काभ्रेपलाञ्चाेकमा पनि स्वास्थ्य बिमा
काभ्रेपलाञ्चोक : स्वास्थ्य बिमा बोर्डले जिल्लामा नागरिक स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ। यही चैत १० गतेभित्र जिल्लाका १३ स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाका साथ हाल चारवटा नगरपालिकामा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाई यसबारे अभिमुखीकरण दिइएको छ।
‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ ४८ जिल्लामा लागू गरिएको सो कार्यक्रम गत फागुन अन्तिम साता धुलिखेल नगरपालिकाबाट शुरु भएको हो। बिमा कार्यक्रमअन्तर्गत प्रतिपरिवार पाँच सदस्यका लागि वार्षिक दुई हजार ५०० रुपैयाँ प्रिमियम तिर्नुपर्नेछ। पाँचभन्दा धेरै सदस्य भए प्रतिसदस्य ४२५ थप गर्नुपर्नेछ।
बोर्डका मेडिकल रेकर्ड अधिकृत गुञ्जबहादुर जिसीले पाँच जनाकाे परिवारले ५० हजार रूपैयाँबराबारको सेवा लिनसक्ने बताए। प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने उनले बताए।
बीमा कार्यक्रमअन्तर्गत बहिरङ्ग तथा आकस्मिक सेवा, अन्तरङ्ग सेवा, निदनात्मक सेवाअन्तर्गत एक हजार ११८ प्रकारका औषधि प्राप्त गर्नेछन्। सरकारले यसअघि ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएकामा थप २५ वटा आर्युेवेदिक औषधि पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ।
जिल्लामा स्वास्थ्य बीमा गरेका नागरिकलाई धुलिखेल सामुदायिक अस्पतालबाट सो सेवा उपलब्ध गराइने भएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण