Health TV Online
Health TV Online
Health TV Online

बीपी कोइराला क्यान्सर अस्पतालमा डीएनए र आरएनए

बीपी कोइराला क्यान्सर अस्पतालमा डीएनए र आरएनए

रत्ननगर : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डीएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ ।

अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डीएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेसिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो।

यो उपकरणबाट एचपीभी १६ र १८ (ह्युमन प्यापिलोमा भाइरस) को सङ्क्रमणबाट हुने पाठेघर, मुख र लिङ्ग र रक्तक्यान्सरको ‘स्क्रिनिङ’ गर्न सकिन्छ। यसअघि सारभाइकल क्यान्सरको नमुना पीसीआर ‘पोलिमर चेञ्ज रियाक्सन’को परीक्षण गर्न छिमेकी मुलुक भारत पठाउनुपर्ने अवस्था थियो।

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यका अनुसार उपकरणले क्यान्सर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने छ। ‘डीएनए बेस परीक्षण सेवा शुरु गरिसकेका छौँ’, उनले भने, ‘आरएनएन बेस जटिल भएकाले केही समयपछि मात्रै सेवा शुरु गर्छौँ। यो उपकरणले क्यान्सरको उपचार तथा रोकथाममा विशेष सहयोग पुग्नेछ।’

पाठेघर, मुख, लिङ्ग र रक्तक्यान्सर हुनुपूर्व एचपिभी डीएनए र आरएनएको स्क्रिनिङ गर्न सकिए क्यान्सरको निर्मूलीकरण र रोकथाम गर्न सकिने अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा. सुदीना श्रेष्ठले बताइन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार