मातृशिशु मृत्युदर कम गर्न स्वास्थ्य परियोजना शुरु
दाङ : जिल्लाको विकट गढवा गाउँपालिकामा मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यले जापान सरकारको लगानीमा स्वास्थ्य परियोजना शुरु भएको छ।
जापान र नेपाल सरकारबीच सम्झौता भई ‘आम्दा माइन्स’ र ‘आम्दा नेपाल’को सहकार्यमा यहाँ मातृशिशुसम्बन्धी कार्यक्रम शुरु भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए। गढवामा मातृशिशु मृत्युदर कम गर्न उक्त कार्यक्रम शुरु भएको परियोजनाका कार्यक्रम संयोजक रघुनाथ अधिकारीले बताए।
‘दाङको गढवामा मातृशिशु मृत्युदर बढ्दो छ’, अधिकारीले भने, ‘यसलाई न्यूनीकरण गर्न सबै वडामा यो कार्यक्रम पुग्नेछ।’ उक्त कार्यक्रम तीन वर्षसम्म चल्ने परियोजनाका देशीय निर्देशक तथा जापानी नागरिक माइक्रोबायासीले जानकारी दिए। गढवामा ‘आम्दा नेपाल’को कार्यालय खोल्न लागेको पनि उनले बताए।
कार्यक्रम शुरु भएको तीन वर्षभित्र गढवामा मातृशिशु मुत्युदर शून्यमा झार्ने लक्ष्य रहेको समेत संयोजक अधिकारीले बताए। अझै पनि घरमै सुत्केरी हुने तथा गर्भवती अवस्थामा स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा नजाने, बालबच्चाको स्याहारमा ध्यान नदिने प्रवृत्ति जारी रहेकाले यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष यादवको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण