डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला
पोखरा : विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन्।
बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा शनिवार प्रहरीको रोहवरमा ताला खोलेका हुन् ।
आफ्ना माग कानुनी प्रक्रियामा प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगत गरिएको उनीहरूले बताएका छन्। अब पढाइ र अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नगर्ने विद्यार्थी अनित सिन्हाले बताए ।
एमबीबीएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि हुने भएकाले पनि उनीहरू ताला खुलाउन सहमत भएका हुन्। मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरुद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए ।
विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेका छन्। अरु फरार छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’