जिल्ला अस्पतालमा पाठेघर परीक्षण
रसुवा : पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन जिल्ला अस्पतालमा परीक्षण शुरु भएको छ। बुधबार कार्यक्रम गरी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अभियान शुरु गरिएको हाे। दुई नर्सलाई तालिम दिएर निःशुल्क परीक्षण शुरु गरिएको हो ।
पाठेघरको मुखको क्यान्सर पहिचान तथा रोकथाम कार्यक्रमअन्तर्गत जाँच शुरु गरिएको जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. नितु झाले बताइन्। जिल्ला अस्पतालका दुई नर्सलाई नेपाल क्यान्सर केयर फाउण्डेसन, सातदोबाटोमा एक साता तालिम गराएर हरेक हप्ताको आइतबार जिल्ला अस्पतालमा पाठेघरको निःशुल्क परीक्षण गर्ने उनले बताइन्।
याे अभियानअन्तर्गत ३० देखि ६० वर्षसम्मका महिलाको पाठेघरको मुखको परीक्षण गरिनेछ। अहिलेसम्म ३५९ जना महिलाको परीक्षण गरिएकोमा २९ जनामा क्यान्सरको जोखिम देखिएको उलने बताइन्।
त्यसमध्ये दुईजनामा क्यान्सर देखिएको नर्सिङ इन्चार्ज गोमाकुमारी कार्कीले बताइन्। पाठेघरको मुखको परीक्षण गर्दा जोखिम तथा क्यान्सरदेखिका महिलालाई उपचारका लागि नेपाल क्यान्सर केयर फाउन्डेसनमा रिफर गरिएको उनले जानकारी दिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण