बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमाथि छानविन गर्न अख्तियारमा सिफारिस
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारविरुद्ध छानविन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेकाे छ।
डा. रौनियारले प्रतिष्ठानमा गर्दै आएको अनियमितता तथा घोटालाबारे विस्तृत छानविन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो।
प्रतिष्ठानमा भइरहेकाे अनियमितता र सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधानमन्त्रीस्तरबाट निर्णय गरी अख्तियारमा कारबाहीकाे सिफारिस गरेर पठाइएको हो।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल