Health TV Online
Health TV Online
Health TV Online

एसईईमा छात्राहरूलाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि

एसईईमा छात्राहरूलाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि

म्याग्दी : माध्यमिक शिक्षा परीक्षा (एसईई) सहभागी हुने छात्राहरूलाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ।

यही चैत १० देखि शुरु हुन लागेको एसईईमा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो।

मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेकी छिन्।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताइन्। ‘छात्रा महिनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाएका छौँ। कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भनेर सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ’, अर्यालले भनिन्।

एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ। म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा  छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार