गण्डकी मेडिकल कलेजका पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण उजुरी
काठमाडौं : गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरका विद्यार्थी र अभियन्ताहरूले कलेज व्यवस्थापन समितिका सदस्यहरू र कर्मचारीको सम्पत्ति जाँचबुझको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सोमबार उजुरी दर्ता गराएका छन्।
कलेजका विद्यार्थी अनित सिन्हा र अभियन्ता विजयबाबु सिवाकोटीलगायतले कलेजका सञ्चालक खुमा अर्यालसहित प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्राधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा, कर्मचारीहरू तिलक पौडेल र कृष्ण पौडेललगायतको सम्पत्ति छानबिनका लागि विभागमा उजुरी दर्ता गराएका हुन्।
कलेजले सरकारले तोकेको ३८ लाख ५० हजार रूपैयाँबाहेक अतिरिक्त शुल्कका नाममा प्रतिविद्यार्थी आठ लाख ५० हाजर रूपैयाँ अवैध असुल गरेको विद्यार्थीको जाहेरीमा उल्लेख छ ।
करिब डेढ महिनायता कलेजका विद्यार्थीले कलेजद्वारा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न माग राख्दै विरोध प्रदर्शन गर्दै आएका छन्। कलेजले लिने भैपरी, वार्षिक, पुस्तकालय, अध्ययन भ्रमण, यातायात, खेलकुद र आन्तरिक परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित छन्।
यसअघि ठगी गरेको आरोपमा अध्ययनरत विद्यार्थीले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरिएका गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये ८ जना फरार छन्। दुईजनालाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण