Health TV Online
Health TV Online
Health TV Online

गर्भ तथा सुत्केरी स्याहारसम्बन्धी डा. ताम्राकारकाे पुस्तक सार्वजनिक

गर्भ तथा सुत्केरी स्याहारसम्बन्धी डा. ताम्राकारकाे  पुस्तक सार्वजनिक

काठमाडौं : वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले गर्भ तथा सुत्केरी स्याहारसम्बन्धी पुस्तक ‘एक शरीर : दुई जीवन’ प्रकाशनमा ल्याएका छन्।

धुलिखेल अस्पतालमा कार्यरत डा. ताम्राकारको पुस्तकमा महिनावारी चक्र, छोरा वा छोरी, गर्भवती जाँच, ल्याब टेस्ट, गर्भवती सुत्केरी अवस्थामा यौन सम्पर्क, पाठेघरमा बच्चा बढ्ने तरिकालगायत शीर्षकका रोचक लेख समावेश छन्।

सुत्केरी व्यथाका लक्षण, गर्भावस्थाका खतरनाक संकेत, गर्भावस्थामा आइपर्ने मेडिकल तथा सर्जिकल समस्याहरू, स्वस्थ शिशु, कङ्गारु मातृ स्याहारजस्ता विषय एवं खुल्दुलीहरूको समाधान पुस्तकमा दिइएको छ। पुस्तक साधारण गृहिणी एवं पहिलो पटक आमाबाबु बन्न लागेका नवदम्पतीहरूका लागि निकै उपयोगी हुने बताइएकाे छ।

पुस्तकको मूल्य १६० राखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार