स्वास्थ्य बिमा गर्नेमा महिला बढी
कालिकोट : जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या बढेको गएको छ। स्वास्थ्य बिमा गर्न थालेको जेठ महिनायता २९ हजारले स्वास्थ्य बिमा गरेका हुन्।
पुरुषको तुलनामा ६० प्रतिशत महिलाले स्वास्थ्य बिमा गराएका स्वास्थ्य बिमाका दर्ता अधिकारी चन्द्र खड्काले बताए। स्वास्थ्य बिमा गर्ने पुरुषभन्दा महिला बढी हालसम्म स्वास्थ्य बिमा गर्ने २९ हजारमध्ये पुरुषभन्दा महिला संख्या बढी रहेको छ। कुल बिमितको सङ्ख्यामा १७ हजार ४०० महिलाले स्वास्थ्य बिमा गरेका छन्।
स्वास्थ्य बिमा गर्ने पुरुषको संख्या ११ हजार ६०० छ। पुरुषहरू रोजगारीका लागि विभिन्न देशमा जाने भएकाले महिलाहरूले बढी बिमा गरेका छन्। बिमितलाई ४२ लाख भुक्तानी २९ हजारले बिमा गरेवापत ४२ लाख ७७ हजार ४८५ भुक्तानी दिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बिमा गरेका व्यक्तिहरूले जिल्ला र स्थानीय स्वास्थ्य चौकी जिल्लाबाहिर उपचार गरेवापत सो रकम भुक्तानी गरेको दर्ता अधिकारी खड्काले बताए
गत जेठ १० गतेदेखि दर्ता शुरु भएको जिल्लामा फागुनसम्ममा २९ हजार बिमित पुगिसकेको खड्काले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण