Health TV Online
Health TV Online
Health TV Online

मकवानपुरमा बर्डफ्लु भेटिएपछि पर्सामा सतर्कता

मकवानपुरमा बर्डफ्लु भेटिएपछि पर्सामा सतर्कता

पर्सा छिमेकी जिल्ला मकवानपुरमा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बर्डफ्लु भेटिएको पुष्टि भएपछि सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरिएको बताए।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीस्थित कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएको कुखुराको नमूना परीक्षणका क्रममा बर्डफ्लु भेटिएको थियो। बर्डफ्लु भेटिएपछि यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फर्मलाई केन्द्र बिन्दु मानेर वडा नम्बर ६ र ७, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमाना परिधिभित्रको क्षेत्रमा कुखुरा, अण्डा र सुलीको निकासी रोकेको छ ।

खुला सीमाका कारण पर्सा जिल्ला बर्डफ्लूको जोखिममा छ। भारतबाट पक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि सस्तोमा पाइने हुँदा चोरी तस्करीबाट कुखुरा, चल्ला र अण्डा आउने गरेको छ। विशेष गरी पर्साको जानकीटोला, भिश्वा, इनर्वालगायत नाकाबाट अवैध रूपमा कुखुरा, चल्ला र अण्डा तस्करी हुने गरेको छ। 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार