीलगायत सेवासहित बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको डा. खत्रीले बताए। उनले अन्य एम्बुलेन्सभन्दा धेरै सेवा र सुविधा भएको तर महसुल भने त्यति धेरै फरक नपर्ने समेत उनले जानकारी दिए।

सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसगैँ गम्भीर घाइते र बिरामीलाई समयमै अस्पताल पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको सो अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार