गाउँगाउँमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर
जुम्ला : जिल्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा घुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ।
हिमा गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत ग्रामीण भेगमा पुगी स्वास्थ्य परीक्षण गरी उपचार गर्ने गरेको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्र महतका अनुसार विभिन्न गाउँमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी सयौँको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको छ।
‘ज्येष्ठ नागरिक र बालबालिका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा लिन नसक्ने भएकाले पटकपटक स्वास्थ्यकर्मी र औषधि बोकेर ग्रामीण भेगमा पुगेर उपचार गर्ने गरेको छ’, उनले भने। चिसो मौसम, खानपान र सरसफाइ अभावका कारणले रुघाखोकीले स्थानीयवासी बढी प्रभावित हुने गरेको उनको भनाइ छ।
यही फागुन २८ र २९ गते वडा नं.१ बड्कीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए। चालू आवको दोस्रो चौमासिकको फागुन अन्तिम सातासम्म कुनै पनि सेवाग्राहीले औषधि नपाएको, उपचार नपाएको भनी गुनासो नआएको उनकाे दाबी छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण