जिल्ला अस्पतालमा पाठेघर परीक्षण
रसुवा : पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन जिल्ला अस्पतालमा परीक्षण शुरु भएको छ। बुधबार कार्यक्रम गरी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अभियान शुरु गरिएको हाे। दुई नर्सलाई तालिम दिएर निःशुल्क परीक्षण शुरु गरिएको हो ।
पाठेघरको मुखको क्यान्सर पहिचान तथा रोकथाम कार्यक्रमअन्तर्गत जाँच शुरु गरिएको जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. नितु झाले बताइन्। जिल्ला अस्पतालका दुई नर्सलाई नेपाल क्यान्सर केयर फाउण्डेसन, सातदोबाटोमा एक साता तालिम गराएर हरेक हप्ताको आइतबार जिल्ला अस्पतालमा पाठेघरको निःशुल्क परीक्षण गर्ने उनले बताइन्।
याे अभियानअन्तर्गत ३० देखि ६० वर्षसम्मका महिलाको पाठेघरको मुखको परीक्षण गरिनेछ। अहिलेसम्म ३५९ जना महिलाको परीक्षण गरिएकोमा २९ जनामा क्यान्सरको जोखिम देखिएको उलने बताइन्।
त्यसमध्ये दुईजनामा क्यान्सर देखिएको नर्सिङ इन्चार्ज गोमाकुमारी कार्कीले बताइन्। पाठेघरको मुखको परीक्षण गर्दा जोखिम तथा क्यान्सरदेखिका महिलालाई उपचारका लागि नेपाल क्यान्सर केयर फाउन्डेसनमा रिफर गरिएको उनले जानकारी दिइन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै